फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
मिलेनियम च्यालेन्ज कर्पोरेसन अमेरिकन सरकारले सन् २००१ सेप्टेम्बर ११ मा जुन घटना भयो त्यसपछि सोचेको कार्यक्रम हो ।
अमेरिकाभित्र त्यत्रो ठूलो आक्रमण अमेरिकाका लागि अकल्पनीय थियो । त्यो घटनाले अमेरिकाको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्थालाई ठूलो धक्का दियो ।
यूएस एडमार्फत विभिन्न देशहरूलाई आर्थिक सहयोग गर्दागर्दै पनि आफूमाथि यति ठूलो आक्रमण कसरी भयो भनेर उनीहरूले सोच्नुपर्ने अवस्था आयो ।
यूएसएड कर्मचारीतन्त्रमा आधारित थियो । दोस्रो विश्वयुद्धपछि उनीहरूले त्यही संस्थामार्फत विश्वभर आर्थिक सहयोग गर्दै आइरहेका थिए । त्यो संस्था इफेक्टिभ भएन भनेर त्यसको विकल्पमा बुश प्रशासनले एमसीसीको अवधारणा ल्याएको हो ।
उनीहरूले मेक्सिकोको कानकुन शहरमा विश्व सम्मेलन पनि गरे । अनि हामीले कहाँ गल्ती गर्यौं, थप के गर्नुपर्यो भनेर उनीहरूले विश्व समुदायलाई सोधेका हुन् । त्यसपछि कार्यक्रम शुरू गरे ।
त्यसपछि बुशले ८ वर्ष अमेरिकाको नेतृत्व गरे, ओबामाले पनि ८ वर्ष नेतृत्व गरे । अहिले ट्रम्पले नेतृत्व गर्दैछन् । यो उनीहरूको धेरै पुरानो र ठूलो कार्यक्रम हो ।
एमसीसीमा अमेरिकी मान्यता
त्यसपछि यो कार्यक्रमअन्तर्गत विभिन्न देशलाई आर्थिक सहयोग गरेको छ । हालसम्म झण्डै ६० देशहरूले यो कार्यक्रमअन्तर्गत आर्थिक सहायता अमेरिकाबाट लिएका छन् । कतिपय देशहरूले दोस्रो पटक पनि लिइसके । अमेरिकाको विश्व संलग्नताको सम्बन्धमा बुझ्नुपर्ने के छ भने अमेरिकी परराष्ट्र नीतिको मूल शुत्र भनेको तेस्रो विश्वमा आर्थिक सामाजिक विकास नहुँदा गरीबी बढ्छ र त्यो गरीबी स्वतन्त्रता र प्रजातन्त्रका निम्ति खतरा हुन्छ भन्ने हो ।
आतंकवाद पनि त्यहीँबाट निस्किन्छ र कतिपय ठाउँमा साम्यवादले जरा गाड्छ भन्ने उनीहरूको परराष्ट्र नीतिको मूल मन्त्र हो । त्यही अनुसार अमेरिकाले द्वितीय विश्वयुद्धपछि सहायता गर्दै आइरहेको छ । विश्वको कुनै पनि भू–भागमा स्वतन्त्रता र प्रजातन्त्रको अपहरण भयो भने अन्ततोगत्वा अमेरिकाकै लागि पनि खतरा हुन्छ भन्ने उनीहरूको मान्यता हो ।
विश्वका अरू देशमा स्वतन्त्रता र प्रजातन्त्र नाश भएको खण्डमा अमेरिकामा मात्र अलग्गै प्रजातन्त्र बाँचिरहन सक्दैन । अमेरिकाकै रक्षाका लागि पनि विश्वभर नै स्वतन्त्रता र प्रजातन्त्रको रक्षा हुनुपर्छ भन्ने उनीहरूको मान्यता हो ।
कूटनीतिक सम्बन्धको शुरुवात
नेपाल र अमेरिकाको कूटनीतिक सम्बन्ध सन् १९४७ मा बनेको हो । भर्खर दोस्रो विश्वयुद्ध समाप्त भएको थियो र भारत स्वतन्त्र भइसकेको थिएन । स्वतन्त्र हुने अवस्थामा गइरहेको थियो । हामीले बुझ्नुपर्ने सन्दर्भ के हो भने बेलायतपछि दोस्रो कूटनीतिक सम्बन्ध कायम भएको अमेरिका नै हो ।
