पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
असार ४, २०७७
एमसीसी शुरू भएको सन् २००४ मा हो । यसको अवधारणा सन् २००१ को सेप्टेम्बरमा अमेरिकामा ठूलो आतंकवादी आक्रमण भएपछि बुश प्रशासनले ल्याएको हो ।
आफू मात्र बलियो भएर नहुने रहेछ, कमजोर देशहरूलाई पनि बलियो बनाउनुपर्ने रहेछ, गरीबीले आतंकवादलाई प्रश्रय दिने रहेछ भन्ने सोचले यसको शुरूआत भएको हो ।
यो सन् २००४ देखि शुरू भएको हो । यसका केही आधारहरू छन् । आर्थिक सुधारको कुरा छ, मानवअधिकारको कुरा छ । अलिकति गूड गभर्नेन्स अथवा भ्रष्टाचार हटाउने विषयसँग सम्बन्धित छ । हामीले उनीहरूको क्राइटेरिया मीट गर्दै गयौं । विशेष गरेर शान्तिप्रक्रियाको शुरूआतपछि हामीले लोकतान्त्रिक प्रक्रियामा सुधार गर्दै गयौं र त्यसपछि २०११ तिरबाट हामीले एमसीसीले दिने अनुदान ल्याउने प्रयास शुरू गर्यौं ।
हामी आफैं यसका लागि योग्य हुने प्रयास गरेका थियौं !
सन् २०१४ मा उनीहरूले नेपाल एमसीसी प्राप्त गर्न योग्य रहेको जनाउ दिए । हाम्रो प्राथमिकता पूर्वाधार र कनेक्टिभिटी थियो । यति ठूलो रकम अनुदान सहयोगका रूपमा त्यतिबेलासम्म कहीँबाट पनि आएको थिएन । त्यसकारण यसलाई क्रस बोर्डर ट्रान्समिसन लाइन बनाउन पनि बजेटले भेट्ने र टाइम बाउन्ड पनि मिल्ने । हाम्रो प्राथमिकतासँग उनीहरूको प्राथमिकता पनि मिल्यो । त्यसकारण हामीले अघि बढाउँ भनेर मिटिङ र सरसल्लाह हुन थाल्यो ।
त्यतिबेलैदेखिको हाम्रो पहलले त्यसपछिका वर्षमा सकारात्मक परिणाम दिँदै गयो ।
अमेरिकी करदाताको पैसा हो, उता पनि सरकार उत्तरदायी हुनुपर्छ !
अहिले कतिपयले संसदमा किन लैजाने भनेर कुरा उठाइरहेका छन् । संसदबाट अनुमोदन हुने कुराले सबै दलको प्रतिबद्धता सुनिश्चितता गर्छ । नेपालमा ९र९ महिनामा सरकार परिवर्तन हुने स्थिति थियो ।
एउटा सरकारले गरेको सम्झौताको जिम्मेवारी अर्को सरकारले नलिने परिस्थिति थियो । त्यसका लागि उनीहरूले संसदबाटै पारित हुनुपर्ने माग राखे, जुन गलत होइन ।
उनीहरूले कन्टिन्युटी खोजे । सबै दलको प्रतिबद्धता होस् भन्नका लागि संसदबाट अनुमोदन गर्न चाहे । सरकार बदलिए पनि आयोजनाले निरन्तरता पाओस् भन्ने चाहे उनीहरूले । त्यसपछि हामीले क्रस बोर्डर ट्रान्समिसन लाइनका लागि सन् २०१४ मै भारतसँग पावर ट्रेड एग्रीमेन्ट (पीटीए) मा हामीले सही गर्यौं ।
त्यसरी एमसीसी आएको हो । यो अमेरिकी करदाताको पैसा हो । अमेरिकी करदाताको पैसा हामीलाई दिने भएपछि त्यहाँको सरकार जनताप्रति उत्तरदायी त हुन्छ नि ! जनतालाई हिसाब बुझाउनुपर्छ नि !
नेपालको सार्वभौम सत्तामा चुनौती ?
