फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
अघिल्लो हप्ता मंगलवार अनिशा अस्पतालको चौरमै एक्कासि ढलिन् । कोभिड वार्डको आइसोलेसनमा उपचाररत बिरामीको रगत लिइसकेपछि जब पीपीई खोलेकी थिइन्, उनी बेहोस बनिन् ।
सहकर्मीहरूले तत्कालै पानी खुवाएर शीतल ठाउँमा लगे । केही समयमै उनको होस खुल्यो ।
कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलनमा दिनहुँ व्यस्त हुने तिनै अनिशा हुन्, जो आफैं तेस्रो पटक स्वाब दिएर बसेकी छन् । भन्छिन्, ‘सँगै काम गर्ने साथीको रिपोर्ट पोजेटिभ आएपछि मैले पनि स्वाब दिएकी छु, रिपोर्ट नेगेटिभ आएपछि काममै फर्किने हो ।’
पोखरा ड्यामसाइडकी अनिशा पौडेल भर्खरै मात्र २२ वर्ष टेकिन् । उनी ल्याब टेक्निसियन हुन् । कोरोना संक्रमितसँग प्रत्यक्ष ‘टच’ भई सेवामा निरन्तर खटिने गरेकी छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना ल्याबमा कोरोना परीक्षण गर्न आउनेहरूको दिनहुँ स्वाब संकलन गर्ने गर्छिन् उनी । उनले काम थालेको बल्ल ६ महिना भयो । अस्पतालमा दिनहुँ झण्डै १०० जनाको स्वाब संकलन गर्नुपर्छ ।
उनीसहित २ जनाले पीपीईको भरमा स्वाब संकलन गर्छन् । उनको भागमा आधाजसो पर्छ । शनिवार एवं सार्वजनिक बिदामा पनि उनको बिदा हुन्न । सानै उमेरमा पनि यसरी दिनहुँमा ४०–५० जनाको हाराहारीमा स्वाब संकलन गर्ने अनिशाले हालसम्म करीब ७ हजार जनाको स्वाब लिइसकेको बताइन् ।
लोकान्तरसँगको कुराकानीमा उनले भनिन्, ‘मैले मात्रै दैनिक ४०–५० हाराहारीमा स्वाब लिनुपर्छ । अहिलेसम्म लिइए होला नि ७ हजार जना जतिको ।’
त्यति मात्र होइन, आइसोलेसन वार्डमा उपचार गराइरहेका बिरामीको दैनिक रगत लिने काम पनि उनकै हो । पीपीई लगाएर घण्टौंसम्म आइसोलेसनमा छिर्दा असिन–पसिन हुने गरेको उनको तीतो अनुभव छ ।
आइसोलेसनबाट फर्केर पीपीई फुकाल्ने बेलामा उनी गत हप्ता ढलेकी रहेछन् । घण्टौंसम्म पीपीई लगाएर ड्युटीमा खटिनुपर्दा शरीर असिन–पसिन हुन्छ ।
विश्वभर महामारीको रूप लिएको कोरोना भाइरसको जोखिमबीच काम गर्दा डर लाग्दैन भन्ने जिज्ञासामा पौडेल सहजै उत्तर दिन्छिन्, ‘जोखिम त छ नि ! हाम्रो समस्याभन्दा पनि बिरामीको समस्या ठूलो लाग्छ । कसैको जीवन बचाउने काम आफैंमा कल्याणकारी हो ।’
उनको ड्यूटी बिहान १० बजेदेखि शुरू हुन्छ । बिहान १०–११ बजेसम्म कोरोनाको स्वाब दिन आउनेहरूको नामावली उतारेपछि उनी पीपीईसहित आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर सहकर्मीसँग स्वाब संकलनमा जुट्छिन् । स्वाब दिन आउने कोही–कोहीले त कति फुच्ची नानी रैछिन् भन्दा रहेछन् । उमेरले सानै भए पनि पढाइमा अब्बल उनले आफूलाई बिस्तारै परिपक्व बनाउँदै लगेकी छन् । १–२ घण्टामा स्वाब संकलन कार्य सकिँदो रहेछ ।
