कुलमान घिसिङ राजनीतिक व्यक्तित्व होइनन् । तर जसरी केही दिनमै निर्वाचनमा होमिएको देशको ‘मिडिया हटकेक’ बनेर कुलमानले समग्र राजनीतिलाई नै एउटा दिशामा डोहो–र्याइरहेका छन्, यसले उनलाई ‘हेड अफ द स्टेट’ (राष्ट्रप्रमुख) को उचाइँमा पुर्याइरहेको आभास मिल्छ ।
उनका बारेमा एकजना विश्लेषक भन्छन्, “जसरी कुलमानको विरुद्धमा बेलाबेला मिडिया ‘कू’ भइरहेका छन्, ति ‘कू’ बूम–याङ भएर आरोप लगाउनेतिरै फर्किएका देखिन्छन् ।”
अर्थात् उनको विरुद्धमा परिलक्षित ‘भर्बल वार’ ले लडाईं आह्वान गर्नेलाई नै बढार्ने परिस्थिति निर्माण भएको देखिन्छ ।
सामाजिक सञ्जालले कुनै संस्थागत पत्रकारितालाई ‘ओपन च्यालेन्ज’ दिएको यो गतिलो प्रमाण हो । यसले नेपालका संस्थागत मिडियाहरू र त्यसलाई ह्यान्डल गर्ने व्यक्तिहरू अबको दिनमा कति असुरक्षित छन् भन्ने देखाउँछ ।
केही समयपहिले आफ्नो कार्यकालको सयौं दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारहरूसमक्ष भनेका थिए, “हैसियत नभएका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले संस्थागत पत्रकारितालाई चुनौती दिएका छन्, पत्रकारहरूले यसको डटेर सामना गर्नुपर्छ ।”
तर पत्रकारहरूमा त्यति सामर्थ्य देखिँदैन जति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा देखिएको छ । पत्रकारिता पेशा यही गतिमा ‘डिम’ हुँदै गयो भने आफूलाई पत्रकार ठान्नेहरूले आफैंलाई लाल्टिन बालेर खोज्नुपर्ने दिन नआउला भन्न सकिन्न ।
अहिले परिस्थिति यस्तो बन्दैछ कि कसैले कुलमानको व्यक्तित्वमा ‘भर्बल स्क्र्याच’ गर्न खोज्छ भने ऊ आफैं मेटिने खतरा छ ।
भन्नेहरूले यस विषयलाई अति देवत्वकरण गरियो भनेर भन्न शुरु गरिसकेका छन् । विशेषगरी प्रतिपक्षी दलका संगठित र असंगठित व्यक्तित्वहरूबाट यस्ता कुराहरू सतहमा आएका छन् ।
‘देवत्वकरण’ र ‘विश्वास’ मा धेरै फरक छ । कुलमानको देवत्वकरण गरिएको होइन, उनीप्रति विश्वास गरिएको हो । पंक्तिकारले धेरैपटक कुलमानको विषयमा लेखेको छ । त्यो अमुक दैवीशक्तिको व्याख्या गरेर लेखिएको होइन, क्षमताको प्रशंसा गरेर लेखिएको हो ।
‘रुखमा भोट नहाले छाहारी दिन छोड्छ’, ‘सूर्यलाई भोट नहाले भोलिबाट उदाउनै छोड्छ’, भन्दै झण्डाबुर्जा बोकेर गाउँ छिरेकाहरूले गरेको प्रचारको आधारमा गलतलाई सही र सहीलाई गलत मानेर दुनियाँसँग दुश्मनी कमाउन खोज्नु चाहिँ चरम हनुमानगिरी हो । यिनीहरूले कसैलाई दानव र कसैलाई देवता बनाउने हैसियत राख्दैनन् । कुलमान यिनको लागि एउटा ‘मिथक’ पात्र मात्र हुन् ।
सामाजिक सञ्जालका प्रायोजित प्रयोगकर्ताहरू जो आफ्नो मालिकको धारणाअनुसार आफूलाई निरन्तर ‘अपडेट’ गराउन खोज्छन्, अहिले उनीहरू जति लज्जित संसारमा कोही नभएको ठहर पंक्तिकारले गरेको छ ।
‘देवत्वकरण’ त त्यो हो, दुईवटा उखान टुक्काको भरमा विगतका सारा कमजोरी बिर्सिएर मान्छे त्यो टुक्केबाजको प्रतिरक्षामा उत्रन्छ । देवत्वकरण त्यो हो, कसैले आफ्ना कागजातहरू किर्ते गरेको छ भन्ने थाहा हुँदाहुँदै पनि राजनीतिक स्वार्थको लागि उसको सति जान तयार हुन्छ । कुलमानले गल्ती गर्ने अवसर नै पाएनन्, यसकारणले मान्छेले उनलाई विश्वास गरेका हुन्, उनको अनावश्यक देवत्वकरण गरिएको होइन ।
बुद्ध नेपालमा जन्मिएका हुन् भनेर निरन्तर फुक्दै राष्ट्रवादी स्वाङ रच्नेहरूले गएको छ महिनामा कुलमान पनि नेपालमै जन्मिएका हुन् भनेर बिर्से ।
