×

NMB BANK
NIC ASIA

फेवाताल किनारको केदारेश्वर मन्दिरमा दर्शनार्थीको घुइँचो [फोटोफिचर]

फागुन २७, २०७७

NTC
Premier Steels

पोखराको फेवाताल किनारस्थित केदारेश्वर मन्दिर पछिल्लो समय भक्तजनको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । 

Muktinath Bank

चाहे साउने सोमवार बोलबम होस् वा शिवरात्रिको दिन वा अन्य कुनै चाडपर्वमा मन्दिर दर्शन गर्ने दर्शनार्थीको बिहानदेखि साँझैसम्म घुइँचो लाग्दछ ।
 
शिवरात्रि पर्वको दिन पनि पोखरा–६ बैदामस्थित केदारेश्वर मन्दिरमा १०८ शिवलिंगमा जल चढाउन तथा भगवान् शिवको पूजाआराधना गर्नका लागि पोखरासहित छिमेकी स्थानबाट बिहीवार बिहानैदेखि मानिसहरू आएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भक्तजनको अत्याधिक भीडका कारण व्यवस्थापनमा समस्या भएको केदारेश्वर महादेवमणि मन्दिर संरक्षण समितिले जनाएको छ । लाइनमा बसेका सबैलाई जतिसक्दो छिटो र सहज रूपमा पूजा गर्ने व्यवस्था मिलाइएको हो । दर्शनार्थी दिउँसोसम्म पनि लाइनमा देखिन्छन् ।


Advertisment
Nabil box
Kumari

साउनको सोमवारझैं भक्तजन आएको मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले बताए । साउन सोमवारमा बोलबम मनाउन यस मन्दिरमा हजारौं दर्शनार्थी आउने गर्दछन् । त्यसैले यो मन्दिरलाई पछिल्लो समय बोलबमधामको रूपमा पनि चिनिँदै आएको छ ।  

Vianet communication

शिवरात्रिको दिन भक्तनको घुइँचो बढेपछि मन्दिरका चारैतिरबाट ढोका खोलेर मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको थियो । पूजाको थालीसहित मन्दिर दर्शन गर्न आएका भक्तजन मन्दिरमा भजनकीर्तन गरी नाचगान समेत गरेका थिए । 

मन्दिर छेउमा फेवाताल, खुला वातावरण, १०८ वटा शिवलिंग लगायत मन्दिरको विविध भौतिक संरचना र पारीपट्टि मनोरम रानीबनले यो क्षेत्र धार्मिक एवं पर्यटकीय महत्त्वको केन्द्र बन्दै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x