×

NMB BANK
NIC ASIA

राज्य कोषको दोहन

सरकारी कोषबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४९ जनाको जीवन बीमा !

असोज १२, २०७८

NTC
Premier Steels

कैलालीको जानकी गाउँपालिकाले ऐन विपरीत पदाधिकारीको जीवन बीमामा लाखौं बजेट खर्च गरेको छ ।

Muktinath Bank

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन २०७५ विपरीत १५ लाख ९७ हजार रुपैयाँ खर्च गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हालै सार्वजनिक महालेखा परीक्षकको प्रतिवेदन अनुसार ऐनको पहिलो संशोधन जारी हुनु पहिले सो गाउँपालिकाले अध्यक्ष, उपाध्यक्षसहित पदाधिकारी र सदस्यहरू गरी ४९ जनाको जीवन बीमा गरेको छ ।


Advertisment
Nabil box
Kumari

प्रतिवेदनमा उल्लेख छ, ‘गाउँपालिकाका पदाधिकारीहरूले सरकारी कामको शिलशिलामा १० लाखसम्मको दुर्घटना बीमा सुविधा पाउने उल्लेख छ । गाउँपालिकाले उक्त ऐन जारी नहुँदै कार्यपालिकाबाट निर्णय गराई २०७६ पुस २७ गते एक बीमा कम्पनीसँग सम्झौता गरी ४९ पदाधिकारीको ४ लाख ६१ हजारदेखि ११ लाख ७५ हजारसम्मको १५ देखि १६ वर्षे अवधिको जीवन बीमा गराई १५ लाख ९७ हजार भुक्तानी दिएको छ ।’

Vianet communication

कानूनले तोकेभन्दा बाहेकको सुविधा पदाधिकारीले नपाउने हुँदा भुक्तानी भएको सो रकम सम्बन्धित पदाधिकारीबाट असूल गर्नेपर्ने महालेखाले औंल्याएको छ । ऐन मिचेर बीमा गरेको २ वर्ष बित्नै लाग्दा समेत गाउँपालिकाले गाउँ सभाबाट निर्णय भएको भन्दै वैधता पाएको दाबी गर्दै आएको छ । असूरउपर गर्नुपर्नेतर्फ कुनै प्रक्रिया अगाडि बढाएको छैन ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर बिष्टले गाउँ सभाको निर्णयद्वारा बीमा रकम भुक्तानी भएकाले पुनः गाउँ सभाबाटै के गर्ने भन्नेबारे छलफल गर्नुपर्ने बताए ।

रकम असूल गर्नमा निकै जटिलता रहेको निरीहता प्रकट गर्दै प्रमुख प्रशासकीय अधिकृत बिष्टले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन २०७५ विपरीत भुक्तानी भएकाले रकम फिर्ता गर्न गाउँ सभामा छलफल गराउनुपर्ने बताए ।

७ करोड ३० लाख बढी बेरुजु

ऐन विपरीत मनोमानी ढंगले खर्च गर्दै आएको जानकी गाउँपालिका बेरुजु रकम पनि अत्यधिक देखिएको छ । आर्थिक वर्ष २०७६/२०७७ मा स्थानीय तह कारोबारको लेखापरीक्षण सम्पन्न विवरण अनुसार जानकी गाउँपालिकाको बेरुजु रकम ७ करोड ३० लाख ६० हजार रुपैयाँ देखिएको छ ।

गाउँपालिकाले आफ्ना निकटकालाई बजेट तथा नियुक्ति, विना काम भुक्तानी समेत दिँदै आएको आरोप लाग्दै आएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x