पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गृहजिल्ला कालिकोटमा जनप्रतिनिधिबीच कुटाकुट भइरहेको छ भने मुख्यमन्त्री महेन्द्रबहादुर शाही र मुख्यमन्त्री शाहीका प्रमुख स्वकिय सचिव खेम सिंहलाई मुछेर आन्दोलन बढदै गएको छ ।
स्थानीयले मुख्यमन्त्री शाही र स्वकिय सचिव खेम सिंहले पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमलाई संरक्षण गरिरहेको आरोप लगाउँदै राजीनामासमेत माग गरेका छन् । सधैं विवादमा आइरहने गाउँपालिकाका अध्यक्ष बमलाई राजनीतिक संरक्षण दिएको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको राजीनामा माग गर्दै प्रदर्शन गरिएको हो ।
पलाता गाउँपालिकामा भेला भएका ५०० वढी वडावासीले भ्रष्टाचारमा संलग्न अध्यक्ष वमलाई बचाउन मुख्यमन्त्री स्वयं लागेको भन्दै नारावाजी गरेका छन् । पार्टीलाई धरासायी वनाउन र भ्रष्टाचारको विरोध गर्ने आफ्नै पार्टीका कार्यकर्ता सिध्याउन मुख्यमन्त्री लागिरहेको उनीहरूको आरोप छ ।
पार्टी संगठनलाई नटेरेको र भ्रष्टाचारमा संलग्न भएको भन्दै कालिकोट जिल्ला कमिटी सदस्य समेत रहेका वमको केही महिना अघि जिल्ला कमिटी सदस्यता निलम्बन गरिएको थियो । आफ्नै घरमा गाउँपालिका कार्यालय राखेको भन्दै उतिबेला चर्को आलोचना भएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित बमलाई पटकपटक पार्टीको घोषणापत्र बमोजिम काम गर्न सचेत गराउदा पनि काम नगरेको, विकास वजेटमा एकलौटी गरेको र विगत १० महिना देखि कसैलाई सामाजिक सुरक्षा भत्ता नदिएर भ्रष्टाचार गरेको आरोप स्थानीयले लगाएका छन् ।
अनियमितताको धेरै उजुरी आएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटले यसवारेमा छानबिन गर्न ३ सदस्यीय कमिटी गठन गरेको थियो । कमिटीका सदस्यहरुमा कृष्ण आचार्य र टेकबहादुर वुढा रहेका थिए ।
छानबिन समितिका सदस्य टेकबहादुर वुढाले स्थलगत भ्रमण, स्थानीयवासी र गाउपालिका भित्रका नागरिक समाज र विभिन्न राजनीतिक दलहरुको भनाइको आधारमा प्रतिवेदन तयार गरेको र यसलाई नेकपा कालिकोटका ईन्चार्ज मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले रोकेको बताए । ‘उहाँले प्रतिवेदन अपुरो भयो भन्नू भएको छ,’ उनले भने ।
उनले पलाताको वडा नं १ को खाडामा भएको आगलागीमा ३२ घरहरु जलेको र जलेका घर वनाउन प्रदेश सरकारवाट १ करोड ६० लाख र एविसी टेलिभिजनवाट प्रशारण हुने ईन्द्रेणी कार्यक्रमवाट २४ लाख प्राप्त भएको वताए । ‘सो रकममा समेत अनियमितता भएको प्रष्ट भएको छ,’ वुढाले भने ।
अध्यक्ष वमले हालै कालिकोट सदरमुकाममा १ करोड ३२ लाखमा घर खरिद गरेको र गाउपालिकामा ४ तल्ले घर वनाएको वारेमा समेत मुद्दा परेको र सो वारेमा समेत आफुहरुले छानबिन गरेको जानकारी दिए । उनले आफुहरुले १७ वटा वुदामा छानबिन गरेको र छानबिनमा अध्यक्ष बम दोषी देखिएको बताए ।
नेकपामा पलाता गाउँपालिकावाट प्रतिनिधित्व गर्ने ११ जना जिल्ला कमिटी सदस्यमध्ये १० जनाले वमको राजीनामा मागेका छन । नेकपा पलाताका लंकवहादुर बम (जो अध्यक्ष वमका आफ्नै दाइ हुन ) बाहेक सबै वडा कमिटी अध्यक्षहरु वमको विरुद्धमा रहेका छन ।