भारतसँग कूटनीतिक सम्बन्ध भारत स्वतन्त्र भएपछि स्थापित भयो । भारतसँग त कूटनीतिक सम्बन्धभन्दा पनि अन्य सामाजिक, सांस्कृतिक सम्बन्ध थियो तर आधुनिक अर्थमा कूटनीतिक सम्बन्ध चाहिँ भारतभन्दा अमेरिकासँग पहिला भएको थियो ।
जतिबेला नेपाल–अमेरिकाबीच एमसीसी सम्झौताका लागि पहल भइरहेको थियो, त्यतिबेला नेपालमा राजनीतिक स्थायित्व थिएन । संविधान बनेको थिएन भने सरकार ९/९ महिनामा ढल्ने/ढाल्ने खेल हुन्थ्यो । त्यहीँ स्थितिलाई आधार बनाएर उनीहरूले नेपालसँग एमसीसीमा सहकार्य गर्न सहमत भए । नेपालमा स्थायित्व र स्थिरता ल्याउन सहयोग गर्नुपर्छ भनेर उनीहरूले सोचेका हुनसक्छन् ।
२०४८ सालदेखि नै नेपालले अन्तर्राष्ट्रिय समुदायबाट सद्भाव प्राप्त गर्न शुरू गरेको थियो । नेपालमा पञ्चायत हटेपछि २०४८ सालमा नेपालको तर्फबाट संयुक्त राष्ट्रसंघमा पहिलो दूत भएर जाने व्यक्ति म हुँ । त्यतिबेला एउटा उल्लासमय वातावरण थियो । नेपालमा प्रजातान्त्रिक युग पुनःस्थापना भयो भनेर हामीप्रति सद्भाव राख्ने र सहयोग गर्ने भावना मुख्य/मुख्य शक्तिराष्ट्रहरूमा थियो ।
अमेरिका, बेलायत, युरोपियन देशहरू उत्साहित भएको मैले पाएको थिएँ । त्यो सन्दर्भलाई एउटा कोशेढुंगाजस्तो मानेर अघि बढिरहेको स्थिति थियो । माओवादी युद्ध समाप्त भएको, संविधान बन्ने प्रक्रियामा आएको हुनाले उनीहरूले यो नै नेपालसँग सहकार्य गर्ने उपयुक्त अवसर भएको निर्क्यौल निकालेका हुन् ।
हिंसात्मक युद्ध जसले हजारौंको ज्यान लियो, त्यो समाप्त भयो । त्यसको पनि जड भनेको गरीबी नै थियो नेपालमा । जसको उन्मूलन गर्न प्रभावकारी ढंगले गर्न सकिएको थिएन । यद्यपि त्यतिबेला अमेरिकाले गर्ने आर्थिक सहयोग भने नेपालमा बढिरहेको थियो ।
अमेरिकी सहयोगका अन्य आयामहरू
जस्तो औलो उन्मुलनका कुराहरू भए, स्वास्थ्य क्षेत्रका कुराहरू, परिवार नियोजनका कुराहरू, वनजंगल वातावरणको संरक्षण भयो, धेरै क्षेत्रमा अमेरिकी सहयोग उल्लेख्य रूपमा आएको थियो । तराईमा औलो उन्मूलन भएपछि नेपालको जनसंख्याको स्वरूप नै परिवर्तन भयो ।
तराईमा ८/१० प्रतिशत जनसंख्या बस्थ्यो, अहिले झन्डै ५० प्रतिशतभन्दा बढी जनसंख्या तराईमा बस्छ । त्यो अमेरिकाले औलो उन्मूलन गर्न सहयोग गरेकै कारण भएको हो । त्यसैले उनीहरूले दीर्घकालीन रूपमा नेपालमा हित हुने हिसाबले आफ्नो सहयोगलाई टार्गेट गर्छन् ।
नेपालको सामाजिक रुपान्तरणमा अमेरिकाले गरेको सहयोगलाई नजरअन्दाज गर्न मिल्दैन । अब अहिले नेपालको विद्यमान गरीबी र बेरोजगारीको समस्या छ नि ! जसका कारण हाम्रा लाखौंलाख युवाहरू खाडी मुलुक, मलेसियामा गएका छन्, त्यो नेपालका लागि ठूलो चुनौती हो ।
परियोजनाको प्राथमिकीकरण कसरी भयो ?
