×

NMB BANK
NIC ASIA

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा नेकपाभित्र सहमतिका लागि भन्दै पाँचबुँदे ड्राफ्टमा अनौपचारिक छलफल शुरु भएको छ । पार्टीलाई फूटबाट जोगाउन र सहमति खोज्न भन्दै मध्यमार्गी समाधानको पहल शुरु भएको हो ।

Muktinath Bank

अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आइतवार भएको भेटवार्तामा ठोस सहमति भएन । सहमतिका लागि सहमति मात्र भयो । थप सहमतिका लागि ४ जना नेतालाई जिम्मा लगाइएको छ । सहमतिका लागि दोस्रो तहका नेताहरुले पनि विभिन्न विकल्पमा छलफल गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सहमतिका लागि सम्भावित मिलनबिन्दु’ नाम दिइएको ड्राफ्टलाई आधार बनाएर छलफल शुरु भएको स्रोतको दाबी छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग गरेपछि नेकपाको विवाद बल्झिएको थियो ।


Advertisment
Nabil box
Kumari

सहमतिका लागि दोस्रो पुस्ताका नेताहरुले छलफललाई तीव्र बनाएका छन् । स्रोतका अनुसार नेकपाभित्र सहमतिका लागि ५ बुँदमा छलफल भइरहेको छ । ती ५ बुँदालाई थप व्याख्या गर्नेगरी सहमतिको प्रस्ताव तयार गर्न मध्यमार्गी नेताहरूले प्रस्ताव गरेका हुन् ।

Vianet communication
Laxmi Bank

प्रचण्डलाई पूर्ण कार्यकारी अध्यक्ष

पार्टीको बैठक संचालन तथा पार्टीको कामकारवाहीका लागि सम्पूर्ण स्वतन्त्रतासहित प्रचण्डलाई पूर्ण कार्यकारी अध्यक्ष बनाउने सो प्रस्तावमा उल्लेख छ । २०७६ मंसिरमा सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिएपनि उनले सो अधिकार प्रयोग गर्न नपाएको गुनासो गर्दै आएका थिए ।

सहमतिका लागि प्रस्तावित यो बुँदालाई व्याख्या गर्दै ‘बैठक संचालन गर्न र पार्टीका अरु गतिविधि संचालन गर्न परामर्श नचाहिने, एक्लैले निर्णय गर्न सक्ने’ प्रस्ताव गरिएको छ । यसमा थप व्याख्या आवश्यक रहेको नेताहरूको निष्कर्ष छ ।

माधवकुमार  नेपालको  संयोजकत्वमा  'सरकार संचालन संयन्त्र'

सहमतिका लागि अगाडि सारिएको ड्राफ्टको अर्को बुँदामा सरकार संचालनका लागि संयन्त्र बनाउने उल्लेख गरिएको छ । सरकार संचालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेको संयन्त्र बनाउन प्रस्ताव गरिएको छ ।

सरकार संचालनका लागि बनाइने संयन्त्रको सम्भावित अध्यक्ष माधवकुमार नेपाललाई बनाउने प्रस्तावमा रहेको स्रोतको दावी छ । यसको व्याख्यामा ‘सरकारका महत्वपूर्ण काम, कारवाही, निर्णय र नियुक्तिका बारेमा संयन्त्रमा छलफल गरेपछि मात्र सरकारले निर्णय गर्ने’ उल्लेख छ ।

सम्मानजनक  हैसियतसहित मन्त्रिमण्डल पुर्नगठन

सहमतिका लागि प्रस्तावित ड्राफ्टको तेस्रो बुँदामा ओली नेतृत्वको मन्त्रिपरिषद् पुर्नगठन गर्ने उल्लेख छ । सबै नेताको भावना सम्वोधन हुनेगरी मन्त्रिपरिषद् पुर्नगठन गरेर सरकारलाई गति दिन प्रस्ताव गरिएको छ ।

असमान नियुक्ति बदर गर्ने,पुनर्नियुक्ति गर्ने

सहमतिका लागि अगाडि सारिएको प्रस्तावमा यसअघि भएका असमान नियुक्ति खारेज गरेर पुन नियुक्ति गर्ने भन्ने उल्लेख छ । प्रदेशका मुख्यमन्त्री, सल्लाहकारहरु तथा अन्य सुविधाका पदमा रहेका नियुक्तिमा हेरफेर गर्ने प्रस्तावमा रहेको विवाद समाधानमा क्रियाशील रहेका एक मध्यस्थकर्ताले जानकारी दिए । नेकपाले सरकारको नेतृत्व गरेका ६ मध्ये २ वटा प्रदेशको मुख्यमन्त्री हेरफेर गर्ने प्रस्ताव गरिएको छ ।

विधिसम्मत पार्टी संचालन,जिम्मेवारी  बाँडफाँड

सहमतिको पाँचौ नम्बर बुँदामा पार्टीलाई विधीसम्मत ढंगले संचालन गर्ने उल्लेख छ । यसका लागि जिम्मेवारी नपाएका सदस्यहरुलाई सम्मानजनक जिम्मेवारी दिने उल्लेख छ । खासगरी मुख्यमन्त्री र मन्त्रीहरुले पाएको दोहोरो जिम्मेवारी अन्त्य गरेर उनीहरुलाई एक पद दिने प्रस्तावमा उल्लेख छ । कतिपय मुख्यमन्त्रीले सम्बन्धित प्रदेशको पार्टीको इन्चार्जको समेत भूमिका निभाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x