×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा एकैदिन ३८ संक्रमित फेला परेका छन् । तीमध्ये १४ जना पोखराका पुरुष छन् । 

Muktinath Bank

पोखरामा भएको पीसीआर परीक्षणमा कास्कीमा १४ जनासहित स्याङ्जामा ११, बागलुङमा ६, तनहुँ र लमजुङ ३÷३, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ जना गरी ३८ संक्रमित बनेका छन् । तीमध्ये स्याङ्जा गल्याङका २ जना महिला छन् । अरु सबै पुरुष हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्तिमार्फत सो कुराको पुष्टि गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कास्कीको पोखरा महानगरपालिकामा १४ जना पुरुषमा संक्रमण देखिएको हो ।  क्षयरोग उपचार केन्द्रमा भएको परीक्षणमा पोखराका वर्ष २२ र ३१ पुरुषमा कोरोना देखिएको छ । यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा अन्य १२ जनामा कोभिड–१९ देखिएको हो । उनीहरुको उमेर समूह वर्ष १५ देखि ४० सम्म छ । जसमा वर्ष १५, १९, २१, २३, २४, २७ छन् । यस्तै वर्ष ३०, ३२ र ४२ का २–२ जना छन् । 


Advertisment
Nabil box
Kumari

स्याङ्जाको बिरुवा गाउँपालिकाका ३४ वर्षीय पुरुष, पुतलीबजारका ४१ वर्षीय पुरुष, भीरकोट नगरपालिकाका ४९ वर्षीय पुरुष संक्रमित बनेका छन् । यस्तै गल्याङ नगरपालिकाका ६ पुरुष र २  महिलामा संक्रमण देखा परेको छ । गल्याङका वर्ष २४, ३५, ४०, ४१, ४८ र ४९ जना पुरुष र वर्ष ४० र ५० की महिला संक्रमित बनेका हुन् । 

Vianet communication

यस्तै, बागलुङको काठेखोलाका वर्ष २४ र २५, बागलुङ नगरपालिकाका वर्ष ३०, जैमिनीका वर्ष ५२, बडिगाडका वर्ष ३४ र ३६ का पुरुषमा पनि पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । 

तनहुँको ऋसिङ गाउँपालिकाका वर्ष ३९ र व्यास नगरपालिकाका वर्ष १७ र २४ का पुरुष कोभिड–१९ बाट संक्रमित बनेका छन् । 

उता, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकालीका वर्ष ३० का पुरुष, लमजुङको बेसीसहरका वर्ष ३०, ३३ र ५० का पुरुष पनि संक्रमित बनेका छन् । 

गण्डकीमा संक्रमित बढेसँगै निको हुनेको संख्या पनि बढेको छ । हालसम्म संक्रमित १ हजार ४ सय ७९ जना रहेकोमा १ हजार २ सय ३० जना निको भइ घर फर्केको प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

गण्डकी अन्तर्गत स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका १० दिनका लागि सील गरिएको छ । पुतलीबजारस्थित जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरीमा एकपछि अर्को संक्रमित देखिएपछि सम्भावित बढी संक्रमण फैलिन नदिन २ दिनदेखि नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा प्रवाहमा रोक लगाइएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x