×

NMB BANK
NIC ASIA

सेनेटरी प्‍याडमा कमिसन धन्दा : विद्यालयमा पहिले पैसा पठाइयो, अहिले भुक्तानीका लागि बिल थमाइयो

साउन १०, २०७७

NTC
Premier Steels

नारायण नगरपालिका दैलेखको शिक्षा शाखाले नगरका १७ वटा विद्यालयलाई सुरुमा सेनेटरी प्याड खरिद गर्न भनेर असार १७ वटा विद्यालयको खातामा पैसा जम्मा गर्न लगायो ।

Muktinath Bank

पैसा खातामा भएपछि विद्यालयले आवश्यकता अनुसार आफैंले खरिद गर्नुपर्ने होला भन्दै ढुक्क भइ बसे । खरिद बारे जानकारी पनि लिए तर शिक्षा शाखा आफैंले सेनेटरी प्याड खरिद गर्दै विद्यालयलाई बिल थमायो, त्यसपछि नगरपालिकाका विद्यालय हेरेको हेर्‍यै भए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजेट फ्रिज जाने भन्दै असार मसान्तमा नगरपालिकाले विद्यालयमा किशोरीहरूका लागि आवश्यक सेनेटरी प्याड खरिदका लागि नारायण नगरपालिकाको १७ विद्यालयमा २१ लाख ७९ हजार रूपैँया जम्मा गरेको थियो ।


Advertisment
Nabil box
Kumari

साउन लागे संगै नारायण नगरपालिका शिक्षा शाखाले कमिसन पाउने लोभमा प्रतिस्पर्धाबिनै सुर्खेतको एक सप्लायर्सबाट खरिद गरेको हो । सामानसँगै सप्लायर्सले विद्यालय पिच्छे सेनेटरी प्याड र बिलहरू पठाएपछि दैलेखका विद्यालयहरूले असहमति जनाएका हुन् ।

Vianet communication

नारायण नगरपालिका भर रहेका ६ देखी १२ कक्षासम्म पढ्ने छात्राहरुका सेनेटरी प्याड खरिदको कार्यक्रम गत आर्थिक वर्षमा नगरपालिकामा आएको थियो ।

‘सेनेटरी प्याड खरिदका लागि पैसा विद्यालयको खातामा रहेपनि नगरपालिकाले सेनेटरी प्याड किनेर विद्यालयमा एक्कासी ल्याएर भुक्तानी अहिले सप्लायर्सले मागिरहेको छ ।’ सदरमुकामको त्रिभुवन माध्यमिक विद्यालय दैलेखका प्रधानाध्यापक निरक तारामीले भने, ‘विद्यालयले कोटेशन तथा सुचना निकालेर खरिद गर्ने कार्ययोजना रहेको थियो । नगरपालिकाले सामान ल्याएको छ । अव, के गर्ने गाह्रो भयो ।’ 

सामान विद्यालयमै पठाएर भुक्तानीका लागि विक्रेता आउने गरेको अर्का एक विद्यालयका एक प्रधानाध्यापकले गुनासो गरे ।  

विद्यालय आफैले खरिद गर्नुपर्ने सेनेटरी प्‍याडमा दैलेखको नारायण नगरपालिकाले आफै खरिद गरेको छ । कमिसनको खेलमा नगरपालिका शिक्षा शाखाले रारा मेडिसिन सप्लायर्स सुर्खेतबाट सुचना र कोटेशन विना विद्यालयको नाममा खरिद गरेको हो । 

सामान खरिदको लागि विद्यालयको खातामा पैसा पठाइएकोले विद्यालयले नै सेनेटरी प्याड खरिद गर्नुपर्ने नारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत छविलाल नेपालीले बताए । ‘खरिदबारे आफुहरुलाई थाहा छैन तर, नगरपालिकाले खरिद गरेर विद्यालयमा पठाउन भने मिल्दैन,’ प्रमुख प्रशासकिय अधिकृत नेपालीले भने ।

सवै प्रअहरूलाई नगरपालिकामा बोलाएर शिक्षा शाखा प्रमुख हिमालयजंग शाहले नगरपालिकाबाटै खरिद गरेर विद्यालयमा उपलब्ध गराउने बताएको एक प्रधानाध्यापकले नाम उल्लेख नगर्ने शर्तमा बताए । 

मोटो कमिसनको लोभमा सवै विद्यालयको सामान नगरपालिका मार्फत किनिएको भन्दै अहिले विद्यालयहरूले विरोध गरेका छन् । २१ लाख ७९ हजार रूपैँयामा १७ विद्यालयका लागि कम्पनीसँग आफुहरुले कुरा गरेर मगाइदिएको नारायण नगरपालिका शिक्षा शाखा प्रमुख हिमालयजंग शाहीले बताए ।

उनले भने, ‘सजिलो होस् भनेर सामान मगाइपनि विद्यालयले किन्ने या नकिन्ने निर्णय स्वयम् लिन सक्छ ।’ पैसा फ्रिज हुन लागेकाले आफुहरुले कोटेशन नलिई एउटा कम्पनीबाट मगाएको शाहीले बताए ।

निम्न माध्यमिक विद्यालयहरुमा ४० हजारदेखि माध्यमिक विद्यालयमा १ लाख ५० हजारसम्म  बजेट सेनेटरी प्याड किन्नका लागि नगरपालिकाले पैसा पठाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x