×

NMB BANK
NIC ASIA

सत्ताधारीको किचलो

प्रचण्डलाई मनाउने अन्तिम प्रयास विफल, छाड्नै परे अध्यक्ष कि प्रधानमन्त्री भन्नेमा मतान्तर !

मंसिर २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुधवार भएको एक घण्टा लामो छलफलमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँगको समीकरण भत्काउन अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग आग्रह गरे ।

Muktinath Bank

दुई अध्यक्ष सहकार्य गरेर नगए पार्टी दुर्घटनामा पर्ने र त्यसको अपजस दुवैले लिनुपर्ने भन्दै ओलीले सम्झाउन खोजेको प्रयासलाई प्रचण्डले 'नो' भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डनिकट एक स्थायी कमिटी सदस्य भन्छन्, 'सहकार्यका लागि तपाईंभन्दा माधव नेपाल नै सही हुनुहुन्छ भनेर प्रचण्ड कमरेडले भन्नुभएछ । ओलीले पद बाँड्दै हिँडेकोमा पनि प्रचण्डले असन्तुष्टि राख्नुभयो ।'


Advertisment
Nabil box
Kumari

मङ्सिर २८ गतेसम्मका लागि स्थगित गरिएको स्थायी कमिटी बैठक बस्न अब ३ दिन मात्र बाँकी छ । ओलीले आफूसँग मिल्न आउनुस् भन्दै सबै असन्तुष्ट सचिवालय सदस्यहरूलाई आग्रह गरिसकेका छन् ।

Vianet communication
Laxmi Bank

'प्रचण्डलाई नै सहमतिमा लिएर अघि बढ्नुपर्ने हाम्रो पुरानो धारणा थियो,' ओलीनिकट एक स्थायी कमिटी सदस्य भन्छन्, 'हिजो बालुवाटारमा दुई अध्यक्षबीच संवाद भएको छ । संवाद सकारात्मक भएको हामीले भेउ पाएका छौं ।'

तर प्रचण्डलाई मनाउने ओलीको अन्तिम प्रयासका रूपमा लिइएको हिजोको भेटघाट सकारात्मक हुन नसकेको प्रचण्डको सचिवालयले पुष्टि गरेको छ ।  

प्रचण्डसँगको भेटपछि ओलीले आफूनिकट नेताहरूसँग बालुवाटारमा छलफल गरे । असन्तुष्टमध्ये कसैलाई पनि कन्भिन्स गर्न नसकिएको ब्रिफिङ ओलीले गरेका थिए ।

'सहमतिका लागि अन्तिमसम्म प्रयास गरिरहने तर हुँदै नभए पार्टी एकता नतोडिने गरी अध्यक्ष पद छोड्न उपयुक्त होला कि भन्ने कोणबाट कुराहरू उठेका थिए,' बालुवाटार छलफलमा सहभागी ओलीपक्षीय एक नेताले लोकान्तरसँग भने ।

'अध्यक्ष पद छाडेपछि प्रधानमन्त्रीबाट पनि हटाउने खेल शुरू भएको खण्डमा अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने र ग्रेसफूल एक्जिट लिने कुरामा प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिनुभएको छैन,' ओली निकटका ती प्रभावशाली नेताले भने, 'तर सहमतिका लागि अन्तिमसम्म प्रयास चाहिँ हुन्छ ।'  

ओली पक्षमै मतान्तर : अध्यक्ष छाड्ने कि प्रधानमन्त्री ?

प्रचण्ड-नेपालको समीकरण तोड्न गाह्रो परिरहेको अवस्थामा ओलीपक्षीय नेताहरू दुई खेमामा विभाजित रहेको देखिन्छ ।

लोकान्तरसँगको अनौपचारिक कुराकानीमा ओलीनिकट एक स्थायी कमिटी सदस्यले भनेका छन्, 'मानौं प्रचण्ड-नेपाल पक्षले बहुमतको डण्डा प्रयोग गर्‍यो रे, त्यसपछि छोड्ने भनेको त अध्यक्ष हो । तर ओलीले अध्यक्ष छाडेको दिन उहाँले हात बाँधेर त बस्नुहुन्न होला । ओलीका पक्षमा सडकमा नाराजुलुश त हुन्छ होला । पार्टीभित्र समीकरण बनाउन उहाँलाई पनि आउँछ होला । महाधिवेशनमा जाँदासम्म पार्टीमा अहिले देखिएका समीकरणका रुपरेखा परिवर्तन गर्न नसक्ने उहाँ कच्चा खेलाडी हो र ?'

