×

NMB BANK
NIC ASIA

के ट्रम्प चीनसँग व्यापार युद्ध चाहन्छन् ?

कात्तिक २०, २०७४

NTC
Premier Steels
अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रिय व्यापार परिषद्का प्रमुख बनाउन चाहेका व्यक्ति पिटर नभारो को हुन् भनी चिन्नका लागि उनले बनाएको चलचित्र हेनुपर्ने हुन्छ । अमेरिकी अर्थतन्त्रमा चीनले पु–याएको असरबारे उनले ‘डेथ बाइ चाइना’ नामक चलचित्र बनाएका थिए । त्यसको ट्रेलरमा उनले चीनका कारण अमेरिकामा ५५ लाख रोजगारी र ५७ हजार कारखाना गुमेको आँकडा पेश गरेका छन् ।


चलचित्रले चीनमाथि अमेरिकाको अर्थतन्त्र तहसनहस पारेको अनि अमेरिकी बालबालिकालाई विषाक्त उत्पादन बेचेको आरोप लगाएको छ ।

एउटा बोल्ड दृश्यमा ‘मेड इन चाइना’ कुँदिएको एक चक्कुले अमेरिकाको मुटुमा चिरेको देखाइएको छ जसका कारण अमेरिकी झण्डामा रगतको धारो बगेको छ ।

नभारो नाटकीयता मन पराउने मान्छे देखिन्छन् । अनि उनका बोस डोनाल्ड ट्रम्प त नाटकबाज नै हुन् । नभारोलाई नियुक्त गरेर ट्रम्पले चीनसँग व्यापार युद्ध गर्न आफू नडराउने सन्देश विश्वलाई दिएका छन् । तर यो चलाखीपूर्ण देखावटी काम मात्र हुन सक्छ ।

सन् १९८७ मा निस्केको पुस्तक ‘दी आर्ट अफ द डील’ (सम्झौताको कला) मा चिनियाँहरूको बारेमा ट्रम्पले यस्तो लेखेका थिए : ‘विगत केही दशकयता मेलै चीनसम्बन्धी सयौं पुस्तक पढेको छु । मैले चिनियाँसँग मिलेर थुप्रो पैसा कमाएको छु । म चिनियाँको दिमाग बुझ्छु ।’

यसरी नभारोलाई नियुक्त गरेर ट्रम्पले चिनियाँहरूसँग थप राम्रो सम्झौता गर्न खोजेका हुन् ?

‘चीनले अन्तर्राष्ट्रिय प्रणालीलाई लामो समयसम्म खेलाइरहेको छ,’ द कमिङ कोल्याप्स अफ चाइनाका लेखक गोर्डन चाङ बताउँछन् । ‘ट्रम्प त्यसलाई परिवर्तन गर्न चाहन्छन् । उनीसँग राम्रो सम्बन्ध राख्नु भनेको आफूले चाहेमुताबिकको कुरा पाउनु हो अनि त्यही चिनियाँ दृष्टिकोण पनि हो ।’

चीनले अमेरिका जस्ता बजारमा स्टील जस्ता सस्ता पदार्थको बाढी ल्याएको आरोप लगाइएको छ । यसले सद्भावना बढाउने काम गर्दैन । तर ट्रम्पको टोलीले यसलाई अर्कै रूपमा प्रस्तुत गर्दैछ र चिनियाँहरूले त्यही दृष्टिकोण अपनाउँछन् भन्ने छैन ।

ट्रम्पको आगामी प्रशासन सम्हाल्ने टोलीले राष्ट्रिय व्यापार परिषद्को काम अमेरिकी उत्पादनलाई फेरि ‘महान्’ बनाउने हो भन्छ । यसो गर्दा अमेरिकामा रोजगारीको अवसर सिर्जना हुने उसको विश्वास छ । व्यापार परिषद्को प्रमुखका रूपमा नभारोले अमेरिकाको व्यापार एजेन्डा तय गर्छन् र चीन तथा अन्य देशसँग अमेरिकाको व्यापार घाटा कम गर्ने नीति लिएर आउँछन् भन्ने अपेक्षा गरिएको छ ।

तर अर्थशास्त्रीहरूले अमेरिकी रोजगारी फिर्ता ल्याउने काम व्यावहारिक छैन भनेको अवस्थामा नभारोले के गर्न सक्लान् ?