यो इन्डो–प्यासिफिक स्ट्रेटिजी (आईपीएस)को भाग हो कि होइन भन्ने कुराको विवाद यहाँ चलिरहेको छ । आईपीएसको अवधारणा त सन् २०१७ मा आएको हो तर एमसीसी चाहिँ सन् २००४ मै आएको हो । यसका बारेमा धेरै बहस भए, यो कुरामा लगभग सबै क्लियर छन् ।
यो भनेपछि अमेरिकन एम्बेसीले पनि पटक–पटक भनिरहेको छ कि यो अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रलाई हेर्ने नीति हो । रणनीति होइन । आईपीएस अन्तर्गत एमसीसी भन्ने कुरै छैन । त्यसैले आईपीएस र एमसीसीको कुनै सम्बन्ध छैन ।
उनीहरूले पटक–पटक स्पष्टीकरण दिएका छन् । यो स्पष्टीकरण आइसक्दा पनि विवाद गर्नुपर्ने मैले देख्दिनँ । सरकारले जसरी सम्झौता गरेपछि अगाडि जाने भनेर विश्वास दिलाएको छ । सन् २०१० देखि नै हामीले एमसीसीका बारेमा सोच्न थालेका थियौं भन्ने त उनीहरूलाई पनि थाहा छ नि ! अहिले अन्तिम समयमा आएर बहस गर्दा हाम्रो विश्वसनीयता गुम्छ कि गुम्दैन भनेर सोच्नुपर्छ कि नाई ?
त्यसपछिका प्रत्येक प्रधानमन्त्रीका पालामा कुनै न कुनै रूपमा एमसीसी चर्चामा आएको छ र यससँग सम्बन्धित कामहरू अघि बढेका छन् । सन् २०१५ मा सुशील कोइराला प्रधानमन्त्री हुँदाखेरि अमेरिकाले अब नेपाल एमसीसी अनुदानका लागि नेपाल योग्य छ भनेको हो ।
यति ठूलो अनुदान चाहिँ नेपालमा कहिल्यै पनि आएको थिएन । उनीहरूले नेपाल योग्य छ भनेर खबर गरिसकेपछि काम अघि बढेको हो । त्यसपछि सन् २०१७ को सेप्टेम्बरमा शेरबहादुर देउवाको सरकारका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौतामा हस्ताक्षर गरे ।
पूरक सम्झौता, लेखापढीका प्रश्नहरू
मूल सम्झौतामा हस्ताक्षर भइसकेपछि पूरक सम्झौताहरू पनि गर्नुपर्यो । त्यसपछिका सरकारहरूले त्यो गरेका छन् । लेखापढी भयो । सरकारकै मन्त्रीहरूले सही गरेका छन् । सरकारकै अधिकारीहरूले सही गरेका छन् । यदि त्यो नेपालको हित विपरीत छ भनेदेखि त्यसलाई पत्ता लगाउन किन सक्दैनौं हामीले ?
मैले सुनिरहेको छु, अमेरिका नेपाल हुँदै चीनलाई घेर्न आएको हो भन्ने हल्ला फैलाइँदैछ । हामी हाम्रो नीति त प्रस्टसाथ भनिरहेका छौं एक चीन नीति भनेर । यदि सम्झौतामा नभएका कुराहरू गर्न अमेरिकी तर्फबाट दबाब आउँछ भने सम्झौता खारेज गरिदिने त हो नि !
हाम्रो नीति चीनलाई घेर्ने पनि होइन, अमेरिकालाई घेर्ने पनि होइन । हामीले दुवैसँग सम्बन्ध राख्छौं सहयोग लिन्छौं । हाम्रो सन्तुलित छिमेकी नीति छ । त्यसैले यहाँ जुन किसिमको विवाद भइरहेको छ यो एकदम अनावश्यक जस्तो लाग्छ ।
जसरी नेपाल र अमेरिकाबीच एमसीसी सम्झौता भयो, त्यस्तै भाषामा अन्य दातृ निकायसँग अन्य धेरै सम्झौता भएका छन् । लेखापरीक्षणकै कुरा छ, त्यो नेपालले पनि गर्न पाउने भन्ने त स्पष्ट लेखिएको छ नि ! त्यसमा पनि विवाद छ ।
नेपालको सार्वभौमसत्ता, नेपालको अखण्डता र स्वतन्त्रता कहीँ कुनै किसिमले खुम्चन सक्ने सम्झौतामा रहेको भनेर मैले कहीँ भेटेको छैन । अब यो किन यस्ता विषयहरू किन उठाइन्छ ? यसमा राजनीतिक स्वार्थ देखिन्छ । जसले किचलो उठाइरहेका छन्, यिनैले अरुण–३ गुमाए । विकासमा पनि प्रतिक्रियावाद ल्याएर अरुण तेस्रो जसरी हाम्रो हातबाट फुस्केर गयो, एमसीसीलाई पनि यिनीहरूले त्यस्तै गराउन चाहन्छन् ।
अमेरिकी स्वार्थ
स्वार्थ कसको हुँदैन ? यहाँ भारतको स्वार्थ छ । चीनको स्वार्थ छ । अमेरिकाको स्वार्थ छ र नेपालको पनि आफ्नो स्वार्थ छ । महाराजगञ्जमा रहेको अमेरिकी दूतावास पनि इन्डो–प्यासिफिक अन्तर्गत नै हो भनेर कसैले भन्छ भने त्यसलाई के भन्ने ? अब दूतावास नै हटाउन लगाउने ?
