×

NMB BANK
NIC ASIA

बाजी हारेपछि देउवाले दिए चिरीबाबुलाई हजारको नोट !

कात्तिक २०, २०७४

NTC
Premier Steels
ललितपुर, ११ जेठ –

शेरबहादुरः हेलो...
चिरीबाबु :  अँ, हजुर, सभापतिज्यू जय नेपाल !
शेरबहादुर : ‘चिरीबाबु तपाईं चुनाव जित्नुहुन्छ ?
चिरीबाबु : हामीले चुनाव जित्छौं तपाईं ढुक्क हुनुस्
शेरबहादुर : अहिले नै विचार गर्नुस् है, तपाईं साँच्चै जित्नु हुन्छ ? नभए माओवादीसँग तालमेल गर्नुपर्छ ।

(तीन पटकसम्म सभापतिले प्रश्न सोधेपछि रिसाउँदै चिरीबाबु)

चिरीबाबु : सभापतिज्यू, मसँग बाजी थाप्नुहुन्छ ? ल, जिते भने तपाईं मलाई १ सय रुपैयाँ दिनुस्, मैले हारे भने म तपाईंलाई १ लाख दिन्छु ! हुन्छ ? त्यसपछि फोन काटियो ।
चिरीबाबुलाई शेरबहादुरले हस्ताक्षर गरेर दिएको १ हजारको नोट


यो संवाद पहिलो चरणको उम्मेदवारी दर्ताको भोलिपल्ट नाम फिर्ता लिने दिनको हो जुन दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ललितपुरमा आफ्नै पार्टीको तर्फबाट मेयरका उम्मेदवार बनेका चिरीबाबु महर्जनलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थिए ।  उता महर्जन भने बाजी थाप्न तयार भए तर उम्मेदवारी फिर्ता लिन टसको मस भएनन् ।

चिरीबाबुले पार्टी सभापति शेरबहादुर देउवासँगको बाजी जितेका छन् । र, त्यसबापतको रकम पाएका छन्, त्यसमा पनि ९ सय थप गरेर ।

चिरीबाबुले देउवासँग बाजी एक सयको मात्र राखेका थिए तर देउवाले उनलाई १ हजार दिए ।

यस्तो छ वास्तविकता

शेरबहादुर देउवालाई ललितपुर महानगरपालिका जित्ने आशा थिएन । त्यसैले उनले ललितपुरमा माओवादी केन्द्रसँग तालमेल गर्ने सोचेका थिए । उनले पोखरा र भरतपुर महानगरपालिका अनि हेटौंडा उपमहानगरपालिका लगायतमा माअोवादीसँग तालमेल गरेका थिए ।

ललितपुर महानगरपालिकामा माओवादी केन्द्रसँग तालमेल गर्ने कुरा देउवाले ललितपुर क्षेत्र नं ३ का सभासद मदन अमात्यलाई फोन गरेर सुनाएका थिए ।

वैशाख १९ गते उम्मेदवारी दर्ता गरेपछि देउवाले मदन अमात्यको माध्यमबाट चिरीबाबुलाई तालमेल गर्नेबारे जानकारी गराउन भनेका थिए । तर स्थानीय स्तरमा छलफल नै नगरी पार्टी नेतृत्वले आफूखुशी गरेको भन्दै ललितपुर कांग्रेसका नेताहरू रुष्ट बनेका थिए ।

चिरीबाबु लगायत सबैजना ललितपुरको त्यागल मा पार्टी कार्यक्रममा सहभागी भएको समयमा सांसद मदन अमात्यले देउवाको निर्णय सुनाएका थिए । निर्णय सुनेसँगै देउवाले फोन गर्नसक्ने भन्दै चिरीबाबु फोन नै अफ गरेर बसे । देउवाले फोन गर्लान् र उम्मेदवारी फिर्ता गर्नुपर्ला भन्ने पीर थियो उनलाई । ‘फोन नै अफ गरेपछि त्यहाँको कार्यक्रम छोडेर म केही घण्टाको लागि कीर्तिपुरतिर लागे ’ चिरीबाबुले भने । 

केही घण्टा कीर्तिपुर बसेपछि उनी पुल्चोकस्थित आफ्नै निवासमा बसिरहेका बेला देउवाले फोन गरे, त्यो पनि सांसद मदन अमात्यको मोबाइलमा ।


देउवासँग बाजी


सभापति शेरबहादुर देउवाले चिरीबाबुलाई मेयरमा हार्ने भन्दै उम्मेदवारी फिर्ता लिन तथा माओवादी केन्द्रसँग तालमेल गर्न अमात्यको फोनमा आग्रह गरे । तर चिरीबाबुले यो कुरा अस्वीकार गरे ।

‘हामी ललितपुरमा जित्छौं,’ चिरीबाबुले जिद्दी गरे । र देउवासँग १ सयको बाजी राखे । जसलाई हामीले माथि नै देउवा र चिरीबाबुबीचको फोन संवादमा उल्लेख गरिसकेका छौं ।

पार्टी सभापतिले नमान्दा नमान्दै पनि उनीसँग बाजी थापेर उम्मेदवार भएका चिरीबाबुलाई जितिँदैन कि भन्ने ठूलै पीर प-यो । चुनावी हारको पीडामा सभापतिलाई तिर्नपर्ने एक लाख रुपैयाँको चिन्ता थियो उनलाई । ‘मलाई जित्छु भन्ने आत्मविश्वास थियो, तर एमालेका हरिकृष्णजीसँगको कडा टक्करले बेलाबेला शेरबहादुरजीसँग राखेको एक लाखको बाजीको याद आउँथ्यो,’ चिरीबाबुले भने ।

कडा प्रतिस्पर्धाका बीच एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतले जित्दै उनले महानगरमा नेपाली कांग्रेसको कम्तीमा एक सिट भएपनि सुरक्षित गरे ।

देउवाले खल्ती छामे

महानगरको मेयरमा निर्वाचित भएपछि बिहीवार कांग्रेस पार्टी कार्यालय सानेपामा बधाई कार्यक्रममा उनी सहभागी भए । चिरीबाबुलाई देख्नेबित्तिकै सभापति शेरबहादुर देउवाले कोटको खल्ती छामछुम पार्न थाले ।
उनीसँग भएका र उनीलाई हेरिरहेकाले त्यसलाई वास्ता गरेनन् र थाहा पाएनन् पनि । तर देउवाले चिरीबाबुसँग बाजीमा हारेको १ सय रुपैयाँ दिनका लागि कोटको खल्ती छामछुम पारेका थिए ।

देउवाले कसैले थाहा नपाउने गरी खल्तीबाट हजार रुपैयाँ झिकेर चिरीबाबुलाई दिए ।

‘देउवासँग मैले जितेको त १ सय रुपैयाँ हो तर उहाँसँग १ सयको खुजुरा पैसा रहेनछ कि के हो, मलाई हजार दिनुभयो,’ चिरीबाबुले भने, ‘मैले पनि नहेरी गोजीमा राखे, पछि थाहा भयो १ हजार रुपैयाँ पो रहेछ ।’ चिरीबाबुलाई दिएको हजार नोटमा देउवाले आफ्नो हस्ताक्षर समेत गरेका थिए ।

चुनाव मात्र नभई आफूले पार्टी सभापतिसँग बाजी पनि जितेको किस्सा सुनाइरहँदा ललितपुर महानगरपालिकाको शपथग्रहणमा सहभागी विजयी वडाअध्यक्ष, सदस्यहरू मात्र नभई उपस्थित भएका सबै मुस्कुराए ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

जेठ १०, २०७९

तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी उनी यसपटकक...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x