×

NMB BANK
NIC ASIA

दोस्रो पुस्ताका नेतालाई प्रचण्डले भने– मेरो प्रस्तावले बहस सिर्जना गर्‍यो, नराम्रो गरेको छैन

'ओलीको प्रस्ताव प्रचण्डलाई जवाफ मात्र हुनेछैन, पार्टीको भावी रणनीति तय गर्ने गरी आउनेछ'

मंसिर ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पूर्वमाओवादी समूहका दोस्रो पुस्ताका नेताहरूले भेटेर पार्टी एकतालाई अक्षुण राख्न भूमिका खेल्न आग्रह गरेका छन् ।

Muktinath Bank

सोमवार बिहान प्रचण्डनिवास खुमलटारमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र टोपबहादुर रायमाझीले संयुक्त रूपमा अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भेटमा पार्टी एकतालाई अविभाज्य र अक्षुण राख्न दुवै अध्यक्षले पहल लिनुपर्ने र पार्टीभित्र देखिएको असन्तुलनलाई हल गरेर जानुपर्ने सुझाव आफूहरूले दिएको रायमाझीले लोकान्तरलाई बताए ।


Advertisment
Nabil box
Kumari

'हामीले पार्टी एकताकै पक्षमा अघि बढ्नुपर्छ भनेर आग्रह गर्‍यौं,' रायमाझीले लोकान्तरसँग भने, 'फूटले कुनै पनि पक्षलाई राम्रो नगर्ने र एकताका पक्षमा अघि बढ्न अध्यक्षका हिसाबले प्रचण्डको पनि उत्तिकै भूमिका हुने सल्लाह दियौं ।'

Vianet communication
Laxmi Bank

जवाफमा प्रचण्डले आफू पनि एकताकै पक्षमा उभिएकाले अहिले देखिएका समस्या सहमतिमै हल हुनेतर्फ अघि बढिरहेको बताएका थिए ।

'तपाईंहरूले जसरी पहल गरिरहनुभएको छ त्यसलाई कायम राख्नुस्,' प्रचण्डको भनाइ उदृत गर्दै रायमाझीले भने, 'पार्टीभित्र जसरी हाम्रो तर्फबाट प्रस्ताव गएको छ, त्यसले बहस सिर्जना गरेको छ । राम्रै भएको छ । कम्युनिस्ट पार्टी हुनुका नाताले हरेक पक्ष र विपक्षमा बहस हुनुपर्छ ।'

केही साता अघि बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई दर्जन बढी आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावको जवाफ आवश्यक रहेको भन्दै ओलीपक्षले तयारीका लागि १० दिनको समय मागेको थियो । नेकपा सचिवालय बैठक आउँदो मंसिर १३ गते बस्दैछ ।

प्रधानमन्त्री ओलीले प्रचण्डको प्रस्तावका विरुद्धमा काउन्टर प्रस्ताव ल्याउने तयारी गरेका छन् । बालुवाटारनिकट स्रोतका अनुसार ओलीले ल्याउने काउन्टर प्रस्ताव प्रचण्डको प्रस्तावको जवाफ मात्र नभएर वृहत् खालको प्रस्ताव हुनेछ ।

'हामीले प्रचण्डलाई जवाफ दिनका लागि काउन्टर प्रस्तावको कुरा गरेका होइनौं,' प्रधानमन्त्रीनिकट एक नेताले लोकान्तरसँग भने, 'पार्टीको आगामी कार्ययोजना र भविष्यको रणनीतिका बारेमा पनि छलफल गर्दैछौं । प्रधानमन्त्रीले ल्याउने प्रस्तावमा वृहत विषय समेटिन्छ ।'

उनले पार्टी फूटका लागि प्रचण्ड-माधव समूहले ठूलो कसरत गरिरहेको आरोप समेत लगाए ।

'हामी हरेक परिस्थितिका लागि तयार छौं । उहाँहरूले बहुमतको भरमा पार्टी कब्जा गर्न खोज्ने हो भने हामीले पनि संसदीय दलमा बहुमत पुर्‍याउनेदेखि लिएर स्थायी कमिटीमा समेत बहुमत देखाउने प्रयास हाम्रो हुनेछ । पार्टी कुनै पनि हालतमा एकजुट हुन नसक्ने परिस्थिति देखियो भने विभाजनसम्बन्धी अध्यादेश आउन पनि सक्छ । हाम्रो एकताप्रतिको निष्ठालाई कमजोरी ठान्नु उहाँ(प्रचण्ड-नेपाल)को गल्ती हुनेछ,' प्रधानमन्त्रीनिकट ती प्रभावशाली नेताले लोकान्तरसँग भने ।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिलाई ओलीले भेटेर सत्ता सहकार्यको प्रस्ताव राखेको स्वीकारे । 'पार्टी एक नहुने स्थितिमा हामीले लिने पहल त्यही हो,' उनले थपे । 

यतिबेला प्रचण्ड-नेपाल र ओली दुवै पक्ष आ-आफ्नो रणनीति बनाउन व्यस्त छन् । प्रचण्ड-नेपाल पक्षले बैठकमा आउनु र बैठकमै सबै कुरा छलफल गर्न तयार रहनु सकारात्मक पक्ष रहेको टिप्पणी गरेको छ ।

आजै अध्यक्ष प्रचण्डसँग चिनियाँ राजदूत होउ यान्छीले भेटघाट गरेकी छन् । भेटघाट औपचारिक रहेको र नेपाल-चीनबीच द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको भन्दै प्रचण्ड सचिवालयले औपचारिक सूचना दिएको छ ।

तर प्रचण्डले आफूनिकट नेताहरूसँग पार्टीभित्रको विवादका बारेमा यान्छीले चासो राखेको खुलासा गरेका छन् ।

'चिनियाँ राजदूतले पार्टीको आन्तरिक विवादका बारे चासो राखेको अध्यक्ष प्रचण्डले बताउनुभएको छ,' प्रचण्डनिकट एक नेताले लोकान्तरसँग भने, 'सकेसम्म मिलेरै जान राजदूत यान्छीले सुझाव दिनुभएको रहेछ । यान्छीले पार्टी एकताको सुनिश्चितता खोजेजस्तो लाग्यो मलाई ।'

यान्छीले केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग पनि भेटेकी थिइन् । ओलीसँगको भेटमा पनि उनले पार्टीको आन्तरिक विवादका बारे चासो राखेकी थिइन् ।

ओली आफूनिकट नेताहरूलाई दस्तावेज लेख्न लगाएर आज ताप्लेजुङको घुन्सा गएका छन् । काठमाडौंबाट घुन्सा पुगेर स्वास्थ्य चौकीको भवन उद्घाटन गरेपछि ओली इलाम जानेछन् ।

इलाममा ओलीले सन्दकपुरमा बनेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x