हाम्रो भूमिमा अर्को कुनै देशले अर्को कुनै देशविरुद्ध गतिविधि गर्छ भने त हामी चनाखो हुनुपर्‍यो नि ! कतिपय वैध स्वार्थ हुन्छन् छिमेकी देशहरूका, त्यसलाई त हामीले सम्बोधन पनि गरिदिनुपर्छ । हाम्रो स्वार्थहरू पनि उनीहरूले सम्बोधन गर्नुपर्छ नि द्वीपक्षीय सम्बन्धमा त !
राज्यको क्षमता बढाउनेतिर ध्यान छैन, राज्यलाई झनपछि झन् कमजोर गराउने गरी जसरी अघि बढिरहेका छन्, त्यसको हिसाबकिताब त इतिहासले गर्छ नै । हामीले हाम्रो क्षमता बढाउनुपर्‍यो ।
कसैले केही दिन्छ भने इन्ट्रेस्ट त भइहाल्छ नि ! जस्तै महाभूकम्प आयो, त्यसो बेलामा हाम्रा मित्रहरूले सहयोग पठाउँछन् । जब हामी कमजोर हुन्छौं त्यतिबेला सहयोग गरेर आफ्नो स्पेस बढाउने पनि छिमेकीहरूको स्वार्थ हुन्छ । यो लुकाउनुपर्ने कुरै छैन नि !
भूकम्पका बेलामा भारतका सैनिकहरू नेपालको एयरपोर्टमा आएर बसेका थिए । उनीहरूको काम सकिएपछि ल अब तपाईंहरू जानुस् भनेर प्रधानमन्त्रीले पठाएको हो । त्यस्तो त गर्न सकिन्छ नि ! प्रधानमन्त्री सुशील कोइराला छँदा त्यो भयो ।
एमसीसीमा राजनीति भयो
एमसीसीमा यति धेरै राजनीति भएकै कारणले यो गिजोलिएको हो । बहस हुनुपर्छ राम्रो हो । विचार आउनुपर्छ । अहिलेको सत्तारूढ पार्टीमा जुन खालको नेताहरू विभाजित हुने अवस्था आएको छ, त्यसलाई चाहिँ राजनीति भएकै मान्छु मैले ।
प्रधानमन्त्रीले पनि बाहिर–बाहिर पास हुन्छ भन्दै हिँड्ने, भित्र–भित्र चाहिँ बैठक बस्ने भन्ने अनि यसलाई लम्ब्याउन खोज्ने जुन खालको नियत देखिएको छ, त्यो ठीक छैन । त्यसलाई कसरी के हो भनेर नेताहरूलाई बुझाउनुपर्यो ।
यो अनुदान हाम्रोमा आएन भने अन्त जान्छ । ५५ अर्ब रुपैयाँ हामीले गुमाउँछौं । पहिला–पहिला धेरै सरकारले हामीले काम गर्छौं, अनुदानका लागि धन्यवाद पनि भनिसकेका छन् । पहिलाका सरकारले अमेरिकालाई देखाएको विश्वसनीयतालाई यो सरकारले तोड्न मिल्दैन ।
अन्य दातृराष्ट्रहरू पनि बिच्किने भए । जहाँ बोलीको ठेगान छैन त्यहाँ उनीहरूले अनुदान, सहयोग किन गर्ने भन्ने उनीहरूलाई लाग्नेछ । एमसीसीमा हामीले दृढ भएर अघि बढेनौं भने देशलाई अझ ठूलो घाटा हुने देखिन्छ ।
[डा. भट्टराईसँग लोकान्तरकर्मी ईश्वर अर्यालले गरेको कुराकानीमा आधारित]
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...