×

NMB BANK
NIC ASIA

वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद रानालाई

चैत १, २०७७

NTC
Premier Steels

अभिनव साहित्य समाजले यस वर्षको वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद राना र अभिनव सम्मानले आख्यानकार नारायण ढकाललाई सम्मान गरेको छ ।

Muktinath Bank

 समाजको २२९औँ साहित्यिक शृङ्खलाका अवसरमा शनिबार जोरपाटीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले पुरस्कार एवं सम्मान वितरण गरे । सो अवसरमा समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ले लेखेको कोरोनाबाट प्रभावित भई एकान्तवासमा रहनुभएका बेला लेखेको महाकाव्य ‘अछूत’ को लोकार्पणसमेत गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपकुलपति गुरुङले काठमाडौँ उपत्यकाको काँठे संस्कृतिको अध्ययन अनुसन्धानमा अभिनव साहित्य समाजले काम गर्नु एवं गराउनुपर्ने र त्यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठान सहयोग गर्न तयार रहेको भनाइ राखे । कार्यक्रममा सम्मानित व्यक्तित्वद्वयले साहित्यिक गतिविधिको प्रशंसा गर्दै हौसला प्रदान गरेको मन्तव्य राखे ।


Advertisment
Nabil box
Kumari

समारोहमा वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसे, साहित्यकार कोषराज न्यौपाने र बमबहादुर जितालीले पुरस्कार एवं सम्मानले स्रष्टालाई हौसला मिल्ने बताए ।

Vianet communication

मेनका पोखरेल आचार्यले सम्मानित व्यक्तित्वद्वयको कृतित्व र व्यक्तित्वका विषयमा र परशुराम पराजुलीले लोकार्पित पुस्तकका विषयमा प्रकाश पारेका थिए । साहित्यकार घिमिरेले कोरोना भाइरस सङ्क्रमित भएका बेलाका अनुभव पुस्तकमा उतारेको जनाइएको छ ।

कार्यक्रममा २२९औँ नियमित कवि गोष्ठीअन्तर्गत सुशील आचार्य, बद्रीप्रसाद सुवेदी, गोविन्द महत, डा शेषराज आचार्य, ओम कोइराला, मानन्धर अभागी, खोलोघरे साइलो, सिर्जना शर्मा, दिव्यलक्ष्मी पोखरेल, शान्ति रिसाल, दुर्गा अधिकारी, अच्युत पौडेल चिन्तन, गणेश खतिवडालगायत कवि एवं कवयित्रीले कविता वाचन गरेका थिए ।

सय भन्दा बढी साहित्यकारको उपस्थिति रहेको सो कार्यक्रममा धेरैले रचना वाचन गरेका थिए । प्रत्येक महिनाको अन्तिम शनिबार समाजले जोरपाटीमा कवि गोष्ठी आयोजना गर्दै आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x