×

NMB BANK
NIC ASIA

‘एकपछि अर्को हिमालले तानिरहन्छ भनेको हो रहेछ । अन्नपूर्ण हिमाल जाँदा अरु कुनै तत्काल योजना थिएन तर पोखरा फर्किएपछि नयाँ हौसला आएको छ । मैले नयाँ जमर्कोे गरेकी छु – यही सिजनमा ८ हजार मिटर अग्लो हिमाल धौलागिरि चढ्ने ।’

Muktinath Bank

यो भनाइ हो फोटो पत्रकार तथा हिमाल आरोही पूर्णिमा श्रेष्ठको । आरोहणको लागि निकै कठिन मानिएको अन्नपूर्ण प्रथम हिमाल (८ हजार ९१ मिटर) को सफल आरोहण गरी कीर्तिमान रच्न सफल उनै पूर्णिमाले आरोहणको १ हप्ता नबित्दै पुनः धौलागिरि (८ हजार १६७ मिटर) आरोहणको अर्को कीर्तिमान रच्ने तयारीमा छन् । यदि उनको सफल आरोहण भए धौलागिरिमा नेपाली महिलाको पहिलो पाइला पुग्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोरखा आरुघाटकी साहसी कविताको लागि धौलागिरि आरोहण चौथो हिमाल आरोहण हुनेछ । उनले क्रमशः मनास्लु, विश्वको सर्वोच्च शिखर सगरमाथा र अन्नपूर्ण प्रथमको सफल आरोहण गरिसकेकी छन् । नेपाली महिलाको तर्फबाट उनको पाइला अन्नपूर्ण प्रथममा पहिलो हो । सोही कीर्तिमानबाट हौसिएकी पूर्णिमाले अहिले कार्यक्षेत्र कामाठाडौं नफर्किकन सुन्दर नगरी पोखरामै धौलागिरि आरोहणको योजना बुन्दै फेसबूकमा स्टेटस पोस्ट्याएकी छन् । 


Advertisment
Nabil box
Kumari

उनले लेखेकी छन्, ‘अन्नपूर्ण जस्तै धौलागिरि पनि कुनै नेपाली महिलाले आरोहण गरेका छैनन्, त्यसैले यो एक नयाँ इतिहास हुनेछ । यो पालि पनि यहाँहरूको आशिर्वाद, हौसला र सहयोग रहने छ भन्ने आशा लिएकी छु ।’

Vianet communication

अन्नपूर्ण आरोहणपछि पोखरामा लोकान्तरसँगको कुराकानीमा पूर्णिमाले आरोहणको चुनौती र अनुभव साट्दै अझ उत्साह मिलेको र महिलाले सके जे पनि गर्न सक्ने बताइन् । 

संसारकै १० औं हिमाल अन्नपूर्ण प्रथम आरोहण गरेर उनले आफ्नो सपना मात्र पूरा गरेकी छैनन्, नेपाली महिलाको रूपमा ऐतिहासिक कीर्तिमान राख्न सफल भएकी हुन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको पूर्णिमासहित ६ जना साहसी नेपाली महिलाले आरोहण गरेका हुन् ।

२०७८ वैशाख ३ गते दिउँसो १ देखि साढे १ बजे अवधिमा उनीहरू सबैले कीर्तिमानी आरोहण गरे । आरोहण दलका पूर्णिमासहित दावा याङ्जुम शेर्पा, दावुटी शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता, माया शेर्पा र शर्मिला स्याङ्तेनको अहिले सर्वत्र चर्चा छ । नेपाली महिलाको यो अदम्य साहसको प्रशंसा भएको छ । 

नेपालमा ८ हजार मिटर अग्ला हिमालको सफल आरोहण सर्वप्रथम अन्नपूर्ण प्रथमबाटै शुरू भएको हो । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोज र लुई म्याकनले पहिलो पटक सो हिमालमा पाइला टेकेको इतिहास छ । त्यसको ७ दशकपछि नेपाली महिला यसरी आरोहण गर्न सफल भएका हुन् । अन्नपूर्ण प्रथमको आरोहण आफैंमा चुनौतीपूर्ण मानिन्छ । 

