×

NMB BANK
NIC ASIA

पर्यटन मन्त्रालयको मनोमानीः सञ्चालन नै नभएका उद्योगमा लगानी

साउन ४, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सञ्चालन नै नभएका उद्योगमा लगानी गर्दै मनोमानी प्रदर्शन गरेको छ ।

Muktinath Bank

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को प्रतिवेदन अनुसार डिभिजन वन कार्यालय रुकुम पश्चिमले सिस्नो पाउडर उद्योग र डिभिजन बन कार्यालय दैलेखले अल्लो प्रशोधन उद्योगका नाममा संचालन नै नभएका उद्योगहरुलाई लाखौ रकम भुक्तानी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डिभिजन वन कार्यालय रुकुम पश्चिमले संचालनमा नै नभएको उद्योगलाई  रु.११ लाख ८१ हजार भुक्तानी दिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

‘डिभिजन वन कार्यालय रुकुम पश्चिमले र एक बहुसेवा प्रा.लि कोहलपुर बीच सिस्नो पाउडर उद्योग संचालन गर्न वन कार्यालयले रु.१२ लाख २८ हजार अनुदान उपलव्ध गराउने र बहुसेवा प्रा.लि.ले रु.८ लाख २० हजार श्रमदान गर्ने गरी जम्मा रु.२० लाख ४८ हजारको सम्झौताको थियो ।’ प्रतिवेदनमा भनिएको छ, ‘गैरसरकारी संस्थासँग सम्झौता गरी ड्रायर, पल्भलाइजर, प्याकेजिङ्ग र मिक्स्चर मेसिन तथा वाटर डिस्पेन्सर खरिदका साथै भवन निर्माण समेतका लागि रु.११ लाख ८१ हजार भुक्तानी भएको छ ।’ 

Vianet communication

प्रतिवेदनमा सिस्नो पाउडर उद्योग सञ्चालनमा आएको देखिने प्रमाण पेश नभएको उल्लेख गरिएको छ । साथै उद्योगको स्वामित्व हस्तान्तरणका सम्वन्धमा स्पष्ट व्यवस्था गरेको पनि नभएको र लक्षित प्रतिफल प्राप्त हुने गरी उद्योग संचालनमा आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, डिभिजन बन कार्यालय दैलेखले चामुण्डा विन्द्रासैनी नगरपालिकाको वडा न.१ र २ मा तामाङ अल्लो प्रशोधन उद्योग स्थापना गर्न रु.५० लाख बजेट विनियोजन गरेकोमा २०७२-६-२२ मा एक वित्तिय सेवा प्रदान गर्ने कृषि तथा पशुपालन सहकारी संस्था लिमिटेडलाई रु.४६ लाख ८२ हजार भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


अनुदान दिएका सहकारीको स्वामित्वमा जग्गा नभएको एवं एक व्यक्तिको कित्ता नं.१२४८ को जग्गामा सहकारीको योगदान रु.९ लाख ४९ हजार रहने गरी रु.३१ लाख ५१ हजारको भवन निर्माण कार्य सम्पन्न गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

उद्योगको लागी मेसिनरी औजार १० थान फलामे अटो हयान्डलुम, १ सेट कपडा पेल्ने मेशिन, जेकार्ड लुम १ लगायत रु.१७ लाख ८४ हजार खरिद गरेको बिल भरपाई र कार्य सम्पन्न पेश गरिएको र कार्यालयमा दर्ता भएका मौजुदा १०६ उद्योगमध्येबाट छनौट नगरी अल्लो प्रशोधन गर्ने कार्यको अनुभव नै नभएको सहकारीलाई दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदन अनुसार सम्बन्धित नगरपालिकाको सिफारिश र स्वीकृति बेगर संस्था छनौट गरी नीजि जग्गामा भवन निर्माण र सम्पत्ति खरिद कार्य भएको र अल्लो प्रशोधनको कार्य नभएको उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x