×

NMB BANK
NIC ASIA

सरकारी सम्पत्तिमा रजाइँ

दुई गाडीले पुगेन प्रदेश सभामुखलाई, 'बजार जान र पाहुना ओसार्न' १ करोडमा किनियो नयाँ गाडी !

कात्तिक १९, २०७७

NTC
Premier Steels

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले ३ वटा गाडी प्रयोग गरिरहेका छन् ।

Muktinath Bank

‘फोर्ड’ र ‘टाटा’का गरी दुईवटा गाडी प्रयोग गरिरहेका घर्तीलाई महामारीका बीच राज्यकोषबाट फेरि एक करोड रुपैयाँमा ‘स्कोडा’को महंगो गाडी भित्र्याइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बा१झ ९७२९ नम्बरको फोर्ड र बा१झ २२८४ नम्बर टाटाको गाडी चढ्दै आइरहेका घर्तीलाई हालसालै प्रदेश ३–०१–००२ झ ५२४४ नम्बरको ‘लक्जरियस’ स्कोडा गाडी ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा खरिद गरिएको छ ।
अनाश्यक खर्च कटौती र मितव्ययी नीति अगाल्ने प्रदेश सरकारको नीति नारामै सीमित भएको छ ।


Advertisment
Nabil box
Kumari

सशस्त्र द्वन्द्वमा जनताका पक्षमा गीत गुञ्जाउने कम्युनिस्ट नेतृत्वबाट आएका सभामुख घर्तीको गाडी मोह देखेर सांसददेखि कर्मचारी समेत चकित परेका छन् । 

Vianet communication

प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले सभामुख घर्ती मातहत तीनवटा गाडी रहेको बताए । 

अधिकारीले भने, ‘तीनवटै गाडी चालू अवस्थामा छन् । कुनै पनि बिग्रिएका छैनन् । केही समय अगाडि नयाँ गाडी सभामुखका लागि भनेर सचिवालयले खरिद गरेको हो ।’ देशको अर्थतन्त्र जति नै कमजोर भए पनि जनप्रतिनिधिमा अनावश्यक महंगा गाडी चढ्ने मोह भने बढ्दो छ । 

चालू अवस्थामा दुईवटा गाडी रहेको अवस्थामा फेरि राज्यको ठूलो रकम खर्च गरी महंगो गाडी किन खरिद गनुपर्‍यो भन्ने प्रश्नमा प्रदेश सभा सचिवालय जवाफ दिन चाहँदैन ।

सचिवालयका नायब सुब्बा तथा ‘स्टोर किपर’ दीपेन्द्र पन्थीले किन खरिद गरियो भन्ने विषय आफूलाई जानकारी नभएको बताए ।

उनले भने, ‘मान्यज्यू मातहत तीनवटा गाडी प्रयोगमा छन्, अरू कुरा हामीलाई थाहा हुँदैन ।’ 

प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र नाम लुम्बिनी तोकेपछि प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ ।

सभामुख घर्तीले आफूलाई गाडीको मोह नभएको भन्दै पदीय जिम्मेवारीले प्रोट्रोकल अनुसार गाडी राखिएको बताए । 

उनले भने, ‘सभामुख भएपछि अतिथिहरू आउनुहुन्छ । उहाँहरूलाई लिन जानुपर्‍यो । म पनि बजार जानुपर्ने हुन्छ । बजार जाँदा अतिथिलाई लिन जाँदा छोड्न जाँदा झण्डा हल्लाउँदै जानु भएन । मलाई गाडीको कुनै मोह र रहर होइन । पद र जिम्मेवारीले आवश्यकता देखिएर राखिएको हो ।’

सभामुख घर्तीले थपे, ‘मैले नयाँ गाडी ल्याउनुभन्दा अगाडि चढ्ने गाडी पुराना हुन् । एउटा शान्ति मन्त्रालय रहँदाको गाडी हो । अर्को पनि पुरानो गाडी हो । हालसालै ल्याइएको गाडी नयाँ हो । त्यो पनि महामारीका बीच ल्याइएको होइन गत वर्ष नै खरिद प्रक्रिया अगाडि बढाइएको थियो । महामारीमा खर्च गरेर ल्याइएको होइन ।’ 

प्रदेश सभा सचिवालयका लागि चालु आर्थिक वर्ष २०७७/०७८ मा सवारी साधान खरिदका लागि ५७ लाख ५० हजार रुपैयाँ छुट्ट्याइएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले कानूनले नदिएको कुरा लिएर खानु भ्रष्टचार भएको बताए । 

‘सभामुखले तीनवटा गाडी प्रयोग गर्ने सुविधा कानूनले दिएको छैन,’ रेग्मीले भने, ‘यो राज्य कोषको चरम दोहन हो । संघीयताप्रति नागरिकमा वितृष्णा आउने गरी गरीब मुलुकका नेता नेतृत्वमा पुगेपछि विलासी बन्दै गएको देखियो । यस्ता गतिविधि अनुसन्धान गरी कारवाही गर्ने नियामक अख्तियार दुरुपोग अनुसन्धान आयोग गरुडको छायाँमुनि परेको सर्पजस्तै सरकारको छायाँमा पर्‍यो ।’

पाहुना र बजार जानका लागि उच्चपदस्थहरूले गाडी थुपार्नु गलत भएको रेग्मीको भनाइ छ । ‘सरकारी पाहुना छन् भने त्यो व्यवस्थापन गर्ने प्रदेशको गृहमन्त्रीले हो । सभामुखले आफ्ना आफन्त बोक्न, स्वकीय सचिवहरूलाई चढाउन गाडी थुर्पान पाइँदैन,’ रेग्मीले भने । 

प्रदेश सभाले सभामुखदेखि समितिका सभापति र कर्मचारीहरूले चढ्ने गाडी मर्मतमा ५० लाख रुपैयाँभन्दा बढी खर्चिएको छ ।

प्रदेश सरकार र प्रदेश सभाले दुई वर्षअगाडि खरिद गरेका गाडीमा आर्थिक अनियमितता भएपछि सार्वजनिक लेखा समितिले अनुसन्धान गरी बजार मूल्यभन्दा बढीमा खरिद गरिएका गाडीको रकम फिर्ता गराएको थियो ।

प्रदेश सरकार र प्रदेश सभाले पहिलो वर्ष नै खरिद गरेका गाडीमा घोटाला भएपछि अनियमितताको दाग लागेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x