‘अन्नपूर्ण प्रथम चढ्नु भनेको के मर्न जाने हो र भनी धेरैले डराउन गर्थे तर म डराइनँ । यसअघि पनि सगरमाथाको सफल आरोहण गरिसकेकी थिएँ,’ आरोही पूर्णिमाले भनिन्, ‘अन्नपूर्ण प्रथम चढ्ने गत वर्षकै योजना थियो । अहिले आएर मात्र साकार भयो । सहयोग गर्ने सबैलाई धन्यवाद ।’

पायोनियर नेप्लिज् एभरेस्ट एक्पिडिसन–२०१८ को आरोहण दलको सदस्यका रूपमा पूर्णिमाको टोलीले सफल आरोहण गरेको हो । धौलागिरि पनि सोही एक्सिपिडसको आरोहण दलकी सदस्य छन् पूर्णिमा । पूर्णिमाले अन्नपूर्ण प्रथम आरोहणको चुनौती र अनुभव साट्दै भनिन् –

पोखराबाट चैत ६ गते गण्डकी प्रदेश सरकारले हामीलाई बिदाइ गरेपछि भोलिपल्ट म्याग्दीको अन्नपूर्ण गाउँपालिका टोली पुगियो । अन्नपूर्ण गाउँपालिका नार्साङ हुँदै अप्रिल ४ मा बेस क्याम्प पुगियो । बेस क्याम्प सोचेकोभन्दा फरक थियो । फूटबल ग्राउण्डजस्तो । अगाडिपट्टि हेर्दा अन्नपूर्ण प्रथम पछाडिपट्टि नीलगिरिले घेरेको । एकदमै रमणीय ।

हामीहरूलाई छोड्न गएका ६ जना साथीहरू त्यहाँबाट फर्किए । काठमाडौंबाट ४ जना, कुष्माबाट १ र बागलुङ १ जना गरी ६ जना बेस क्याम्पसम्मै पुगेका थिए । बेस क्याम्प १ हप्तासम्म बसियो । बसाइँमा क्याम्प–१ र क्याम्प–२ सम्म पुगेर आरोहण अभ्यास गरियो । बेस क्याम्पबाट क्याम्प–१ पुग्न ५ घण्टा लाग्यो । क्याम्प–२ देखि क्याम्प–३ पुग्न ३ घण्टा । खासमा क्याम्प–२ देखि क्याम्प–३ लाई ‘रेड जोन’ भनिन्छ । जतिबेला पनि हिम पहिरो खस्ने सम्भावना थियो ।

आरोहण गरेर फर्केकाहरू पनि गाह्रो छ भन्थे । कति जनाले भारी बोकेर ओहोरदोहोर गर्नु हुँदैन भन्थे । यो क्रस गर्नु भनेकै समिट गर्नु हो भनिन्थ्यो । तैपनि हामीहरू डराएनौं । साहस बटुल्दै गयौं । 

अन्ततः समिट टार्गेट गरी क्याम्प–१ बाट प्रस्थान गरेको भोलिपल्ट अप्रिल ११ (चैत २९) मा क्याम्प–२ टेकियो । क्याम्प–२ देखि ३ पुग्न खतरा छँदै थियो । रक (चट्टान) थियो । तैपनि पार गरियो । अप्रिल १२ मा क्याम्प–३ मा पुगेपछि २ रात त्यही बस्यौं । क्याम्प–४ जान ह्याङ्गिङ सहयोग लिनुपर्ने थियो । टेक्निकल तरिका अपनाउनुपर्ने । केही गल्ती भए ज्याने जाने खतरा थियो । 

