×

NMB BANK
NIC ASIA

गन्धर्वको एउटा सारङ्गी, जसले झक्झकायो रोल्पालीलाई

कात्तिक २०, २०७४

NTC
Premier Steels


लिबाङ, १६ जेठ–

छोरा मर्यो युद्ध लड्दा, बेपत्ता छन् पति
खाली सिउँदो पुछिएका उठ चेली जति
पुस्तौंदेखि रोल्पालीले पाएका छन् चोट
उम्मेदवार राम्रो छानी दिनुहोला भोट
रगतले मुछिएको यो रोल्पाली माटो
आफ्नै हातले हराभरा पारौँ देशको यो पाटो

आइतबार एकाबिहानै रोल्पाका विभिन्न बस्ती बस्तीमा पुगेर ¥याँइ¥याँइ सारङ्गीको मीठो धुनसँगै घोराही नगरपालिका दाङका मङ्गले गन्धर्वले यो मीठो गीत गाइरहँदा त्यहाँको वातावरण नै सङ्गीतमय बनेको थियो । पहिले गीत सुन्दा निकै उत्साहित बनेका युवायुवती गीत सुन्दै जानेक्रममा निकै भावुक बनेका थिए । गन्धर्व दाइले गीत गाइरहँदा यी गीतका शब्दले रोल्पाली आमामात्र रोएनन् कैयौँ बाबु पनि भक्कानिए ।

जवानीमै सिउँदो पुछिएका चेली, बुढेसकालमा काख रित्तिएका आमा, द्वन्द्वकै कारण अभिभावक गुमाएका टुहुरा बालबालिका, बेपत्ता पारिएका तथा घरबारविहीन भएर बाँचिरहेका विस्थापित परिवारका सदस्य सबैलाई भावविह्वल बनायो मङ्गलेको गीतले । उनले आधा दर्जन बढी गीत सुनाएका थिए । सबैजसो गीत महिला पक्षमा बोलिएको जस्तो अनुभूति हुन्थ्यो ।

कति गर्छौ दिदी बहिनी घाँसदाउरा र मेला
आएको छ देशको भाग्य आफैँ लेख्ने बेला

पहिलो चरणको स्थानीय निर्वाचन देशका विभिन्न स्थानमा सम्पन्न भएपनि स्थानीय निर्वाचन रोल्पामा भने दोस्रो चरणमा हुने भएको छ । निर्वाचनका लागि प्रचारप्रसार सामग्रीसहित टोलटोलमा पुगेको ठूलो समूह मङ्गलेको गीत सुन्न एकै ठाउँमा झुम्मिएको थियो । मंगलेले गीतमात्र गएनन्, उनले निष्पक्षरुपमा चुनावको प्रचारप्रसार समेत गरे । उनले गाएका गीतका हरेक शब्द शब्दमा रोल्पाली जनताको आवाज बोलेको थियो ।

यसैबीच उनले दशवर्षे सशस्त्र युद्धका कारण पचास वर्ष पछाडि पारिएको रोल्पा र रोल्पालीले अझै पनि स्थानीय निर्वाचनमा विचार नपुर्याए रोल्पा अझै पछाडि पर्ने बताए । उनले गीतका माध्यमबाट आगामी स्थानीय निर्वाचनमा हाम्रो होइन राम्रो, सक्षम, सबल र जनप्रिय उम्मेदवारलाई भोट दिनुपर्ने सुझाव पनि दिएका छन् ।

हाम्रो होइन राम्रो नेता छानौँ दाजुभाइ
भोट दिउँ जनप्रिय उम्मेदवारलाई
उठ नारी च्यात अब बन्धनको जालो
जाग ब्यूझ जुर्मुराउ आयो तिम्रो पालो

चाउरी परेको अनुहार, फाटेका लुगा, काँधमा पुरानो झोला, टाउकोमा मैलिएर रङ नै नचिनिने आधा कपाल बाहिरै निस्किएको टोपी लगाएका मङ्गलेले आफू उमेरले करिब साठी वर्ष पार गरिसकेको बताए ।

बाबु आमासँगै गीत गाउँदै हिँड्ने क्रममा ५÷६ वर्षकै उमेरमा सारङ्गी रेट्न सिकेका मङ्गलेले आठ नौ वर्षको उमेरदेखि नै यही पेसा अङ्गालेको बताए । कतै माया पिरतीका, कतै उकाली ओरालीका कतै जीवन र जगतप्रतिको आफ्नो भोगाइका त कतै समसामयिक परिवेशका गीत सहित उनले ठट्यौलो पाराको गीत पनि गाए । ठट्यौलो पाराको गीत गाएपछि भने आँखामा आसु टल्पलाएका मुहारमा हाँसो छाएको देखिन्थ्यो ।

यसैबीच मङ्गलेले आधुनिकताको नाममा पश्चिमी संस्कृतिले नेपाली मौलिकतामा ठूलो ठेस पुर्याएको बताए । उनले गीतको माध्यमबाट गन्धर्वका कथा ब्यथा सुनाउँदै लोक संस्कृतिको जगेर्नामा लाग्न सबै रोल्पाली युवालाई प्रेरित पनि गरे ।

गन्धर्वको कथा ब्यथा सारङ्गीले सुन्छ
भोको पेट नाङ्गो छाती कैले पूरा हुन्छ
बाँच्नै गाह्रो भयो हाम्लाई पिरैपीर बनी
सारङ्गीलाई माया गरौँ नेपाली हौं भनी

बाँकी गीतलाई बीचमै रोकेर मङ्गलेले भन्नुभयो “सारङ्गी, मादल, मुर्चुङ्गा, विनायो, ट्यम्की, सनाही, ख्याम्टा आदि हाम्रा लोकबाजा हुन् तर यिनको बदलामा नेपालीहरु हारमोनियम, गिटार, किबोर्ड, तवला, बिंजु र बाँसुरीको धुनमा रमाउन खोजिरहेका छन् । यसकारण दिनप्रतिदिन देशमा लोकबाजा बजाउने मान्छेको अभाव हुँदै गएको उहाँको बुझाइ छ । त्यसैले लोकबाजाको संरक्षणका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनको सुझाव छ ।

लाहुरे बाका आँगनीमा रोदी गाँउथे पैले
सारङ्गी र डम्फू मादल ओझेल पर्यो ऐले 
सम्पत्तिको नाउँमा हाम्रो यै सारङ्गी बाजा
बज्नै छाड्यो भन्छन्, सबले गाउँघरमा आज

उहाँका अनुसार पछिल्ला दिनमा एकाध गन्धर्वबाहेक सबैले आफ्नो गाइने पेसालाई छोडिसकेको हुँदा पनि यो पेसा सङ्कटमा पर्दै गएको छ । त्यसैले गाइने दाइको सारङ्गी र गाइने दाइको लोकभाका संरक्षणका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x