×

NMB BANK
NIC ASIA

धोकेबाज पति, जसले इन्डोनेसियाकी तितिकलाई जनकपुरमा अलपत्र पारे

कात्तिक २०, २०७४

NTC
Premier Steels

जनकपुरधाम, ९ जेठ– इन्डोनेसियाकी एक महिला जनकपुरमा अलपत्र परेकी छन् । जनकपुरमा घर भए पनि भाडाको कोठामा बस्न बाध्य भएकी छन् । तितिक इस्तीयानी नाम गरेकी इन्डोनेसियाकी ति महिलालाई जनकपुरका संजीव चौधरीले विहे गरेर नेपाल ल्याएर अलपत्र पारेका छन् ।

सप्तरी हरिहरपुर गाविस ३ बस्ने संजीव करिब १० बर्ष अघि इन्डोनेसियाकी नागरिक तितिकसँग विहे गरेर नेपाल ल्याएका थिए । अहिले घरबाट निकाला गरिदिएपछि तितिक न्यायका लागि भौतारिरहेकी छन् । नेपाली नागरिक भईसकेकी उनी जनकपुरमा एक्लै बस्न बाध्य भएपछि सम्बन्धित सरोकारबालाहरुसँग न्याय दिलाई दिन गरिरहेकी छन् ।

तितिकको कथा

तितिक इस्तियानी (नेपाली नामः संजना चौधरी)


तितिक इन्डोनेसियामा रहेका आफ्ना आमा बुवा तथा भाई बहिनीहरुको परिवार पाल्नका लागि बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेकी थिईन । करिब १६ वर्षसम्म उनले मलेसियामा रोजगारी गरिन् ।

सप्तरी हरिहरपुर गाविस ३ तथा हाल जनकपुर ७ का बासिन्दा बस्ने नकुल चौधरीका छोरा संजीव पनि बैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । संजिव र तितिक मलेसियाको दुई अलग अलग कम्पनीमा काम गर्थे ।

त्यहाँ दुवै जनाको प्रेम भयो । संजिव हिन्दु धर्मावलम्बी र तितिक मुस्लिम धर्मावलम्बी थिए । दुई अलग अलग धर्म र देशका नागरिक रहेका ती दुवै जनाबीच प्रेम हुनु स्वाभाविक नै होला । तर, अर्को रोचक कुरा के भने तितिक संजिवभन्दा ९ बर्ष जेठी थिइन । तैपनि संजिवले विहे गर्ने तितिकसामु प्रस्ताव राखेका थिए ।

नेपाली हिन्दु नागरिक भएकोले आफ्नो बाबुआमासँग मागेमा मात्रै आफूले विहे गर्न सक्ने कुरा तितिकले संजीववलाई सुनाएकी थिइन् । त्यसपछि संजीव तितिकले भनेझैं तीन महिने भिसा लगाएर इन्डोनेसिया गए ।

तितिक मुस्लिम धर्म मान्ने महिला भएकोले मुस्लिम परम्परा अनुसार नै इन्डोनेसियामा विहेवारी भयो । रोचक कुरा के भने संजीवले विहे गर्दा धर्म पनि परिवर्तन गरे । प्रेममा परेको संजिवलाई धर्म, देश आदिको बन्धन तोड्न कुनै गाह्रो भएन । हिन्दुबाट मुस्लिम बनेका संजिवको नाम त्यहाँ सरिफ उमर अब्दुल्ला राखिएको तितिक सुनाउँछिन् ।

विवाहपछि संजिव मलेसियामा आफ्नो रोजगारमा फर्किए । केही दिन पछि तितिक गर्भवती भईन । छोरी जन्मिइन् । इन्डोनेसियामा जन्मिएका कारण छोरीको नाउ जहरा सयारिफा रामाधानी राखियो । त्यसपछि छोरी लिएर तितिक पनि आफ्नो पति संजीवलाई भेट्न मलेसिया पुगिन् । मलेसियाबाट संजीवले श्रीमती र छोरीलाई लिएर नेपाल आए ।

आफ्ना दुई छोरीहरुलाई स्कुलमा भेट्दै तितिक


छोराले लिएर आएकी बुहारी स्वीकार्नै पर्यो । संजिवका बुवा नकुल नापी कार्यालय धनुषामा अमिन छन् । संजिवको आमा सरस्वती चौधरी हिन्दु धर्मको प्रचारक हुन । त्यसकारण तितिकलाई पनि नेपालमा अलग्गै नाम दिइयो । तितिकको नाउँ संजना चौधरी राखियो । छोरीको नाउँ स्वस्तीका चौधरी राखियो ।