‘ट्रम्प ‘चीनविरुद्ध कडा हुने’ योजना बुनिरहेका देखिन्छन् तर उनी गलत लडाईं लडिरहेका छन्,’ लामो समयदेखि चीन अध्ययन गरिरहेका फ्रेजर हावी भन्छन् । ‘रोजगारी बाहिरी देशमा जानु (आउटसोर्सिङ) अहिलेको लडाईं को मुद्दा होइन, अहिले त बौद्धिक सम्पत्तिको संरक्षण र बजारमा पहुँच मुख्य कुरा हो ।’

तर आमजनतालाई यो कुनैको मतलब छैन र ‘डेथ बाइ चाइना’ जसरी जनताको ध्यान यस्तो धारणाले आकर्षित गर्दैन ।

नभारोको तर्कको मूल आशय के हो भने विश्वव्यापीकरण (ग्लोबलाइजेसन) ले अमेरिकालाई भन्दा चीनलाई फाइदा पुगेको छ । उनी र उनीजस्तो विचार राख्ने अन्यले सन् २००१ मा चीनले विश्व व्यापार संगठनको सदस्यता लिएयता अमेरिकाको आर्थिक वृद्धिमा ह्रास आएको अनि चीनको चाहिँ प्रगति भएको विचार राख्छन् । यस्तो विचार राख्ने व्यक्तिको संख्या बढेको छ ।

‘नभारोको नियुक्ति राम्रो र सकारात्मक संकेत होइन,’ बेइजिङ विश्वविद्यालयमा फरेन स्टडिजका प्राध्यापक सीए ताओ भन्छन् ।

‘डोनाल्ड ट्रम्पले चुनाव जित्दा चीनमा एकखाले उल्लास छाएको थियो र धेरै चिनियाँले उनी ह्वाइट हाउसमा हुनु भनेको अमेरिका–चीनका लागि राम्रो संकेत भएको भनी लेखेका थिए । तर विगतका केही हप्तामा यसमा पूरै परिवर्तन आएको छ ।’


‘नभारोको नियुक्ति बेइजिङलाई अनि ट्रम्पका मतदातालाई एउटा संकेत हो,’ प्राध्यापक सीएले भने । ‘चीनलाई व्यापारमा दण्डित गर्ने धेरै तरिका छन् । ट्रम्पले आफू यसमा गम्भीर रहेको र यसलाई गरिछाड्ने संकेत दिएका हुन् ।’

चीनले अमेरिकाको यो कटु व्यवहारलाई हलुका रूपमा लिनेछैन ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि आफ्ना जनतालाई खुशी राख्नुपर्नेछ । अनि ट्रम्पका पछिल्ला ट्वीटहरूले चिनियाँ जनतालाई धेरै चिढ्याएका छन् ।

‘एक महिनामा ह्वाइट हाउस सम्हाल्ने राष्ट्रपतिले गर्नुपर्ने व्यवहार ट्रम्पले देखाइरहेका छैनन्,’ चिनियाँ सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सको हालै प्रकाशित सम्पादकीयमा लेखिएको छ ।

‘उनीसँग अमेरिका जस्तो महाशक्तिलाई कसरी नेतृत्व दिने भन्ने ज्ञान छैन...उनले प्रशासन नसम्हालिसकेको भएर चीनले अहिलेसम्म उनका भड्काउ टिप्पणीलाई शान्त तरिकाले लिएको हो । तर प्रशासन सम्हाल्न थालेपछि पनि उनले चीनमाथि यस्तै व्यवहार देखाइरहे भने चीन चुप लागेर बस्दैन ।’

यो त लडाईंको आह्वान जस्तै सुनिन्छ । व्यापार युद्धका अभ्यास शुरु भइसकेका छन् ।

बीबीसी


अनुवादक : विन्देश दहाल

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x