×

NMB BANK
NIC ASIA

मुख्यमन्त्रीले छरेको मकैमा फौजी कीराको आक्रमण, गोडमेल गर्न श्रम दिवसको पर्खाइ !

असार २५, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खेतीपातीलाई प्रोत्साहन गर्न गत जेठ १ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा मकै छरे । 

Muktinath Bank

कोरोना भाइरसको आतंकले कर्णालीमा भोक संकट आइलाग्ने बताउँदै मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, पर्यटन मन्त्रालय, प्रदेश प्रहरी कार्यालय बीचको सरकारी जग्गामा मकै छरे पनि अहिले अलपत्र परेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मकै छर्ने सरकारी कर्मकाण्डमा दलबलसहित सहभागिता थियो । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन मन्त्री दल रावल, सरकारका प्रमुख सचिव, मन्त्रालयका सचिव, उच्च पदस्थ अधिकारी मकै छर्ने कार्यक्रममा सहभागी भए ।


Advertisment
Nabil box
Kumari

‘कर्णालीमा जहिल्यै भोकमरी पर्ने भएका कारण बाँझो जमिन कर्णालीमा नराख्ने र कर्णालीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजनासहित हामीले बाँझो जग्गामा खेती गर्ने काम शुरू गरेका हौं,’ मुख्यमन्त्री शाहीले मकै छर्दै भनेका थिए, ‘विदेशमा पनि कोरोना आतंक छाइरहेको समयमा अन्य देशबाट खाद्यान्न आपूर्ति गर्न हामीलाई समस्या आउन सक्छ, त्यसैले जमिन बाँझो नराखौं ।’

Vianet communication

कर्णाली प्रदेशमा कृषि उत्पादन बढाउन प्रेरित गर्ने गरी मुख्यमन्त्री शाहीले छरेको मकै अहिले फौजी कीराको आक्रमणमा परेको छ । सरकारी जग्गामा रोपिएको मकैमा फौजी कीराको आक्रमण हुँदा पनि सरोकारवाला निकाय बेखबर छ ।

मकैखेती व्यवस्थित पनि छैन । कतै बाक्लो छरिएको छ भने कतै पातलो । गोडमेल गरिएको छैन । कहिले गाईले मकै खाइदिन्छन्, अहिले रोगले आक्रमण गरेको छ ।

मकै छर्ने कार्यक्रम गरिँदै

‘सरकारले रोपेको मकैले राम्रो उत्पादन देला भन्ने अपेक्षा हो । कृषि विज्ञ भएका स्थानमा पनि अवस्था यस्तो छ भने अन्यत्र किसानको बारीमा के हालत होला ?’ वीरेन्द्रनगर–७ का कृषक राजकुमार विश्वकर्माले भने, ‘यो त सरकारमाथि फौजी आक्रमण नै भयो । अग्र्यानिक प्रदेश बनाउने भनिए पनि त्यो अहिले सम्भव नै भएन । सरकार आफैं विषादी र रासायनिक मल प्रयोग गरिरहेको छ ।’

सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले फौजी कीराको प्रभाव कम गर्न औषधि वितरण गरिएको बताइन् । उनका अनुसार वीरेन्द्रनगर नगरपालिकाले विरोध गरेका कारण सरकारले धेरै चासो नदिएको हो । ‘नगरपालिकाको विज्ञप्ति आएको तपाईंलाई थाहै छ । त्यही विरोध भएका कारण हामी ब्याक भएका हौं,’ उनी भन्छिन्, ‘अब साउन १ गतेको श्रम दिवसमा त्यहाँ गोडमेल गर्ने, अन्य काम गर्ने तयारी गरेका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x