×

NMB BANK
NIC ASIA

कर्णालीको नीति : आरडीटी जाँचेर प्रदेशवासी भित्र्याउने, पालिकामा पठाउने

जेठ ५, २०७७

NTC
Premier Steels

कर्णाली सरकारले प्रदेशवासीलाई भित्र्याउँदा बबई नाकामा अनिवार्य रुपमा आरडीटी जाँच गरेर सम्बन्धित पालिकामा पठाउने तयारी गरेको छ ।

Muktinath Bank

त्यसका लागि बिहीवार सामाजिक विकास मन्त्री दल रावल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहित सुरक्षाकर्मीको टोली बबईमा आवश्यक जग्गाको खोजीमा पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न संघसंस्थाले उपलब्ध गराएका तथा नेपालगञ्ज र सुर्खेतबाट थप टेन्ट र आवश्यक स्वास्थ्य सामग्री लिएर पुगेको मन्त्रीसहित टोलीले खाली जग्गा नभेटिएपछि सामग्रीहरू नेपाली सेनाको जिम्मा लगाएर फर्किएका छन् ।


Advertisment
Nabil box
Kumari

कर्णाली भित्रिनेको आरडीटी परीक्षण नाकामा नै गरेर सम्बन्धित पालिकामा पठाउने योजनामा सरकार जुटेको छ । निकुञ्ज क्षेत्रभित्र पर्ने बबईमा आवश्यक १०० टेन्ट निर्माणका लागि खाली जग्गा नभेटिएपछि अब छिन्चुस्थित मदाने चौर र स्कूलमा परीक्षण कक्ष स्थापना गर्न लागिएको छ ।

Vianet communication

सरकारले बबईमा डाक्टरसहितको टोली खटाएर तत्काल आरडीटी र सम्भव भएसम्म पीसीआर परीक्षण गर्ने तयारी गरिरहेको थियो । बाँकेमा भारतबाट आएका नागरिकको क्वारेन्टाइनमा मृत्यु भएपछि कर्णाली भित्रने नागरिकको बबईमा परीक्षण गरेर मात्रै पालिकाले बनाएको क्वारेन्टाइन पठाउने गृहकार्य गरिएको छ ।

‘नाकामा परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएकालाई सम्बन्धित पालिकाको क्वारेन्टाइन पठाइनेछ,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘यदि परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आए तत्काल प्रदेश अस्पताल वा प्रदेश ५ लैजाने गरी नाकामा नै परीक्षण गर्ने योजना सरकारको छ ।’

भारतबाट कर्णाली आउनेको संख्या बढ्दै गएकाले बबईमा परीक्षण कक्ष बनाउने योजनामा रहेपनि जग्गा नभेटिएको मन्त्री रावलले बताए । उनका अनुसार बबईमा जग्गा नभेटिएपछि वैकल्पिक रुपमा छिन्चुस्थित विद्यालय र खाली जग्गामा व्यवस्थापन गरिने छ । 

‘क्वारेन्टाइन होइन, परीक्षण कक्ष बनाउन खोजेका हौं,’ आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले भने । उनले बबईमा क्वारेन्टाइन नभइ परीक्षण कक्ष व्यवस्थापन गर्न लागेको जानकारी दिए । नाकामा आउनेको तत्काल त्यहीँ परीक्षण गर्ने गरी सहायता वा परीक्षण कक्ष बनाउन लागेको मन्त्री भण्डारीले बताए । ‘रिपोर्ट आउन केही समय लाग्ने भएकाले बस्न असहज नहोस् भन्ने उद्देश्यले सहायता कक्ष बनाउन लागेका हौं,’ मन्त्री भण्डारीले भने, ‘एक्कासी धेरै संख्यामा आउँदा उहाँहरूलाई बस्न र खानको समस्या हुने भएकाले कम्तीमा १०० टेन्ट राखेर कोरोना परीक्षणपछि मात्रै घर पठाउने तयारी सरकारको छ ।’

तत्काल थोरै संख्यामा आए छिन्चुस्थित स्कूलको भवनमा राखेर परीक्षण गरिने मन्त्री भण्डारीले बताए । ‘बबईमा जग्गा नभेटिएपछि छिन्चु्मा राख्ने गरी खाली जग्गा र विद्यालयको भवन हेरेर फर्किएका छौं,’ भण्डारीले भने, ‘१–२ दिन टेन्ट व्यवस्थापन गर्न लाग्नेछ, त्योभन्दा अघि स्कूलमा राखेर कोरोना भए/नभएबारे परीक्षणको काम शुरू गरिने छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x