त्यसलाई विचार गरेर नै मैले सुनेअनुसार नेपाली डेलिगेट्सहरूलाई उनीहरूले सोधेका छन् । आर्थिक परियोजनाका प्राथमिकता के–के होलान्, तपाईहरू नै पहिचान गर्नुस् भनेर उनीहरूले भनेका हुन् । नेपालका विकासका लागि सबैभन्दा ठूलो चुनौती के हो, तपाईंहरू नै सोच्नुस् भनेका हुन् ।
२ वर्षजति नेपाली अर्थविद्, योजनाविद् लगायतका एक्स्पर्टहरूले के भने भने ऊर्जा क्षेत्र र यातायातको क्षेत्र विकास गर्न सक्यौं भने यसले हाम्रा युवा युवतीहरूलाई विभिन्न किसिमका अवसर प्रदान गर्न सक्छ । भोलि उब्जाएका चीजहरू फ्रीजमा राख्नुपर्यो । समग्रमा हाम्रो ऊर्जा खपतलाई बढाउन सकिन्छ । ऊर्जाका लागि समय र पैसा खर्च गर्न नपरेपछि त्यो समय र लगानी अन्त लगाउन सकिन्छ ।
प्रदूषणको समस्या छ शहरी क्षेत्रमा । विद्युतीय गाडीहरू चलाउन सकिन्छ । विविध कुरामा अध्ययन गरेर हाम्रै विज्ञहरूले ऊर्जा र सडक क्षेत्रको विकास गर्नुपर्ने पहिचान गरे । त्यसपछि यसलाई एमसीसी अन्तर्गत लैजाउँ भनेर सहमति र सम्झौता भएको हो ।
यसले नेपालको सार्वभौमसत्तालाई कुन तहमा चुनौती दिन्छ ?
एमसीसीले नेपालको सार्वभौमसत्तालाई चुनौती दिने कुरा धेरै परको कुरा हो । हाम्रो नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनतालाई चुनौती दिने भनेको कि भारतले हो कि चीनले हो । हाम्रा तत्कालीन छिमेकी चीन र भारत हुन् । हामीले खतरा महसूस गर्ने हो भने यी २ देशबाट नै हो ।
परराष्ट्र सम्बन्धका २ वटा तह हुन्छ । एउटा रणनीतिक तह हुन्छ । त्यो भारत र चीनसँग छ । अन्य विश्व शक्तिहरूसँगको सम्बन्ध राजनीतिक सम्बन्ध मात्र हो । अमेरिकाले यहाँ केही गर्न सक्ने वा गर्ने कुरा म सोच्न सक्दिनँ ।
सम्झौतामै नभएको सेना अमेरिकाबाट कसरी आउला ?
नेपालमा आएर चीन घेर्ने तयारी गर्दैछ अमेरिकाले भन्ने कुरा पनि सुनिन्छ । उनीहरूको बीचमा ३०० अर्ब डलरको व्यापार छ र मन परेपनि नपरेपनि रोक्न सकिने स्थिति छैन । दुवै देशको परराष्ट्र नीतिको मुख्य आधार नै आर्थिक व्यापारको कुरा बनिरहेको छ ।
त्यसैले नेपालमा आएर चीनलाई घेराउ गर्ने कुरा अलि टाढाको कुरा हो । कतिपयले यहाँ सैनिक नै ल्याएर राख्न खोजेको कुरा पनि गर्छन् तर सम्झौतामै नभएको कुरा होला है भनेर बहस गर्नु कति उपयुक्त हुने हो ।
नलेखेको कुरा उनीहरूले कसरी गर्लान् ? जुनसुकै अवस्थामा अमेरिकाले पनि र नेपालले पनि अघि नबढाउँ भन्ने सहमति गरे भने त अघि बढ्दै बढ्दैन नि ! त्यो पनि लेखेको छ । सम्झौतामा नलेखेको कुरा गर्न अमेरिकाले आँट्यो भने त्यतिबेलै नेपालले नगरौं भन्न सक्छ ।
एमसीसी नेपालको कानूनभन्दा माथि छ त ?