जिम्मेवारीपूर्वक स्वाब लिइसकेपछि केही समय नजिकैको कोभिड वार्डमा छिर्छिन् उनी । कोभिड वार्डमा हाल ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । संक्रमितमा रगतको मात्रा, के कस्तो छ भन्ने जान्न रगत जाँच गर्नुपर्छ उनले । स्वाब संकलनभन्दा पनि आइसोलेसन वार्डमा छिर्दा अलि डर लाग्छ ।
‘शुरूशुरूमा के हुने होला भन्ने लाथ्यो, अहिले त बानी परिसक्यो,’ उनले भनिन् । साँझ परेपछि उनको ड्युटी सकिन्छ । अनि घर फर्किन्छिन् ।
पहिले–पहिले छिमेकीले नराम्रो नजरले हेर्थे रे ! अहिले अलि बुझ्ने भएका उनको अनुभव छ । घरमा उनी आइसोलेसनमै रहन्छिन् । सूर्योदयसँगै उनको दिनचर्या फेरि शुरू हुन्छ ।
यसअघि दिएको स्वाब जाँचमा रिपोर्ट संयोगवश नेगेटिभ थियो । काम नियमित भयो । अहिले सहकर्मी नै पोजेटिभ देखिएपछि उनको पनि पोजेटिभ आउँछ कि भन्ने लागेको रहेछ । तैपनि लक्षण खासै नभएकाले उनी आशावादी छन् नियमित काममा फर्किनेमा ।
पोखराको एलपी देवकोटा स्कूलबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्णपछि उनले प्लस टुमा विज्ञान संकाय पढिन् । आफूभन्दा ठूलाले बीएमएलटी (ब्याचलर अफ मेडिकल ल्याब्रोटरी टेक्नोलोजी) पढे राम्रो हुने सुझाएपछि ब्याचलरमा बीएमएलटी पढ्न पोखरा विश्वविद्यालय भर्ना भइन् । त्यहाँ पनि उनले प्रथम श्रेणीमा उत्तीर्ण भइन् । पढेर सकेपछि कामको खोजीमा थिइन् । त्यसैबेला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गत असोजमा ल्याब टेक्निसियनमा करार सेवामा १ जनाको भर्ना दरखास्त माग गर्यो । उनको नाम वैकल्पिकको पहिलो नम्बरमा पर्यो । प्रतिष्ठानले आवश्यकता बमोजिम वैकल्पिक पर्ने २ जनालाई बोलायो । अनिशासहित अर्की युवती अहिले यसरी कोरोना संक्रमणको महामारीबीच जोखिमपूर्ण काममै व्यस्त बनेका छन् ।
यतिधेरै जोखिमपूर्ण काम गर्दा पनि उनलाई सुख्खा तलबबाहेक अन्य कुनै पनि भत्ता सरकारले दिएको छैन । भन्छिन्, ‘काम रिस्क छ । तैपनि अहिलेसम्म हामीलाई कुनै भत्ता दिइएको छैन । भोलि बिहान कोरोना संक्रमण लागेर ज्यान तलमाथि भए कसैले हेर्दैन ।’
घरका सदस्यले अहिलेको जोखिम देखेर काम छोड्न सल्लाह दिन्छन् रे ! तर उनी मान्दिनन् । भनिन्, ‘बुवाआमाले अब काम छोड्दा नि हुन्छ भन्नुहुन्छ । तर मलाई सेवामा खटिँदा खुशी लाग्छ ।’
परिवारमा उनका बुवाआमा र १ भाइ छन् । बुवा पूर्व शिक्षक हुन् । आमा गृहिणी । परिवारमा जेठो सन्तान भएकाले पनि उनलाई थोरबहुत घरपरिवारप्रति जिम्मेवारबोध छ । सानैमा नायिका बन्ने लक्ष्य थियो उनको ! मोडलिङसहित घुम्न, पढ्न रुचाउने अनिशाले हालै सम्पन्न एक व्यूटी पेजेन्टमा भाग लिएर ‘सबटाइटल’ समेत जितेकी छन् ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...