भारतसँग तुरुन्त ‘मिसाइल वार’ गर्नुपर्छ भन्नेले भारतलाई नै प्रयोग गरेर उसको दीर्घकालीन विद्युत् व्यापारिक स्वार्थलाई निस्तेज पार्न खटिएका कुलमानको निरन्तर अपमान गरिरहे । खोक्रो र आफूले गर्दै नगरेको कुरामा अभिमान देखाउनेले आफ्नै एउटा कुशल कर्मचारीले देशलाई उज्यालो बाँडेको देखिसहेनन् । अहिले पंक्तिकारले सगरमाथालाई देखाएर भन्दा कुलमानलाई देखाएर स्वाभिमान जोगाउन सकिँदो रहेछ भन्ने सामान्य ज्ञान अनुभव गरेको छ ।
देश सतिले सरापेको छ भनेर सबै दोष सतिलाई दिएर उम्कने प्रथा अहिले हावी देखिन्छ । देशलाई सराप्न त सतिले सराप्यो, तर रुवाउने चाहिँ अर्कै रहेछन् । कुलमानको आँसुले तिनीहरूको पहिचान गरिदिएको छ । केही स्वार्थी समूहहरूले त्यस्ता ‘नरपशु’हरूलाई जोगाएर राख्न मेहनत नगर्ला भन्न सकिन्न, तर अब कुलमानको विपक्षमा आउने ‘मिडिया कन्टेन्ट’ फेल खानेछन् । कुनै पनि राजनीतिक पूर्वाग्रह बेपरवाह लाचार हुनेछन् । यसको अर्थ मानिसबाट गल्ती हुनै सक्दैन भन्ने मात्र हुँदैन, बरू अरूको गल्तीलाई सच्याइदिएर अघि बढ्ने मान्छे कति महत्त्वपूर्ण हुनेछ भनेर पनि लगाउन सकिन्छ ।
प्रचण्डको सरकारलाई अनावश्यक ‘दासत्वकरण’ गरेर मिडियामा वाहवाही लुटिरहेका स्वार्थी र सत्तालिप्सावादी समूहहरूले सोचेका थिए, सरकारको नैतिक पिलरको रूपमा रहेको एउटा अडिग र अटल कुलमानलाई ढलाउन सकियो भने सरकार नैतिक रूपमा असफल हुन्छ ।
कुलमानको केन्द्रमा सरकार होइन, जनता थिए । यसकारण उनी सफल भएका छन् र विरोधीहरू असफल भएका छन् ।
खासमा देशमा चुनावको तयारी हुनुपर्ने हो । देशमा चुनावी नाराहरू लागिरहेको हुनुपर्ने हो । लोकतान्त्रिक प्रक्रियामा चुनावको महत्त्व एउटा प्राधिकरणको जिम्मेवारी सम्हालेको व्यक्तिभन्दा कैयौं गुणा बढी हुनुपर्ने हो । तर नारा लाग्छ ‘आइएम विथ कुलमान’ को । कति अचम्म, उनले कस्तो क्रेज बोकेका छन् भन्ने कुरा यो आलेखमा वर्णन गरेर साध्य हुँदैन ।
लज्जाबोध तिनीहरूलाई हुनुपर्छ, जसले ठूला ठूला अक्षरमा ‘कुलमानले भ्रष्टाचार ग–यो’ भनेर प्रचारबाजी गरे, कुलमानलाई राक्षसीकरण गर्ने प्रयास गरे ।
कुलमानले प्रक्रियागत असन्तुष्टिलाई सम्बोधन गरिसकेपछि त्यसको बारेमा सोधखोज गर्नुपर्ने ठेक्का लिएको ठान्नेहरू ‘खै गाई, खोलाले बगायो, खै खोलो, सुक्यो’ भन्ने स्थितिमा पुगेका छन् ।
एउटा क्षमतावान प्रशासनिक व्यक्तिको वरिपरि पनि राजनीति यसरी घुम्न सक्दो रहेछ भन्ने पाठ मजैले पढ्न पाइएको छ ।
सरकार अलग हो र कुलमान अलग हुन् । तर यथार्थ चाहिँ कुलमान सरकारको मातहतमा रहेका एउटा कर्मचारी हुन् । उनको अद्भुत व्यवस्थापकीय क्षमतालाई फल्न र फुल्न दिने काम सरकारको ‘प्लेटफार्म’ ले गरिरहेको छ । यसकारण हामी उज्यालोको श्रेय ओलीको सपनालाई दिएर बच्चाबच्चीको अँध्यारो भविष्यको परिकल्पना नगरौं ।
नेपालको राजनीतिमा देखिएको ‘कुलमान इफेक्ट’ र त्यसको विरुद्धमा सुनियोजित गरिएको ‘मिडिया कू’ सधैं फरकफरक रूपमा आमनेसामने भइरहेका हुन्छन् ।
केही दिनअघि ‘राष्ट्रिय अनुसन्धान केन्द्र’ स्थापना गर्ने हुटहुटी बोकेर हिँडेका महावीर पुनले आफैंलाई बिक्रीमा राखेको भनिएको फेसबूक स्ट्याटस सार्वजनिक गरेर उनको विरुद्धमा आएका मिडिया कन्टेन्टहरूलाई चुनौती दिएका थिए ।
वास्तवमा कसैको क्षमतालाई ‘मिडिया हेडलाइन’ मार्फत ओझेल पार्न खोज्ने काम कति घातक हुने रहेछ भन्ने कुरा मै हुँ भन्ने, अरूलाई आरोप लगाएर बदनाम गर्ने र अनि अरूलाई बर्साएको ढुंगा आफैंतिर फर्कंदा दुख्नेहरूले थाहा पाएकै होलान् ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...