×

NMB BANK
NIC ASIA

कास्कीमा संक्रमित बढेपछि निषेधाज्ञामा कडाइ, पोखरा बन्यो सुनसान [तस्वीरहरू]

बैशाख २१, २०७८

NTC
Premier Steels

गण्डकी प्रदेशको राजधानी पोखरामा दिनानुदिन कोरोनाका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा कडाइ गरेको छ ।

Muktinath Bank

अघिल्लो दिनको तुलनामा मंगलबार पोखराको बजार सुनसान छ । सडकमा पातलो संख्यामा मात्रै सवारीसाधन गडेको पाइन्छ । मानिसहरु पनि बाहिर खासै निस्केका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रशासनले गत वैशाख १५ देखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरेकोमा कोरोनाको महामारी बढ्दै गएपछि कडाइसहित अवधि थपेको हो । वैशाख २१ देखि ३१ सम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइने छैन भने छुट प्रदान गरिएका बाहेक निजी तथा सार्वजनिक यातायातका साधन चल्न रोक लगाइएको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication

दैनिक उपभोग्य वस्तुहरुका पसल बिहान ५ देखि ९ बजेसम्म मात्रै संचालन गर्न सकिने भएपछि दिउँसो ती पसल सबै बन्द छन् । बैंक तथा वित्तीय संस्थाहरु एक चौथाइ मात्र राखेर संचालन गरिएको छ । 

गाडीमा जोरबिजोर प्रणाली हटाइएको छ । मठ मन्दिरहरूमा नित्य पूजामात्र गर्न सकिने भए पनि अन्य कार्य गर्न पाइने छैन । बिहान ५ देखि ९ बजेसम्म डिपार्टमेन्ट स्टोर्सहरुको हकमा खाद्यान्न सामान बिक्री गर्न पाइनेछ ।

ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्ट जस्ता निर्माण सामग्री बोक्ने सवारीसाधन दिउँसो १ देखि साँझ ५ बजेसम्म संचालन गर्न सकिनेछ ।

कास्कीमा हाल सक्रिय संक्रमितको संख्या झन्डै १५ सय पुगेको छ । सोमबार साँझसम्म कास्कीमा १ हजार ३१५ सक्रिय संक्रमित रहेकोमा मंगलबार एकै दिन १ सय ४४ जना थपिएका हुन् । यो सहित गण्डकी प्रदेशभर मंगलबार १ सय ६१ संक्रमित थपिँदा कुल संक्रमित संख्या १९ हजार ५ सय ८५ पुगेको छ । 

पोखरामा मंगलबार थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मंगला गाउँपालिका ६ का ७६ वर्षीय पुरुष हुन् ।

गत वैशाख १७ मा कोरोना संक्रमण पुष्टि भएकोमा उनको मंगलबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ३३ पुगेको छ । २ दिनअघि गण्डकीमा एकै दिन ८ जनाको ज्यान गएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x