×

NMB BANK
NIC ASIA

दिपक मनाङेको प्रतिक्रिया : १०–१२ दिन रहन सकिन्छ, त्यसैले देखिने गरी काम गर्छु

बैशाख १६, २०७८

NTC
Premier Steels

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार गरिएको छ ।

Muktinath Bank

यसअघि ७ मन्त्रालय रहेकोमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयलाई फुटाएर युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने गरी स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)लाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री मनाङेलाई बिहीवार साँझ शपथ गराएका छन् ।


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्री नरदेवी पुनले सम्हालेको मन्त्रालय फुटाउने निर्णय अनुसार मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी प्रदेश सरकारले जिम्मा दिएको छ । 

Vianet communication

मनाङबाट नेकपा एमालेको समर्थनमा चुनाव जितेका मनाङेले मंगलवारको प्रदेशसभा बैठकमा स्वतन्त्र सांसदको सिट माग गरेका थिए । बुधवार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची भए पनि उनी बैठकमा अनुपस्थित भएका थिए ।

कोरोनाको जोखिम बढेका बेला आवश्यक स्वास्थ्य मापदण्ड पालना नगराई २५ जनाभन्दा धेरै मानिसको सहभागितामा सानो कोठामा भीडभाड हुने गरी शपथ गराइएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको समेत सहभागिता रहेको थियो ।  

मुख्यमन्त्री गुरुङले आफूविरुद्ध अविश्वासको प्रस्ताव सदनमा पेश भएको अवस्थामै मन्त्रिमण्डल विस्तार गरेका हुन् । 

६० सांसद रहेको प्रदेश सभामा एमालेका २७ सांसद छन् । उनलाई सरकार बचाउन ३ जना सांसदको आवश्यकता पर्नेछ । अन्य दलाई भने अविश्वासको प्रस्ताव पारित गर्न ३१ मतको आवश्यक पर्छ ।

नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका २ र राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेका छन् ।

माओवादी केन्द्रका २ मन्त्रीले राजीनामा दिएसँगै हाल भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा मन्त्री नियुक्ति भएको छैन ।

खेलकुद र खेलाडीको विकासको लागि खेलकुद बोर्ड गठन गर्ने मन्त्री गुरुङले बताए । मन्त्री पदमा नियुक्त भएसँगै उनले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रदेशको खेलकुद र खेलाडीको हकहितको लागि आफूले सरोकारवाला पक्षसँग छलफल गरी कार्ययोजना बनाएर अघि बढ्ने बताए । 

‘म मन्त्री पदमा १०–१२ दिनको लागि मात्र पनि हुनसक्छु तर केही दिनमै देखिने गरी केही योजना ल्याउने छु,’ उनले भने ।

आफू निर्वाचित हँुदा एमालेले सहयोग गरेकाले एमालेलाई आफूले गुन तिर्नुपर्ने बताएका मन्त्री गुरुङले आफू अझै कुनै पार्टीमा नलागी स्वतन्त्र सांसद नै भएको दाबी गरे ।

सदनमा मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको अवस्थामा कुन पक्षमा मतदान गर्ने भनेर सोधिएको प्रश्नमा मन्त्री मनाङेले राजनीतिमा केही भन्न नसकिने प्रतिक्रिया दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x