उनले घुमाउरो पारामा ओलीले छाड्नै परे अध्यक्ष छाड्ने तर ओलीले त्यसपछि पनि हात बाँधेर नबस्ने बताए । अध्यक्ष छाडेपछि यदि प्रधानमन्त्रीबाट पनि हटाउने खेल चल्यो भने पार्टी विभाजन खुकुलो हुने अध्यादेश ल्याएर आ-आफ्नो बाटो लाग्ने र दुवै पक्षले 'ग्रेसफूल एक्जिट' पाउने उनको तर्क छ ।

तर ओलीनिकट अर्का एक नेता छाड्नै परे प्रधानमन्त्री छाड्नु उपयुक्त रहने तर्क गर्छन् ।

'पार्टी एकताताका भएको आलोपालो सहमति कार्यान्वयन गरेको जस्तो पनि देखिने र प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि पहिलो वरीयताको अध्यक्ष भएका नाताले पार्टी निर्वाधरूपमा सञ्चालन गर्न सकिने हुनाले हामीले उहाँलाई यस विकल्पमा पनि सोच्न सल्लाह दिएका छौं,' ती नेताले भने ।

प्रचण्डले प्रधानमन्त्री रहिरहेको अवस्थामा पार्टीको अध्यक्ष दाबी गर्न नैतिक रूपले नमिल्ने, पार्टीको महाधिवेशन ओलीकै प्रत्यक्ष नेतृत्वमा हुने, पूर्व एमालेका असन्तुष्ट पक्षहरूमध्ये कोही आफूतिर आउने र बाँकी तितरवितर हुने, प्रचण्ड नेतृत्वको सरकारलाई पूर्ण रूपमा पार्टीको कमाण्डमा चलाउने र पार्टीभित्र आफ्ना लागि सहज परिस्थिति निर्माण गर्न सकिने उनको बुझाइ छ ।

प्रचण्ड-नेपाल समूहबीचको अन्तरविरोध पनि उस्तै – अध्यक्षबाट छोडाउने कि प्रधानमन्त्रीबाट ?

प्रचण्ड-नेपाल समूहमा पनि ओलीलाई अध्यक्षबाट राजीनामा दिन लगाउने कि प्रधानमन्त्रीबाट राजीनामा माग्ने भन्नेमा अन्तरविरोध पैदा भएको छ ।

'प्रचण्ड र नेपाल दुवैले प्रधानमन्त्रीबाट राजीनामा माग्ने सोच बनाएका छन्,' स्रोतले लोकान्तरसँग दाबी गर्‍यो, 'तर वामदेव गौतम, झलनाथ खनाल लगायतका नेताहरूले पार्टीको कमाण्डबाट ओलीलाई बिदाइ गरेर महाधिवेशनसम्मको बाटो तय गर्ने सुझाव दिएका छन् । अन्य केही नेताहरूको मत ओलीलाई दुवै पदबाट राजीनामा दिन लगाउने र केहीको मत ओलीलाई कुनै एक पद रोज्न लगाउने भन्ने छ ।'

तर गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा 'बादल', स्थायी कमिटी सदस्य हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, मणि थापा लगायतका नेताहरूले पार्टी एकता कायमै राख्नका लागि महाधिवेशनसम्म ओलीसँगको सहमतिमै अघि बढ्नुपर्ने तर्क गर्ने गरेका छन् ।

गजुरेलले समीकरण बनाएर एउटा अध्यक्षविरुद्ध लाग्नु गलत रहेको भन्दै सार्वजनिक रूपमै प्रचण्ड-नेपाल पक्षको आलोचना गरेका छन् ।

'ओलीले आफैंले छोड्छु भन्नुभयो भने अलग कुरा हो,' आफूलाई एकताको पक्षमा रहेको बताउने प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले भने, 'जबरजस्ती हटाउँदा हट्ने पक्ष चुप रहेर बस्ने कुरा त हुँदैन । ऊ अर्को समीकरण बनाएर जसले आफूलाई विस्थापित गरेको छ, उसको विरुद्धमा लाग्छ । यो हाम्रो पार्टीको कुनै अमूक नेताको कुरा होइन, राजनीतिमा यो बिल्कुलै स्वाभाविक र आम प्रवृत्ति हो । ढोका थुनेर बिरालो कुट्ने काम बन्द गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।'

मङ्सिर २८ मा नयाँ सहमति गर्ने कि भदौ २६ मा फर्किने ?