कतिपयले एमसीसी सम्झौता नेपालको ऐन, कानून भन्दा माथि रहेको कुरा गरिरहेका छन् । मैले विश्व बैंकसँग सन्धि सम्झौता गरेका केही वर्तमान र केही भूतपूर्व मन्त्रालयका सचिवहरूसँग पनि सोधें । केही साथीहरू पनि हुनुहुन्छ, जसले विश्व बैंकसँग काम गरेर कपाल फुलाइसक्नुभएको छ । उहाँहरूले के भन्नुहुन्छ त भन्दा विश्व बैंकसँगको सबै सन्धि सम्झौतामा अन्त्यमा त्यही लेखिएको हुन्छ ।
यो नेपालको कानून र विश्व बैंककै नियमावलीसँग बाझियो भने पनि सन्धिमै लेखिएका प्रावधानहरू लागू हुन्छ भन्ने छ । अहिले त एमसीसी सम्झौता भइसकेको छ, यसलाई संसदबाट अनुमोदन गर्न मात्र बाँकी हो ।
हामीले सदनबाट एमसीसी अनुमोदन गरेनौं भने के हुन्छ ?
अन्त्यमा हामीले अनुमोदन गरेनौं भने के हुन्छ ? भन्ने प्रश्न उठ्छ । यदि त्यस्तो भयो भने नेपालको विश्वसनीयता खत्तम हुन्छ । अमेरिकाले मात्र अविश्वास गर्ने होइन कि अन्य दातृ राष्ट्रहरूले पनि नेपालमाथि अविश्वास गरे भने त्यो नेपालको परराष्ट्र नीतिकै असफलता हुन आउँछ । विश्वसनीयताको चुनौती पनि छ ।
जलविद्युत् क्षेत्रमा गरिएको निजी लगानी डुब्न दिने त ?
ऊर्जाकै क्षेत्रमा अहिले लकडाउनका कारणले ठूला ठूला उद्योग धन्दा बन्द भएको हुनाले बिजुली खपत नभएको स्थिति छ । अहिले नै हामीसँग ३०० मेगावाट बिजुली खेर गइरहेको छ । हामीले बिजुली उत्पादनमा विद्युत् प्राधिकरणको मात्र लगानी छैन, कैयौं प्राइभेट कम्पनीहरूको पनि लगानी छ ।
तिनीहरूको लगानी डुब्ने स्थिति पनि त सही होइन । त्यसकारण हाम्रो बिजुली भारतमा बेच्नु त अवश्य नै पर्छ । एकाध वर्षपछि हामी वर्षभरि नै भारतमा निर्यात गर्न सकिने स्थितिमा पुग्छौं । त्यसका लागि पूर्वाधार खै त ? एमसीसी अन्तर्गतको परियोजना समयमै सम्पन्न भयो भने हाम्रो त्यो समस्याको समाधान हुन्छ भन्ने कुरा बिर्सनु भएन ।
एमसीसीको विरोध गर्नेहरूले नेपाललाई त बिजुली छँदैछैन, सिधै गोरखपुर हुँदै भारतलाई बेच्ने कुरा छ भनेर भन्ने गरेका छन् । यो भनेको दीर्घकालीन रणनीतिक परियोजना हो भन्ने बिर्सनु भएन । त्यो लाइन बनेन भने त सम्पत्तिको सदुपयोग गर्न नसकेर गरीबीमा बस्नुपर्ने स्थिति आउन सक्छ ।
लोकान्तरकर्मी ईश्वर अर्यालले कूटनीतिज्ञ जयराज आचार्यसँग गरेको कुराकानीमा आधारित
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...