×

NMB BANK
NIC ASIA

गण्डकीका यी क्षेत्रमा सलह, प्रदेश सरकार भन्छ- बालीनालीमा क्षति भएकाे छैन

असार १६, २०७७

NTC
Premier Steels

सलह कीराका कारण गण्डकी प्रदेशका कुनै पनि जिल्लामा हालसम्म बालीनालीमा क्षति नभएकाे दाबी गरिएकाे  छ।

Muktinath Bank

प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व), स्याङ्जा, कास्की, लमजुङ जिल्लामा सलहको प्रजाति देखा परेपनि बालीनालीमा क्षति नपुगेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दाबी गरेको हाे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका अनुसार लमजुङ सुन्दरबजार–९, फेदीकुनामा सोमबार सलहको म्यूजियम स्पेसीमेनसँग मेल खाने प्रजाति देखा परेको थियो। तर, सो प्रजाति बालीनालीमा ठूलो क्षति पु-याउने सलहको डिजर्ट लोकोस्टसँग मेल नखाने किमिसको भएकोले त्यत्ति आत्तिनु नपर्ने मन्त्रालयका प्रवक्ता ग्रिष्म न्यौपानेले जानकारी दिए।


Advertisment
Nabil box
Kumari

उनका अनुसार डिजर्ट लोकोस्ट जातिले भने सबैभन्दा ठूलो क्षति पु-याउँछ। मंगलबार कास्कीको अन्नपूर्ण गाउँपालिका र रुपा गाउँपालिकामा सलह देखिएको थियो। रुपाको वडा ७, काउरेमा सोमबार साँझ सलह कीराको एक समूह बसेको र सो समूहले पीपल र स्थानीय जातका भुइँघाँसमा सामान्य क्षति पु-याए पनि अन्य बालीमा क्षति नपुगेको र सो समूह मंगलबार दिउँसो करिब साढे १ बजेतिर पश्चिम दिशातर्फ उडेको थियो।

Vianet communication

रुपापछि कास्कीको अन्नपूर्ण वडा ८, तमु गाउँमा सोमबार दिउँसो २ बजेतिर सलह कीराको एक समूह मकैबारीमा बसेको बताइए पनि त्यसबाट भएको क्षतिको विवरण भने यकिन भएको छैन।

मन्त्रालयका प्रवक्ता न्यौपानेले हावाको कारण सलहको ठूलो झुण्ड चोइटिएर यतातिर आएको हुन सक्ने बताए। लमजुङमा मन्त्रालयको ¥यापिड रेस्पोन्स टिमले रुपामा स्थलगत अवलोकन गरी फर्केको जनाउँदै उनले त्यसक्रममा कुनै पनि बोलीमा क्षति नपुगेको हुँदा आत्तिनु नपर्ने बताए। सोही प्रकृतिको सलह नै कास्की प्रवेश गरेको हुन सक्ने उनको दाबी छ।

अन्नपूर्णमा सलह भगाउन स्थानीयलाई घाम उदाएपछि धुँवा लगाउनेबारे सुझाव दिइएको उनले बताए। यसैगरी, स्याङ्जाको चापाकोट र नवलपुरमा एकैदिन आइतबार सलह कीरा देखा परेको मन्त्रालयले जनाएको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा १ र ३, गल्याङ नगरपालिका वडा १ र सोमबार आँधीखोला गाउँपालिका वडा १ मा सलहको समूह आकाशमा उडिरहेको देखिएको जनाइएको छ त्यस्तै, नवलपुरको विनेयी त्रिवेणी गाउँपालिका वडा ३ मा आइतबार दिउँसो सलहको किरा देखिएको भनिए पनि बालीमा क्षति टरेकाे दाबी गरिएकाे छ।

सलह भगाउन भने विषादी प्रयोग नगर्न मन्त्रालयले सुझाव दिएको छ। हाम्रो नीति विषादी नै प्रयोग गर्ने भन्ने छैन। पर्यावरणमा हुन सक्ने असर भएकोले नकारात्मक असर देखा पर्ने भएकोले विषादी प्रयोग भएको छैन।

गण्डकीमा सलह रोक्न -यापिड रेस्पोन्स टिम गठन गरिएको छ। वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा ६ सदस्यीय टिमको सदस्यमा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, बागवाणी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मीरा चौधरी, बाली संरक्षण अधिकृत सञ्जीव बास्तोला र कृषि प्रसार अधिकृत विश्वास काफ्ले छन्। प्रदेशले प्रवेदवासीमा सलहबारे जानकारी गराउने, सचेतना जगाउने लगायत कार्यक्रम गर्न सकिने बताएको छ।

सलह ठूलो झुण्डमा देखिने भएकोले थोरै संख्यामा सहलजस्तै देखिने फट्याङ्ग्रा देख्दैमा भ्रमित र आतंकित नभई सजग हुन आग्रह गरिएको छ । कास्की क्षेत्रमा देखिएको सलह बुटवल, पाल्पा हुँदै भित्रिएको हुन सक्ने अनुमान छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x