मंगलवार लोकान्तरसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकारसमेत रहेका स्थायी कमिटी सदस्य विष्णु रिमालले भदौ २६ गतेको निर्णयबाट स्थायी कमिटी दायाँबायाँ नहुने विश्वास गरेका थिए ।

'भदौ २६ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले महाधिवेशनसम्म अध्यक्ष रहन दिनुस्, त्यसपछि अध्यक्ष छाडेर बाँकी समय जनतालाई गरेको प्रतिबद्धता अनुसार काम गर्छु । चुनाव भइसकेपछि तपाईंहरूकै सहमतिमा योग्य व्यक्तिलाई सरकारको नेतृत्व दिएपछि म बिदा हुन्छु भनेर भनेपछि स्थायी बैठक कन्भिन्स भएको थियो,' रिमालले भने ।

भदौ २६ गतेको पार्टी निर्णय कार्यान्वयनमा केही भूलचुक भएको भए सच्चिएर अघि बढ्ने प्रतिबद्धता ओलीले गरिसकेको रिमालको तर्क छ ।

मङ्सिर २१ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा पत्र पठाउँदै ओलीले आफू भदौ २६ को निर्णय कार्यान्वयन गर्न तयार रहेको सन्देश दिएका थिए । उनले स्थायी कमिटीले गर्ने विवेकसम्मत निर्णय गर्नेमा आफ्नो विश्वास रहेकोसमेत बताएका थिए ।

तर प्रचण्ड-नेपाल पक्षले भदौ २६ को निर्णयको अपमान गर्ने काम ओलीबाट नै भएको भन्दै केन्द्रीय कमिटीको निर्णय कुर्नुको विकल्प नरहेको बताउने गरेको छ ।

स्थायी कमिटी बैठकका ४ एजेन्डाहरू !

मङ्सिर २१ गते बसेको स्थायी कमिटी बैठकको कार्यसूचीका रूपमा 'पार्टीको आन्तरिक संकट समाधान' राखियो । प्रचण्ड-नेपाल पक्षले ओलीको उपस्थिति सुनिश्चित गर्न यसो गरिएको बताउने गरेका छन् ।

'पार्टीको आन्तरिक संकट भनेर ओलीलाई बैठकमा उपस्थित गराउन सकियो भने त्यसका क्रममा प्रतिवेदनमाथिको छलफल,अमेरिकी सहयोग परियोजना (एमसीसी), पार्टी एकताका बाँकी काम,नेपालमा बढ्दो छिमेकी हस्तक्षेपलगायतका सबै कुराहरू एजेण्डाअन्तर्गत नै छलफल गर्ने हाम्रो तयारी हो,'प्रचण्ड-नेपाल पक्षका एक स्थायी कमिटी सदस्यको तर्क छ ।

तर रिमालले भने 'पार्टीको आन्तरिक संकट समाधान'लाई मुख्य कार्यसूची बनाएर प्रचण्ड-नेपाल समूहले रियलाइजेसन गरेको तर्क गरे । 'मेरो विचारमा त्यो रियलाइजेसन हो,' रिमालले भने, 'त्यो चाहिँ कमरेड प्रचण्ड र उहाँसँग कोही समीकरणमा छ भने उहाँहरूले पनि स्वीकार गर्नुभएको विषय हो ।'

रिमालले स्थायी कमिटीमा छलफल गर्ने विषय नै नभएकाले र दुई अध्यक्ष आरोप प्रत्यारोप र वादी र प्रतिवादी रहेको अवस्थामा छलफल गर्ने विषय नै नरहेको बताए ।

'तर हाम्रो कुरा पनि साझा प्रतिवेदन आउनुपर्थ्यो भन्ने हो । समस्या हुँदा आरोपप्रत्यारोप आएका हुन्,' उनले भने, 'मूल विषय भनेको पार्टीको आन्तरिक संकट नै हो । त्यसका बारेमा छलफल गर्न प्रधानमन्त्री ओली २८ गतेको बैठकमा सहभागी नहुनुपर्ने कुनै कारण छैन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x