जनकपुरमा उनले फेरी अर्को छोरी पाईन । विनिता चौधरी कान्छी छोरीको नामाकरण गरियो । घरपरिवारले उनको नेपाली नागरिकताको प्रमाण पत्र, विवाह दर्ताको प्रमाण पत्र र छोरीहरुको जन्मदर्ता समेत बनाइदियो । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट २० जेष्ठ २०६६ मा बैवाहिक सम्बन्ध विवाह दर्ता ऐन २०२८ बमोजिम संजिव कुमार चौधरी र तितिक इस्तियानी (संजना चौधरी) बीचमा विवाह भएको भनि विवाह दर्ता प्रमाण पत्र प्रदान गरियो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सोही दिन तितिक इस्तियानीको नाउँमा बैवाहिक अंगिकृत नागरिकता समेत प्रदान गर्यो । १६१०३०/३१० उनको नागरिकता नम्बर हो । सप्तरीको हरिहरपुर गाउँ विकास समितिको कार्यालयबाट ११ पुष २०६४ मा जेठी छोरी स्वस्तीका चौधरी र २० फागुन २०६६ मा कान्छी छोरी बिनिता चौधरीको जन्म भएको भनि जन्म दर्ताको प्रमाण पत्र समेत बनाइयो ।

तितिकको नेपाली नागरिकताको प्रमाणपत्र 


सुरुमा घर परिवारमा उनी खुशीका साथ घुलमिल भएकी थिइन् । बुवा बिरामी भएपछि संजिवले उनको ठाउँमा नापी कार्यालय धनुषामा काम गर्न थाले । संजिवले काठमाडांैमा अमिनको तालिम लिएका थिए । ३ बर्ष पछि उनको बुवा ठिक भएर काम गर्न थाले ।

त्यसपछि संजिव काम विहिन भए । कामको खोजीका लागि संजिव फेरी काठमाडांै गए । यता घरमा श्रीमान नभएपछि सासु सरस्वती चौधरीले तितिकलाई दुख दिन थालिन् । तितिकले मुस्लिम धर्म त्याग गर्न सकेकी थिइनन् । शिव चर्चाको प्रवचन गर्ने सरस्वती चौधरीको घरमा उनकै वुहारीले कुरान पढ्न थालेपछि उनलाई रिस उठ्यो ।

घरमा कुरान किन पढेको भन्दै सासुले कैची लिएर आफ्नो टाउकोमा हानेपछि आफु घरबाट भागेर काठमाडौं श्रीमान संजिवकहाँ पुगेको तितिकले बताइन् । काठमाडांै पुगेपछि संजिवले तितिकलाई फेरी काठमाडांैबाट सप्तरीको मलेठमा कान्छी आमाकहाँ पठाइदिए ।

त्यसपछि संजिव वेपत्ता भए । अनि मलेठबाट निस्केर तितिकले संजिवलाई खोज्न थालिन् । तर, पत्तो लागेन । त्यसैबीच संजिवले कुर्थाकी एक महिलालाई भगाएर सँगै बस्न थालेको थाहा भयो ।

श्रीमान बैदेशिक रोजगारीमा रहेको बेला संजिवले ती महिलालाई भगाएका थिए । ती महिला पनि आफ्ना छोराछोरीलाई छोडेर संजीवसँग जनकपुर आएकी थिइन् । श्रीमान् फर्किपछि उनी पुरानै घर फर्किइन् । उता तितिक भने घरबाट निकालिएपछि विभिन्न कामहरु गर्दै आफ्नो जीवन गुजारा गर्न लागिन् ।

विहे हुनु अघि तितिकको इन्डोनेसियाको नागरिकता


नेपाली कांग्रेसका नेता प्रदिप गिरीले सिरहाको लहानमा संचालन गरेको आश्रममा केही महिना काम गरिन् । त्यसपछि जनकपुर स्थित डा. केपी सिंहको घरमा भान्सा पकाउने काम गरिन । जनकपुर स्थित विद्यापति बोर्डिङ स्कुलमा समेत केही महिना काम गरिन । यसरी विभिन्न ठाउँमा काम गर्दै छोड्दै जनकपुरमा भाडाको कोठामा उनी बस्न बाध्य भएकी छन् ।

सुरुमा धेरै अप्ठयारो भएपछि उनले इन्डोनेशियामा आफ्नो भाईलाई गुहार गरेर १ लाख ५७ हजार रुपैयाँ जनकपुरका एक जना स्वास्थ्यकर्मी मोहम्मद जाहिरको बैंक खातामा झिकाएकी थिईन । त्यो कुरा थाहा पाएपछि सासु ससुराले रकम माग्न थाले । तर नदिएपछि उनीहरु झन आक्रोशित भए ।

