कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
साउन २९, २०७७
कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि कर्णाली प्रदेश सरकारले आगामी साेमबार भदौ १ गतेदेखि लागू हुने गरी राति प्रवेशमा रोक लगाएको छ।
कर्णाली प्रदेशको प्रदेश विपद व्यवस्थापन केन्द्र (पिसिएमसी) को बिहीबारको बैठकले स्वदेश तथा विदेशबाट आएका जाे सुकैलाई राति प्रवेश गर्न नदिने र दिउँसाे प्रवेशका लागि पिसिआर परीक्षणकाे रिपाेर्ट अनिवार्य गर्ने निर्णय गरेकाे हाे।याे निर्णयसँगै भदाै १ गतेबाट पैदलयात्रीले पनि राति कर्णाली प्रदेश जान पाउने छैनन्।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको केन्द्रको बैठकले मुलुकभित्रबाट र विदेशबाट आउने नेपाली नागरिकलाई छुट्टाछुट्टै क्वारेन्टिनमा राख्ने र प्रवेशका लागि कम्तीमा तीन दिन अगाडिको पिसिआर रिर्पोट अनिवार्य रुपमा लिने निर्णय पनि गरेकाे छ।
सुर्खेत जिल्लाबाट अतिआवश्यक सरकारी कामले जानुपर्दा र सो बाहिरी स्थानबाट भित्रिँदा सरकारी कर्मचारी र जनप्रतिनिधिले समेत पिसिआर गराई मात्र बाहिर जिल्ला जाने र भित्रिने निर्णय भएको छ।
मास्कको अनिवार्य रुपले प्रयोग गर्ने गराउने र समुदायस्तरमा मास्कको व्यवस्था स्थानीय तहले मिलाउने भनिएको छ। मस्क नलगाए कारबाही हुने भएको छ।
भारतबाट आउने नेपाली नागरिकलाई अनिवार्य रुपमा सीमा नाकाको क्वारेन्टिनमा राख्ने तथा क्वारेन्टिनको क्षमता भन्दाबढी राख्नु पर्ने अवस्था भएमा मध्यपश्चिम विश्वविद्यालयको भवनलाई पनि प्रयोग गर्ने वैकल्पिक व्यवस्था मिलाउने सम्बन्धमा सामाजिक विकास मन्त्रालयले समन्वय गरी आवश्यक कार्य गर्ने गराउने निर्णय भएको छ।
सामाजिक विकास मन्त्री दल रावलले एक पालिका एक क्वारेन्टिन वा आइसोलेशन स्थायी प्रकृतिको बनाउन स्थानीय तहसँग सामाजिक विकास मन्त्रालयले आवश्यक कार्य गर्ने गराउने बताए। उनका अनुसार कर्णाली प्रदेशमा प्रवेश गर्ने सल्यान जिल्लाको कालिमाटी काल्चे तथा कपूरकोट, सुर्खेतको बबई र कुइने नाकाबाट आउने नेपाली नागरिकलाई प्रवेशमा कडाईका साथ चेकजाँच गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयले स्थानीय प्रशासनसँग समन्वय गर्ने निर्णय भएको छ ।
संक्रमितको दर बढि रहेको अवस्थामा कुनै पनि धार्मिक र सांस्कृतिक पर्वका जात्रा मेला, नाचगान नगर्न नगराउन र अत्यावश्यक अवस्थामा पन्ध्र जनाले दुरी कायम गरेर गर्ने बाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने भनिएको छ। निषेधित कार्य भए गरेको पाइएमा प्रभावकारी हस्तक्षेप समेत गर्ने निर्णय पनि बैठकले गरेको छ।
कोरोनाबाट सिर्जित त्रास र मनोसामाजिक भयबाट जनजीवनलाई सामान्य बनाउन र संक्रमणको नियन्त्रण गर्न हाललाई होटल तथा रेष्टुरेन्ट पूर्णरुपमा बन्द गर्ने नीति लिइने भएको छ। तर, स्थानीय प्रशासनको स्वीकृतिमा सुरक्षा निगरानी प्रबन्ध गरी मापदण्ड पुगेका होटलको सूची बनाई आइसोलेसन तथा क्वारेन्टिनको लागि उपयोग गर्ने व्यवस्था मिलाउने र कुनै व्यक्ति व्यक्तिगत रुपमा होटलमा आइसोलेसनमा बस्न चाहेमा सुरक्षा सहितको प्रबन्ध गरी औचित्यको आधारमा राख्ने व्यवस्था प्रजिअले मिलाउन सक्नेछन्।
गोठीकाँडा र काक्रेबिहार क्षेत्रमा प्रायः शुक्रबार र शनिवार ठूलो संख्यामा मानिस घुमफिरका लागि आवत जावत गरेको पाइएकाले यस्तो आवागमनलाई कडाईका साथ नियन्त्रण गर्ने निर्णय भएको मन्त्री रावलले जानकारी दिए।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...