कात्तिक २०, २०८०
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
साउन १९, २०७८
कैलाली र कञ्चनपुर जिल्लासँग जोडिएको गौरीफन्टा नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी गणेशबहादुर साउँद १ वर्षदेखि कार्यरत छन् ।
कोरोना महामारीको पहिलो लहरले जतिबेला जनमानसमा त्रासदीको बिजारोपण गर्यो, त्यतिबेलादेखि नै उनी हेल्थ डेस्कमा खटिएका छन् ।
महामारीको त्राससँगै भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको प्रमुख नाका मानिने गौरीफण्टा नाका भएर लाखौं नेपाली घर फर्किए । कञ्चनपुरको पुनर्वास नगरपालिकाले २०७६ चैत महिनाको दोस्रो सातादेखि नै भारतबाट घर फर्किने नेपालीहरूको कोरोना परीक्षण गर्न उनीसहित २ जना स्वास्थ्यकर्मीलाई खटायो । मुखमा मास्क, ज्वरो नाप्ने (थर्मल गन), एन्टिजेन किटबाट उनीहरू आगन्तुकको कोरोना परीक्षणमा खटिरहे ।
यसबीच सरकारले फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न जोखिम भत्ता दिने घोषणा पनि गर्यो । तर हाल कोरोना महामारीको तेस्रो लहर आउनै लागेको भनिए पनि हालसम्म जोखिम भत्ता दिइएको छैन ।
सँगै खटिएका अरु नाकामा कार्यरत स्वास्थ्यकर्मीले जोखिम भत्ता पाए पनि आफूहरूले नपाएको गौरीफण्टामा खटिएका स्वास्थ्यकर्मीको गुनासो छ ।
साउँदले भने, ‘५० प्रतिशत जोखिम भत्ता दिने भनेकोमा अहिलेसम्म केही पनि पाइएको छैन । कोरोना महामारीको पहिलो लहरमा ३ महिना सीमानाकामा खटिएर काम गरे । त्यो बेला पनि दिएनन् । दोस्रो लहरसम्मै यही नाकामा खटिएको छु ।’
गणेशले कोरोनाको पहिलो लहरमा खटिएको बेला जोखिम भत्ता नपाए पनि निराश नभएको बताए । उनले अगाडि भने, ‘दोस्रो लहरमा पनि नगरपालिकाले भत्ता उपलब्ध नगराउँदा धेरै दुःख लागेको छ ।’
गौरीफण्टा सीमानाकामा कैलालीको धनगढी उपमहानगरपालिका र स्वास्थ्य कार्यालय कैलालीले पनि स्वास्थ्यकर्मीहरू खटाएको थियो । धनगढी उपमहानगरपालिका र स्वास्थ्य कार्यालयबाट खटिएका स्वास्थ्यकर्मीले दुवै पटक जोखिम भत्ता पाए तर कञ्चनपुरको पुनर्वास नगरपालिकाले कोभिड अस्पतालमा खटिएका स्वास्थ्यकर्मीलाई दुवै पटकको जोखिम भत्ताबाट वञ्चित गराएको छ ।
गणेशले भने, ‘सीमानाकामा सँगै खटिएका सहकर्मीहरूले जोखिम भत्ता पाउने तर हामी पुनर्वास नगरपालिकाबाट खटाइएका कसैले पनि नपाउनु विभेद हो ।’
गणेशसँगै सीमानाकामै पुनर्वास नगरपालिकाबाट खटिएकी कमला ऐरले पनि अहिलेसम्म जोखिम भत्ता नपाएको दुखेसो सुनाइन् । उनले भनिन्, ‘नपाउने निश्चित त होइन । दिने भन्नुभएको छ । अब पाउँछ वा पाउँदैन, थाहा भएन ।’
कमला कोरोनाको दोस्रो लहरको शुरूआतदेखि गौरीफन्टा सीमानाकामा खटिएकी छन् । ‘गौरीफण्टाजस्तो सीमानाकामा खटिएर काम गर्दा गाह्रो र जोखिम त हुने नै भयो,’ कमलाले भनिन्, ‘काममा खटिएका सबैलाई समान हिसाबले राज्यले सेवासुविधा उपलब्ध गराउनुपर्छ ।’
कमलाले केही समयमा आइसोलेसनमा खटिएर काम गरेका व्यक्तिले जोखिम भत्ता पाएको तर आफूहरू निरन्तर नाकामा खटिएर काम गर्दा पनि नदिएकोमा आक्रोश व्यक्त व्यक्त गरिन् । कोरोना संक्रमणको पहिलो लहरमा पुनर्वास नगरपालिकाले ३ जनालाई गौरीफन्टा सीमानाकामा खटाएको थियो भने दोस्रो लहरमा थप ६ जनालाई खटाएको छ ।
करार कर्मचारीलाई भत्ता दिएनौँ : नगरपालिका
हालसम्म कसैलाई पनि जोखिम भत्ता नदिएको पुनर्वास नगरपालिकाले स्वीकार गरेको छ । अहिले दोस्रो लहरमा सीमानाकामा खटिएका कुनै पनि स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको पुनर्वास नगरपालिका प्रमुख जीवन थापाले बताए ।
उनले भने, ‘हामीले कोभिड अस्पतालमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता दिइसकेका छौं । सीमानाकामा खटिएका ६ जना कर्मचारी करारमा भर्ना गरेकाले तलबबाहेक भत्ता दिने गरिएको छैन ।’
प्रमुख थापाले कोरोनाको पहिलो लहरमा खटिएका ३ जना स्वास्थ्यकर्मीहरूलाई नियमानुसार भत्ता उपलब्ध गराइने बताए ।
नगरपालिकाले कति स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता उपलब्ध गराएको छ भन्ने तथ्यांक माग्दा पुनर्वास नगरपालिकाको कार्यालयले उपलब्ध गराउन आनाकानी गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाबाट सो तथ्यांक माग्दा त्यहाँ भएका कर्मचारीहरूले शाखा प्रमुख नभएको हुँदा आफूहरूलाई सोबारे जानकारी नभएको प्रतिक्रिया दिए ।
पुनर्वास नगरपालिकाका सूचना अधिकारी धौलराम सार्कीले स्वास्थ्य कार्यालयसँग विवरण माग्न भनेर पन्छिए ।
गौरीफन्टा नाका भएर दैनिक हजारौंको संख्यामा नेपालीको आवतजावत हुँदै आएको छ ।
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...