विहे हुनु अघि तितिकको इन्डोनेसियाको राहदानी (पासपोर्ट)


अहिले तितिक आफ्नै छोरीहरुसँग समेत बस्न पाएकी छैनन् । विद्यालय पुगेर मात्रै छोरी भेट्न पाउँछिन् । जनकपुरको प्यारागन स्कुलमा स्वस्तीका ५ कक्षामा र विनिता दुई कक्षामा पढिरहेकी छिन् । तितिकलाई न त श्रीमानको घरमा बस्ने अनुमति दिइएको छ, न त छोरीहरु नै आफ्नो साथम राख्न पाएकी छैनन् ।

तितिकलाई छोडेर अन्य महिलाहरुसँग अवैध सम्बन्ध बनाई हिँड्ने संजिव जनकपुरकै शिवचोकस्थित जानकी इलेक्ट्रोनिक्समा काम गर्छन् । संजिव पनि आफ्नो घर जाँदैनन् । छोरीहरुलाई हजुर आमा र हजुर बुवाले पालिरहेका छन् । तितिकका अनुसार एक पटक मोवाईलमा एसएमएस पठाएर तिमिलाई तलाक (सम्बन्ध विच्छेद) दिएको भनेर भनेपछि सम्पर्कविहिन भएका छन् ।

नापी कार्यालय धनुषामा अमिन पदमा कार्यरत रहेका तितिकको ससुरा नकुल चौधरी बुहारीलाई आफुले नराख्ने बताएका छन् । उनले आफ्नाु सम्पति छोराहरुलाई अंशबण्डा गरेर दिइसकेको बताए । यदि आफ्नो हक खोजेको भए श्रीमानबाट लिनुपर्छ भनेर नकुल तर्किएका छन् ।

अर्कोतर्फ तितिकका श्रीमान संजिवले आफुले कुनै हालतमा तितिकलाई नराख्ने बताउँदै सम्पत्ति र सम्बन्ध विच्छेदका लागि अदालत जानुपर्ने बताएका छन् । तर उनले आफ्नो सम्पत्तिको कुनैपनि हिस्सा तितिकलाई नदिने अड्डी कसेका छन् । तितिकका अनुसार उनका ससुराले अंश बण्डा गर्दा धेरै सम्पतिहरु लुकाएको र केही सम्पति मात्र आफ्नो छोराको नाउँमा भागबण्डा गरेकाले आफुले अंश पाउँदा पनि उचित अंश नपाउने गुनासो गरिन् ।

तितिकका अनुसार उनका सासु ससुरा तथा श्रीमान छोरीहरुलाई घरको जिम्मा छोडेर आफूलाई इन्डिोनेसिया फर्काउन चाहेका छन् । तर आफु अब नेपाली नागरिक भएकोले यही संघर्ष गरेर न्याय पाउने आशमा उनी नेपालमा बसिरहेकी छिन् ।

तितिकका श्रीमान संजिव चौधरी 


तितिकले आफुले न्याय पाउनु पर्ने भन्दै गुहार गरिरहेकी छिन् । तितिक भन्छिन, ‘मेरो पहिलो चाहना आफ्नो श्रीमान र बच्चाहरुसँग जीवन विताउने हो,’ उनले भनिन, ‘होइन भने मलाई सम्बन्ध विच्छेद गरेर अंशसहित विदा गर्नुपर्छ । छोरीहरु म आफै पाल्छु ।’ तर नेपालमा तितिकका कोही पनि नभएकोले उनले समस्या झेलिरहेकी छन् । अरुको घरमा भान्सा पकाई आफ्नो जीवन विताईरहेकी तितिक अदालतमा रुपैयाँको अभावमा मुद्दा समेत दर्ता गर्न पाईरहेकी छैनन् ।

चौधरी परिवारका छिमेकमा बस्ने स्थानीय पत्रकार ब्रम्हानन्द ठाकुर पनि तितिकमाथि चौधरी परिवारले कुटपिट गरेर घरबाट निकालिदिएको बताउँछन् । सबै जना मिलेर उनलाई घरबाट निकाली छोरीबाट समेत टाढा पारी अन्याय गरेको ठाकुर बताउँछन् । तितिक एक्लैलाई समस्या पर्ने भएकाले मानवअधिकारवादी संस्थाले उनलाई सहयोग गर्नुपर्ने ठाकुरको भनाइ छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x