पलाता गाउँ पालिका वडा नं १ का अध्यक्ष शक्ति भण्डारीले अध्यक्ष वमले गाउँ पालिकाको कार्यालय पायक पर्ने ठाउमा नराखी आफ्नै घरमा राखेको र यसवापत ठूलो रकम भाडा स्वरूप वुझ्ने गरेको आरोप लगाए । अस्पताल, ईलाका प्रहरी कार्यालय र अन्य भौतिक संरचनाहरु आफ्नै घर नजिकै वनाएको समेत उनले बताए । आफ्नै श्रीमती र सालाको नाममा रहेको एक्साभेटरवाट घण्टाको १२ हजार सम्म पर्नेगरि चलाईएको उनको आरोप छ ।
गाउँ पालिकाको विकास वजेटमा अनियमितता गरि सुर्खेतमा जग्गा प्लटिङ् गरेको र यसमा मुख्यमन्त्री समेत समावेश भएको उनले दावी गरेका छन् । ‘मुख्यमन्त्री शाही र बम भिनाजु र साला नाता पर्ने भएकोले उनीहरु दुवै र परिवार समेतको सम्पत्ति छानबिन गरिनु पर्छ,’ भण्डारीले भने, ‘गाउँमा भएको सामान्य धकलपकलको घटनामा पनि अध्यक्ष वमलाई हेलिकप्टर प्रयोग गरेर उद्दार गरिएको नाटक गरिएको छ, उनीहरुलाइ चोटपटक केही छैन ।’
त्यस दिन मुख्यमन्त्रीलाई जुम्ला लिएर गएको हेलिकोप्टरले नै अध्यक्ष बम र उनको श्रीमतीलाई कालिकोटवाट सुर्खेत लिई आएको र भोलिपल्ट मुख्यमन्त्री लिन पुन हेलिकप्टर जुम्ला पुगेको वताए । ‘राज्यश्रोतको चरम दुरुपयोग भएको छ । गरिव कर्णाली प्रदेशलाई हेलिकप्टर चढेर सक्ने भए !’ उनले भने ।
नेकपा कालिकोटको जिल्ला इन्चार्ज रहेका मुख्यमन्त्रीले शाहीले जिल्ला सदस्यहरुलाई अहिले लक्ष्मणबहादुर बम सुर्खेत रहेको र सुर्खेतमा गएर आफुले कुराकानी गरेर मिलाउछु भनेको एक नेकपा कालीकोटका एक जिल्ला सदस्य बताउँछन् । ‘मुख्य मन्त्रीज्यूले घटना मिलाउछु भनेर जानुभएको थियो । त्यही आधारमा रोकाया र भण्डारीले निलम्बन हुन राजी भएका हुन् ।’ उनले भने, ‘सुर्खेत फर्केपछि एकतर्फी रुपमा प्रहरी प्रशासन दबाव दिएर ज्यान मार्ने अभियोगमा जाहेरी दर्ता गर्न लगाएर रोकाया र भण्डारीलाई प्रहरी हिरासत पठाउनु भएछ ।
रोकाया र भण्डारी पक्षिय कार्यकर्ताले जिल्ला इन्चार्जसमेत रहेका मुख्यमन्त्री शाहीले एकपक्षिय भएर काम गरेको आरोप लगाएका छन । ‘उहाँ प्रदेशको मुख्यमन्त्री र पार्टीको नेता हो तर आफनो नजिकको मान्छेलाई संरक्षण गर्ने र अरुलाई जेल पठाउने अभियानमा लाग्नु भयो, आक्रोशित कार्यकर्ताले त्यही भएर राजीनामा माग्दै दिनहँु पर्दशन गरिरहेका छन।’ नेकपा पलाता वडा नं एकका अध्यक्ष शक्ति भण्डारीले भने ।
रोकाया र भण्डारी दुबै माओवादीका पुराना नेता हुन । हाल गाँउपालिकाका निर्वा्िचत अध्यक्ष बमलाई टिकट दिन मुख्यमन्त्री शाहीले भूमिका खेलेकोमा असन्तुष्टी जनाउँदै रोकायाले तत्कालिन नयाँ शक्ति पार्टीबाट गाउँपालिका अध्यक्ष उम्मेदवारीसमेत दिएका थिए ।
अनियमितता गरेको अरोपमा अध्यक्ष बममाथि नेकपाको स्थानीय कमिटीले लामो समयदेखि कारबाहीको माग गर्दै आएको थियो । पलाता क्षेत्रबाट नेकपामा प्रतिनिधित्व गर्ने दश जना जिल्ला कमिटी सदस्यले अध्यक्ष बममाथि कारवाहीको माग गर्दे उजुरीसमेत दर्ता गराएका थिए । तर लामोसमयदेखि मुख्यमन्त्री शाहीको दबावमा उजुरीमाथि कुनै कारवाही नगरिएको उनीहरुको असन्तुष्टी थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...