×

NMB BANK
NIC ASIA

गाउँ–गाउँमा स्वास्थ्य सामाग्री पुर्‍याउँदै राज्यमन्त्री, स्वास्थ्यकर्मी भन्छन् : कोरोना जाँच गर्न ठूलो सहयोग पुग्यो

जेठ ३, २०७७

NTC
Premier Steels

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री पुर्‍याएपछि स्वास्थ्यकर्मीहरू खुशी देखिएका छन् ।

Muktinath Bank

राज्यमन्त्री रावतले सुर्खेतको पश्चिम क्षेत्रमा पर्ने बीस वटा स्वास्थ्य संस्थामा पिपिई सेट, स्यानीटाईजर, ग्लोब्स, मास्क, आइआर मेसिन जस्ता कोरोना जाँचकालागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका हुन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भारतबाट धेरै नागरिकहरू हाम्रो गाउँमा भित्रिएका छन् । उनीहरूको नजिक गएर स्वास्थ्य जाँच गर्न हामीलाई अप्ठ्यारो भइसकेको थियो । पालिकाले हामीलाई पर्याप्त स्वास्थ्य सामाग्री नदिएका कारण हामीलाई जाँच गर्न असाध्यै अप्ठयारो भइरहेको थियो,’ बराहताल गाउँपालिका वडा नं. ७ मा रहेको लामाखाली स्वास्थ्य चौकीका संयोजक हस्तराज गिरीले भने, ‘स्थानीय तहबाट हामीलाई केहि थान गाउन, केहि सर्जिकल मास्क मात्रै पाएका थियौं । अहिले राज्यमन्त्रीले पठाएको यो सामाग्रीले हामीमा उत्साह थपेको छ ।’ उनका अनुसार यसअघि स्वास्थ्य संस्थाकालागि एक थान मात्रै एन ९५ मास्क उपलब्ध गराइएको थियो ।


Advertisment
Nabil box
Kumari

कुनाथरी स्वास्थ्य चौकीका संयोजक गगनदिप गिरीले पनि स्वास्थ्य सामाग्री अभाव भएका समयमा सामाग्री पाउनु असाध्यै खुशीको खबर भएको बताए । ‘हामीलाई आठ वटा एन ९५ मास्क दिइएको छ, गाउन पाँच वटा छ । सर्जिकल क्याप, सु कभर पाँच पाँच वटा पाएका छौं । यो पर्याप्त नभएपनि हामीलाई कोरोना जाँचका लागि स्वास्थ्य संस्थाका हकमा ठिकै छ,’ उनले भने, ‘यी सामाग्रीले हामीलाई काम गर्न उत्साह दिएको छ ।’

Vianet communication

नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला कमिटि सदस्य घनश्याम पाण्डेका अनुसार निर्वाचन क्षेत्र नं. २ का स्वास्थ्य चौकीहरूकालागि मन्त्री रावतले विभिन्न स्वास्थ्य सामाग्री पठाएको बताए । ‘गाउन १५०, सर्जिकल क्याप १५०, सु कभर १५०, एन ९५ मास्क २५० वटा वितरण भएको छ,’ उनले भने, ‘पन्जा २५००, फेस सिल्ड २५, चस्मा ७३, सर्जिकल मास्क ५ हजार, सेनिटाईजर एक हजार र आइ आर थर्मामिटर १५ थान दिनु भएको छ ।’ यी सबै सामाग्री वितरण गरिसकिएको उनको भनाइ थियो ।

‘हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य सामाग्री अभाव नहोस र कोरोना संक्रमण नफैलियोस भन्ने उदेश्यले पश्चिम सुर्खेतका सबै संस्थामा उहाँले सामाग्री हस्तान्तरण गर्नु भएको छ,’ उनले भने, ‘पुर्वी सुर्खेतकालागि पनि सामाग्री आउँदै छ । सुर्खेतका दुवै निर्वाचन क्षेत्रमा पर्याप्त स्वास्थ्य सामाग्री पठाउने मन्त्री रावतले मलाई बताउनु भएको हो । सोही अनुसार अहिले हामी मन्त्री रावतका स्वकिय सचिव तपेन्द्र क्षेत्री सहित सामाग्री जनस्वास्थ्य सेवा कार्यालय मार्फत हरेक संस्थालाई प्रदान गरिरहेका छौं ।’

जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले राज्य मन्त्री रावतले सुर्खेतका २० वटा स्वास्थ्य संस्थालाई सामाग्री दिएको बताए । ‘सुर्खेतका अस्पताल छोडेर ४७ वटा स्वास्थ्य चौकी र तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र छन् । ति मध्ये बीस वटा संस्थालाई आज सामाग्री हस्तान्तरण गर्नु भएको छ । बाँकी अन्य स्वास्थ्य संस्थाहरूलाई पनि सामाग्री पठाउने मन्त्री रावतले जानकारी दिनु भएको छ,’ उनले भने, ‘अहिले स्वास्थ्य सामाग्रीको खासै अभाव छैन । पहिले पनि पिपिइ सेट हामीले पठाएका थियौं । मन्त्री रावतले पठाएको यो सामाग्रीले स्वास्थ्यकर्मीलाई काम गर्न थप सहज हुनेछ ।’

उनले सुर्खेतका भारतबाट आएका नागरिकहरूको संख्या बढने बताउँदै सुर्खेतलाई ग्रीन जोन बनाइराख्न आफुहरू लागिपरेको उनको भनाइ थियो ।

‘आज मात्रै पचास भन्दा बढि नागरिक सुर्खेत आएका छन् । उनीहरू सबैलाई जाँचको दायरामा ल्याइनेछ,’ प्रमुख वाग्लेले भने, ‘यसकालागि आवश्यक तयारी हामीले गरिसकेका छौं ।’

 उनले कोरोनाबाट सुर्खेतलाई जोगाउन दिन रात नभनि खटिरहेको बताउँदै सुर्खेतलाई ग्रीन जोन बनाईराख्न भारतबाट आएका नागरिकका कारण थप चुनौती देखा परेको बताए । यद्यपी उहाँहरूलाई बबईबाटै पिसिआर जाँच पछि मात्रै सुर्खेत ल्याउने कि भन्ने बारेमा छलफल चलिरहेको उनको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x