×

NMB BANK
NIC ASIA


काठमाडौं, ६ जेठ–
 चलचित्र ‘डायरी’ मा एउटा गीत छ, ‘ईश्वर तेरो जीत भो । मेरो हार भो ।’
गीतको भावअनुसार चलचित्र ‘डायरी’ को पनि हार भएको छ । ‘नोभेम्बर रेन’ अभिनेत्री छुल्ठिम गुरुङले निर्माण गरेको यो चलचित्र उत्कृष्ट बन्न सकेको छैन । व्यावसायिक रूपमा बनाउन खोजिएको चलचित्र ‘डायरी’ मा स–साना कमजोरीले चलचित्रलाई पूरै कमजोर बनाएको छ ।

केटीलाई मतलब नगर्ने र दुई मिलनसार साथीहरूसँग रमाउने युवा स्वप्निल (सन्नी सिंह) एक¬ युवतीको प्रेममा पर्छ । जोया (छुल्ठिम गुरुङ) काठमाडौंको एक रेडियोमा कार्यक्रम प्रस्तोताका रूपमा काम गर्छे ।
युवापुस्ताको समकालीन विषय र माया प्रेमका बारेमा कार्यक्रम चलाइरहने जोयाको भेट संयोगले स्वप्निलसँग हुन्छ । उनीहरूबीच माया बस्छ । परिवारको मायाबाट वञ्चित जोयाको जिन्दगीमा आएको स्वप्निलले जोयाका सबै इच्छा पूरा गरिदिन्छ ।

उनीहरूको माया मौलाउँदै जान्छ । यत्तिकैमा एकदिन जोयाको कसैले हत्या गर्छ । अब उक्त हत्याराको खोजी गर्न स्वप्निलले डायरीको सहारा लिन्छ । कथा यसैको वरिपरि घुम्छ ।

तर फिल्मको कथा यति जेलिएको छ कि दर्शकले फिल्म बुझ्न नै मेहनत गर्नुपर्छ । अनि कथानकले दर्शकलाई तान्न सक्दैन ।

फिल्म सस्पेन्स जस्तो पनि लाग्दैन ।

एक शब्दमा भन्नुपर्दा फिल्म झुर छ । केही दृश्यहरू आकर्षक भए पनि पूरै फिल्म बन्नका लागि केवल केही दृश्य राम्रो बनेर हुँदैन । फिल्मका पूरै दृश्य र संवाद राम्रो हुनुपर्छ ।

यो चलचित्रको सबैभन्दा कमजोर पक्ष यसको कथानक हो । कथानक मात्र कमजोर नभई निर्देशन पनि उस्तै स्तरहीन छ ।

निर्देशक अनिल योञ्जनले स्क्रिप्टलाई कलात्मक रूपमा प्रस्तुत गर्न सकेको भए चलचित्र आकर्षक बन्न सक्थ्यो तर उनी नराम्ररी चुकेका छन् ।

चलचित्रमा केही संवाद राम्रा छन् । ती संवादलाई बाँकी रद्दी संवादले ओझेलमा पारेका छन् । पात्रको चरित्रचित्रण बलियो बनेको छैन । धेरैजसो दृश्य र घटना फिल्ममा विनाकारण आइदिन्छन् ।

नवनायक सन्नी सिंहले बाहेक अन्य कलाकारले आफ्नो भूमिकालाई चरित्र अनुकूल बनाउन सकेका छैनन् । अभिनेत्री रेखा थापालाई भिलेनका रूपमा देखाइएको भूमिकाले दर्शकलाई आकर्षण गर्दैन । उनले चरित्रलाई फिल्ममा उतार्न सकेकी छैनन् ।

उनका फिल्मको तुलनामा यो फिल्ममा रेखाको अभिनय कुनै पनि कोणले फरक छैन । यसलाई अभिनेत्री रेखा थापा पहिलोपटक खलनायिका भएको फिल्म भनिएर प्रचार गरिएपनि यो खलनायकत्वले दर्शकलाई कुनै मजा दिँदैन ।

केही दृश्यमा छायांकन पक्ष आकर्षक देखिएपनि धेरै शटलाई ‘क्लोज अप’ मा लिइएको छ । सिनेमाटोग्राफरले फिल्मलाई स्वादिलो बनाउन छायांकन पक्षले पनि उस्तै भूमिका खेल्छ भन्ने भुल्नु हुन्थेन ।

चलचित्रका गीत तथा संगीत स्वादिला छन् । गीत संगीतले भने दर्शकलाई चित्त बुझाउन सक्छ । गीत मात्र होइन, फिल्मको एक्सन पक्ष पनि आकर्षक छ । कोरियन फिल्मको प्रभाव देखिने एक्सनले दर्शकलाई मनोरञ्जन दिन्छ । सन्नी सिंहको एक्सन सीनहरू दमदार छन् ।

धेरै कारणले चलचित्र औसतभन्दा माथि उठ्न सकेको छैन । परम्परागत नेपाली चलचित्रको तुलनामा भने यो चलचित्र त्यति पूरै खत्तम त भन्न मिल्दैन तर राम्रो बनाउन सक्ने ठाउँहरू प्रशस्तै छन् । एक्सन मन पराउने दर्शकलाई फिल्म हेरुञ्जेल मनोरञ्जन प्राप्त हुनसक्छ ।

पुराना चलचित्र हेर्ने दर्शकका लागि फिल्मले ध्यान केन्द्रित गर्न सकेपनि नयाँ स्वाद खोज्ने दर्शकका लागि भने चलचित्रले दिमाग ह्याङ बनाउन सक्छ । धेरै आशा नराखी फिल्म हेर्न जानुभयो तपार्इंलाई दिक्क लाग्नेछैन ।



फिल्मः डायरी
स्टारः २
कलाकारः रेखा थापा, सन्नी सिंह, छुल्ठिम गुरुङ आदि ।
निर्देशकः अनिल योञ्जन
विधाः एक्सन

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x