कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
साउन १४, २०७७
प्रदेश ५ को राजधानी बुटवलको मुख्य सडक लामो झरीले बेहाल भएको छ । यसको मर्मतसम्भारमा कसैको ध्यान जान सकेको छैन ।
वर्षायाममा पानीले पारेका ठूल्ठूला खाल्डाखुल्डीले यो बाटो प्रयोग गर्ने सर्वसाधारण र लामो दूरीका सवारी साधानले सास्ती खेप्नुपरेको छ ।
लामो समयसम्म सडक बिग्रिँदा पनि सम्बन्धित निकाय सडक डिभिजन कार्यालय, बुटवलको ध्यान जान सकेको छैन ।
ट्राफिक चोकदेखि हस्पिटल लाइन (भुड्कीचोकसम्म) यो सडकखण्ड खाल्डाखुल्डी र उबडखाबडले गर्दा अस्तव्यस्त र जोखिमपूर्ण भएको हो ।
बुटवल–बेलहिया सडक खण्डमा पर्ने झण्डै एक किलोमिटर यो क्षेत्र अत्याधिक रूपमा बिग्रिँदा सडक दुर्घटनाको जोखिमका साथै ट्राफिक जामसमेत बढाएको छ ।
२४सै घण्टा व्यस्त रहने सडक जीर्ण बन्दै दिनमा दशौंपटक ओहोरदोहोर गर्ने प्रदेशका मन्त्री सांसददेखि स्थानीय तहका जनप्रतिनिधिको समेत ध्यान गएको छैन ।
सडक डिभिजन कार्यालय बुटवलले भने सडक मर्मतको काम भइरहेको दाबी गरेको छ । डिभिजन कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले लगातार पानी परिरहेका कारण मर्मत गर्न समस्या परेको बताए ।
मरासिनीले भने, ‘अहिले बर्खाको समय भएका कारणले पिच गर्न मिल्दैन, खाल्डा परेर पानी जमेका ठाउँमा गिटी बालुवा हालेर सम्याउने तयारी गरिरहेका छौं । पानी परिरहेका कारण तत्काल काम गर्न समस्या भएको छ ।’
‘पिच सडकका लागि पानी सबैभन्दा ठूलो दुश्मन हो,’ सडक डिभिजन कार्यालय बुटवलका प्रमुख मरासिनी भन्छन्, ‘यसरी सडकमा पानी लामो समयसम्म रहेमा सडक चाँडै खाल्डो पार्छ ।’
बुटवलमा चल्ने टिप्परलगायत भारतबाट आउने मालबाहक ओभरलोड गाडीका कारणले पनि यो सडकमा छिटो खाल्डा पर्ने गरेको छ ।
ठूला र मालबाहक गाडी गुड्ने पिच सडकको आयु ५ वर्षको हुन्छ, यो सडक पिच भएको सात वर्ष पुगेको छ । त्यसले गर्दा पनि सडक जीर्ण बन्दै गइरहेको मरासिनीले बताए । बुटवल चौराहादेखि गोलपार्कसम्मको सडक पुनः कालोपत्रे गर्ने ठेक्का बिरुवा कन्स्ट्रक्सनले पाएको छ । अदालतले सडक क्षेत्र मिचेर बनाएका घर भत्काउन रोकेपछि अहिले यो सडक विस्तार कार्य रोकिएको छ ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यलय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले सधैँ व्यस्त भइरहने मुख्य सडक जीर्ण बन्दा सडक दुर्घटनाको जोखिम दिनप्रतिदिन बढेको बताए ।
उनले भने, ‘सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै सडकमा सवारीसाधनको संख्या ह्वात्तै बढेको छ । जसले गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको छ ।’
सवारी चालकहरूको भनाइ पनि उस्तै रहेको छ । सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको उनीहरू बताउँछन् ।
सडकमा परेका खाल्डामा लगातार परिरहेको झरीका कारणले पानी जमेको छ । यही अवस्थामा सडक रह्यो भने जतिबेला नि दुर्घटना हुन सक्छ ।
गुल्मी धुर्कोटका राजेन्द्र घिमिरेले भने, ‘बाटोकै कारण साना सवारी साधनहरूलाई सास्ती छ ।’
हिलो र खाल्डाखुल्डीले साइकल र मोटरसाइकल चलाउनेहरूलाई समस्या भएको छ । खाल्डाखुल्डी र पानी जमेर हिलाम्य भएको ठाउँमा खाल्डा पुरिदिए मात्र पनि केही सहज हुन्थ्यो ।
बुटवल उपमहानगरकी उपप्रमुख गुमादेवी आचार्यले सडक मर्मत गर्ने जिम्मा आफूहरूको नभएको बताइन् ।
आचार्यले भनिन्, ‘उप–महानगरपालिकाले लकडाउनको समयमा पनि महामारीविरुद्धको अभियानसँगै मुख्य सडकमा ट्राफिक लेन, जेब्राक्रसिङ तथा ट्राफिक संकेतसहित मार्किङ गर्नेे काम सम्पन्न गरेको छ ।’
बुटवलको मुख्य सडक जीर्ण हुँदा यात्रुहरूले पाएको सास्तीलाई मध्यनजर गरी उप–महानगरले सडक डिभिजन कार्यालयसँग समन्वय गरी यो सडकको पनि मर्मत गर्ने तयारी गरेको आचार्यको भनाइ छ ।
यही सडकको विषयमा बुटवलमा बस्दै आएका माधव पन्थले सामाजिक सञ्जालमा व्यंग्य गर्दै लेखेका छन्, ‘प्रदेश ५ को राजधानी बुटवलको अस्पताल लाइनको बाटो हिँड्नुभन्दा दुर्गम गाउँको बाटो हिँड्न सजिलो छ जस्तो लाग्न थाल्यो, प्रदेश सरकार कहाँ छ ?’
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...