त्यसबीचमा अरुहरूले रोप फिक्सिङ गरेको देख्थ्यौं । दिनभरि हेरेर बस्थ्यौं । धेरै जना हिँडेपछि बाटो पनि सहज हुन्छ भन्थे । १–२ जनाले कसरी गर्ने होला भन्थे । सबैले गरिसकेपछि आफूले पनि गर्न सकिन्छ भन्ने लाग्यो । क्याम्प–३ मा २ दिन बसेपछि १४ तारेखमा क्याम्प–४ पुगियो । भोलिपल्ट १५ तारेखमा समिट गर्ने पूर्ण योजना थियो । तर दुर्भाग्य बन्यो । रोप नपुगेर समिट पुग्न सकेनौं । माथि जाऔं भने रोप छैन । अक्सिजन सँगै खानेकुरा पनि कम हुँदै गएको थियो । 

तल फर्केर जानै मन लागेन । जसरी पनि आरोहण गर्ने साहस थियो । हामीहरू ७ हजार ४०० मिटर आरोहण गरिसकेका थियौं । त्यसै बस्दा इनर्जी सकिने । बेस क्याम्पमा फोन गर्‍यौं । सेभेन समिटको सहयोगमा हेलिबाट लङ लाइन पठाइदिने कुरा भयो । हामीलाई हेलिकोप्टर सहयोगमा अक्सिजन, रोप र खानेकुरा उपलब्ध भयो । खुशी भयौं । 

रोप लगाइसकेकोमा फेरि टाँङ्ने भन्ने भयो । भोलिपल्ट गाह्रो भयो । एउटाबाट अर्को पाइला चाल्नै नसकिने । गनेर ५ पाइला हिँड्न पनि सकिनँ । इनर्जी नै थिएन । तैपनि जतिसम्म आफ्नो सास छ, त्यतिबेलासम्म पाइला चाल्छु भन्ने सोचे । बिस्तारै २–३ घण्टा हिँडेपछि सहज भयो । अरु सरह हिँडे । 

क्याम्प–४ बाट राति ११ बजेदेखि हिँड्न थालेको चुचुरो आउँदै नआउने । जति हिँडे पनि नपुगिने । झोलाको पानी पनि निकालेर खान नसकिने । ८ हजारमाथिको डेथ जाने हो । जति ढिलो गर्‍यौं, त्यति डरलाग्दो । अक्सिजन सकिएर केही आरोही लडिरहेका देख्थ्यौं । हाम्रो पाइला भोलिपल्ट अर्थात् अप्रिल १६ (वैशाख ३) गते दिउँसो १ बजे अन्नपूर्ण प्रथमको चुचुरोमा पाइला टेक्न सफल भयो । 

म औंधी खुशी भएँ । एकपछि अर्को गरी सबै सदस्यले आधा घण्टाबीचमा सफल आरोहण गर्‍यौं । खुशी एकातिर भए पनि शरीर गलेको थियो । हातहरू चिसो भएको थियो । फोटो खिच्न पनि गाह्रो थियो । 

त्यो दिन क्याम्प–४ आएर रातभरि सुत्यौं । भोलिपल्ट ओह्रालो झर्दा केही नदेखिने । मौसम खराब भयो । भारी हिमपात भयो । अगाडि हिँडेको गाइडलाई पनि नदेखिने । हामीहरूले १ दिन ढिलो गरेको भए आरोहण गर्न नसकिने रैछ । क्याम्प–४ बाट हिँडेको भोलिपल्ट बेस क्याम्पस आइयो । 

गोरखाको आरुघाट–९ की पूर्णिमा बुवा चन्द्रप्रसाद र आमा गंगाकी एक मात्र छोरी हुन् । उनका दाइ विदेश छन् । पूर्णिमा पेशाले फोटो पत्रकार हुन् । हाल कारोबार दैनिकमा आबद्ध उनले २०७५ जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर चर्चा बटुलिसकेकी थिइन् । 

अन्त्यमा यी साहसी चेलीलाई धौलागिरिको कीर्तिमानी आरोहणको सतत् शुभकामना !

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x