×

NMB BANK
NIC ASIA

सुर्खेतको बराहताल गाउँपालिका वडा नं. १ सम्सेलीका एक ३० वर्षीया युवाको भरुवा बन्दुकसहित मानव कंकाल सुर्खेत प्रहरीले फेला परेको छ ।

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा खटिएको प्रहरीको टोलीले बर्दिया राष्ट्रिय निकुञ्जभित्र ठाकुरद्वार एकको जंगलमा शिवराम रानाको कंकाल फेला पारेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले मानव कंकालसहित हसिया, भरुवा बन्दुक एक थान, छर्रा, उनका कपडा फेला पारेर सार्वजनिक गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘२०७६ साल फागुन १० गते हराएको भन्दै उनकी श्रीमती मनमाया रानाले खोजी गरीपाउँ भनेर प्रहरीमा निवेदन दिएकी थिइन्,' उनले भने, ‘सोही निवेदनको आधारमा हामीले खोजी गरेका थियौं तर फेला पार्न सकेनौं । मृतक रानासँगै अन्य २ जना पनि हराएका हुँदा हामीलाई खोज्न समस्या भएको थियो ।'

Vianet communication

प्रहरीका अनुसार मृतक रानासँगै सोही गाउँका यामबहादुर सम्सेली र सुर्यबहादुर वली गएका थिए । भट्टले थपे - 'उनीहरु भारततर्फ गएका रहेछन् । लकडाउन अलि खुला भएपछि उनीहरु भारतबाट गाउँमा आए । मृतक राना की श्रीमतीले असार १६ गते दुवै जनाले श्रीमानलाई वेपत्ता पारेको आरोपसहितको किटानी जाहेरी दिईन । सोही जाहेरीका आधारमा खोजी गर्न बर्दिया गएका थियौं । त्यहाँ उनको कंकालसहित सामानहरु भेटायौं । मृतक रानाका बुवा र श्रीमतीले उनको सनाखत गरिसकेका छन् ।’

उनका अनुसार अहिले मनमायाले दुवै जनाविरुद्ध हत्या कर्तव्य गरी मारेको जाहेरी दिएकी छन् भने प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

‘दुवै जनाले निकुञ्जमा आफूहरु वन्यजन्तु लखेट्ने र उनले बन्दुक लिएर बस्ने र जनावर मार्ने तयारीका साथ गएका थियौं,' पक्राउ परेका दुवै जनाको भनाई उद्धृत गर्दै उनले भने, ‘मृतक बसिरहेको स्थानमा बाघले आक्रमण गर्यो । हामी त्यहाँबाट रुखमा चढेर ज्यान जोगाई भाग्यौं ।’

प्रहरीका अनुसार मृतक रानाको शरीरको केही भाग मात्रै प्रहरीले फेला पारेको छ । भिरालो स्थानमा उनको कंकाल भेटिएको प्रहरीको भनाइ छ । हत्या गरिएको हो वा बाघले खाएर मरेको हो भन्ने अनुसन्धानमा खुल्ने प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x