×

NMB BANK
NIC ASIA

नेपाली जेलमा ५ सय विदेशी कैदी

कात्तिक २०, २०७४

NTC
Premier Steels
बिकिनी किलरका नामले कुख्यात फ्रान्सेली अपराधी चार्ल्स शोभराज यतिबेला नेपालमा जेलजीवन बिताइरहेका छन् । ६८ वर्षीय उनलाई १२ जना विदेशी नागरिक हत्याको अभियोग छ ।

भारतमा झन्डै २० वर्ष जेल जीवन बिताएर सन् १९९७ मा मुक्त भएका शोभराज नेपाल आएका बेला पक्राउ परेका थिए । युरोपबाट नेपालमा लुकीछिपी बसेको सूचनाका आधारमा प्रहरीले २०६० असोज ३ गते राजधानीबाट उनलाई पक्राउ गरेको थियो ।

लामो अनुसन्धानपछि दायर मुद्दाको किनारा लगाउ“दै काठमाडौं जिल्ला अदालतले शोभराजलाई २०६१ साउन १९ गते सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । पछि सर्वोच्च अदालतले समेत उक्त फैसलालाई सदर गरेको थियो । त्यसयता उनी नेपालकै जेलमा छन् । यतिसम्म कि शोभराज त कैदीलाई दिँदै आएको सुविधा बढाउनुपर्ने माग राख्दै अदातलमासम्म पुगेका छन् ।

शोभराज त एउटा उदाहारण मात्र हुन् । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार अहिले नेपालका कारगारमा ९ सय ८४ जना विदेशी कैदी छन् । देशभर रहेका ७४ वटा कारागारमा जम्मा कैदीबन्दीको संख्या १७ हजार ९ सय ६६ रहेको छ ।

यसलाई हेर्दा नेपालमा रहेका कुल कैदीबन्दीको ५ प्रतिशतभन्दा बढी कैदीबन्दी विदेशी रहेका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक वेदबहादुर कार्कीका अनुसार काठमाडौं उपत्यकाभित्रका कारागारमा मात्रै २ सय ५६ जना विदेशी कैदीबन्दी छन् ।

कुन कारागारमा कति विदेशी कैदीबन्दी ?
सुन्धारा स्थित केन्द्रीय कारागारमा – १७४ जना
ललितपुरको नख्खु कारगारमा – ५१ जना
डिल्लीबजार कारागारमा – ३१ जना
पर्सा कारागारमा – २०० जना

[स्रोतः कारागार व्यवस्थापन विभाग }

विभागको तथ्याङ्क अनुसार, सबैभन्दा बढी दुईसयजना विदेशी पर्सा कारागारमा रहेका छन् । झापा, मोरङ, झुम्का, सप्तरी, सिरहा र महोत्तरीमा पनि विदेशी कैदीहरू छन् । विभागका शाखा अधिकृत दीपक न्यौपानेका अनुसार, विदेशी कैदीहरूमध्ये सबैभन्दा बढी भारतीय र चिनियाँ रहेका छन् । यसरी कारागारमा रहेका कैदीबन्दीमध्ये अधिकांश लागूऔषध कारोबारमा सजाय भुक्तान गरिरहेका छन् ।

प्रहरीका अनुसार कारागारमा रहेका अधिकांश पाकिस्तानी भारतीय जालीनोट, किर्ते राहदानी तथा लागूऔषध ओसारपसारमा संलग्न अभियुक्त हुन् । यस्तै अफ्रिकी र युरोपेली मूलका कैदीहरू लागूऔषध कारोबार तथा किर्ते राहदानीमा दोषी भेटिएका हुन् ।

सुरक्षाविद् डा. दीपकप्रकाश भट्टका अनुसार, नेपालमा आएर गैरकानूनी गतिविधि गर्ने विदेशी नागरिकले नेपालकै कानूनअनुसार सजायको भागिदार हुनुपर्छ । कैद भुक्तानपछि भने राहदानी लाग्ने मुलुकका कैदीलाई नेपालस्थित सम्बन्धित देशका राजदूतावासमार्फत आफ्नो देश फिर्ता पठाउन सकिने प्रावधान छ ।

वार्षिक तीन करोडभन्दा बढी रकम विदेशी कैदीबन्दीका नाममा खर्च

अहिले सरकारले कैदीलाई दैनिक ७ सय ग्राम चामल र ४५ रुपैया“ पैसा दिँदै आएको छ । एकवर्षमा देशभर रहेका १७ हजार ९ सय कैदीबन्दीका लागि वार्षिक ६० करोड बराबर रकम खर्च हुने गरेको विभागको तथ्याङ्क छ । यसलाई हेर्दा वार्षिक तीन करोडभन्दा बढी रकम विदेशी कैदीबन्दीका नाममा खर्च हुने गरेको देखिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x