कात्तिक १९, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
कोरोना भाइरसबाट प्रभावित भएको पढाइलाई निरन्तरता दिन बाजुराको बूढीनन्दा नगरपालिकामा टोलमा गएर पढाउन शुरू गरिएको छ ।
नगरपालिका–२ को कोल्टीमा रहेको बूढीनन्दा आधारभूत विद्यालयले टोलमै शिक्षक पठाएर पढाइ शुरू गरेको विद्यालयका प्रधानाध्यापक विर्जनबहादुर शाहीले बताए ।
लामो समयको लकडाउनले विद्यालय सञ्चालनमा आउन नसकेका कारण विद्यार्थीको सिकाइमा निरन्तरता दिनका लागि टोल–टोलमा गएर पढाइ शुरू गरेको प्रअ शाहीको भनाइ थियो । असार २ गते सबै विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरिएको थियो ।
कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको विद्यालयमा १६५ जना विद्यार्थी यो वर्ष भर्ना भएर पाठ्यपुस्तक वितरण गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा ७ शिक्षक र १ कर्मचारी छन् । सबै ८ जनालाई नै टोलमा परिचालन गरेर पढाइ शुरू गरेको विद्यालयले जनाएको छ । विद्यालय सेवा क्षेत्रभित्रका ८ बस्तीमा पढाइ सञ्चालन गरिएको छ ।
प्रत्येक बस्तीमा १–१ शिक्षक पुगेर सहजीकरण तथा पढाइ शुरू भएको छ ।
पहिलो चरणमा अभिभावकसहित भेला गराएर अहिले विश्वभरमा फैलिरहेको कोरोना भाइरसपछि विद्यार्थीमा परेको प्रभावबारे सहजीकरण गर्ने गरिएको छ ।
बालविकास केन्द्रदेखि ५ कक्षासम्मका विद्यार्थीलाई सामाजिक दूरी कायम गराएर पढाइ शुरू गरिएको छ । शहरबस्तीमा नै आएर छोराछोरीको अवस्थाबारे जानकारीका साथै टोलमा भएका सबै विद्यार्थीलाई भेला गराएर सहजीकरण गर्ने गरेको अभिभावक मदन रोकायाले बताए । पहिलो चरणमा टोलमा अनुगमन तथा विद्यार्थीको अवस्थाको बारेमा जानकारी गर्ने, सिकाइमा सहजीकरण र अप्ठयारोमा सहयोग गर्ने रहेको छ ।
कोभिड १९–ले पारेको संकटका बेला निःशुल्क मनोसामाजिक परामर्श दिने गरेको शिक्षकले बताएका छन् । टोलमा पुगेर पढाइसँगै लेखनसीप सम्बन्धी कला, नियमित हात धुने बानीको विकास तथा सरसफाइ, आत्माबल बढाउने सम्बन्धी जानकारी गर्ने रहेको विद्यालयले जनाएको छ । शिक्षक नै टोलमा पुगेर विद्यार्थीलाई टोलमै पढाउने गरको यो बाजुराको पहिलो विद्यालय रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...