×

NMB BANK
NIC ASIA

के जुझारू पत्रकारले खँदिलो साहित्य पनि लेख्न सक्छ ?

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel


‘सूर्य उदाउँछन्, सूर्य अस्ताउँछन् र यता मैले लेख्ने क्रम चालू राखेको छु’। झण्डै एकवर्षको अन्तरालपछि म उहाँलाई भेट्न पुग्दा कुराकानीको थालनी मदनमणि दीक्षितले यसरी गर्नुभएको थियो । भेट उहाँको निवास कालिकास्थानमा विहिवार (८ असार) दिउँसो भएको हो । अघिल्लो पटकको साक्षात्कारको बेला कम्युनिष्ट नेता कृष्णराज वर्मा र लेखक राप्रउ पोखरेल टुप्लुक्क आइपुग्नु भएको सम्झिन्छु ।

Muktinath Bank

यसपटकको भेटमा मैले ‘मास्टर साहेब’ ( यसरी सम्बोधन गर्ने बानी परेकाहरूको सानो समूहमा म पनि पर्छु ) लाई शयनकक्षमा पाएँ । यसअघिका भेटघाट उहाँको कार्यकक्षमा हुनेगर्थ्यो । यसबीच उहाँ विरामी हुँदा अस्पताल लैजानु परेको कुरा छापामा पढेको थिएँ । शरीर केही दुब्लो देखिए पनि उहाँको बोल्ने स्वर-शैली यथावत् रहेछ । जाँगर जस्ताको तस्तै । परिवारबारेका मेरा जिज्ञाशामा भने बेला-बेलामा उहाँलाई ‘देवीजी’ले सघाउनु भयो । उहाँको श्रवणशक्ति केही क्षय भएको केही वर्ष भैसक्यो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७३ फागुनको पहिलो साता ९५ वर्ष पूरा गर्नुभएका मास्टर साहेबले त्यसदिन बिहान ‘सम्झना-बिर्सना’ कृतिको लागि दुई पाना सामग्री सहयोगीलाई टिपाउनु भएको रहेछ । त्यो सामग्री राजा महेन्द्रसित २०१६ साल भदौमा भएको पहिलो भेटसम्बन्धी थियो । वटु गुच्चाटोल निवासी मधुसूदनराज राजभण्डारी राजाका एक सचिव थिए, उनैले दर्शनभेटको समय मिलाएका थिए । पशुपतिदेव पाण्डे र मदनमणि दीक्षित दुबै उस बखतका चर्चित पत्रकार । दीक्षित ‘हालखबर’ दैनिकसित सम्बन्धित । निर्धारित भए अनुसार पश्चिमपट्टिको प्रवेशद्वारबाट नारायणहिटी दरबार पसेपछि एउटा बङ्गलाको सानो कोठामा पुगियो । हामी दुईलाई सचिवले राजासित त्यहीं दर्शनभेटको चाँजो मिलाएका रहेछन् ।

थालनीमा राजाबाट एक विशेष प्रकारको सुनौलो बट्टाबाट उतिखेरको ख्यातिप्राप्त स्टेट एक्सप्रेस कम्पनीको ‘९९९’ चुरोट झिकी हामीतर्फ हात बढाउने काम भयो । धूमपान नौलो नभए पनि मैले राजाको सामु चुरोटको सर्को तान्न चाहिनँ, पाण्डेले भने एक खिल्ली लिनुभयो र राजाले आकर्षक लाइटर बालेर पहिले पाहुनाको र त्यसपछि आफ्नो चुरोट सल्काएको सम्झिन्छु । ‘म तिम्रो अखवार पढ्छु,’ भन्ने राजाको उद्‌गार सँगसँगै केही महिनाअघि ( २०१५ फागुन ) जारी भएको संविधानको प्रसङ्ग आयो । प्रजातान्त्रिक परिपाटी बसालेपछि सार्वभौमसत्ता राजामा नीहित गराउनु मुनासिब भएन कि भन्ने अखवारमार्फत आइसकेको आफ्नो धारणा त्यहाँ पनि दोहो-याएँ ।


Advertisment
Nabil box
Kumari

२०१६ सालको सम्झनापछि विषयान्तर गरियो । मास्टर साहेबको करिव एकशय पृष्ठको पुस्तक साझा प्रकाशनबाट निस्कने क्रममा रहेछ---चन्द्रशम्शेरबारे । ‘खोई छपाइमा कति प्रगति भयो, डोलिन्द्रजीले खबर गर्नुभएको छैन,’ उहाँको टिप्पणीमा साझाका महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माको कामप्रति किञ्चित असन्तुष्टि झल्किन्थ्यो । पुस्तकका नायक चन्द्रशम्शेरका सद्‌गुण, सुधार र विकास कार्यको लेखाजोखा गर्दा उनलाई कठोर शासकको रूपमा हेर्न मिल्दैन भन्ने दीक्षितज्यूको निष्कर्ष छ । ‘ यिनी महापुरुष हुन् यद्यपि यिनबाट भूल नभएका हैनन् ’, दीक्षितज्यूको कथन छ । २९ वर्ष शासन गरेका चन्द्रशम्शेरलाई ‘१०४ वर्षको जहानीयाँ राणा शासन’ को कालखण्डकै पात्र बनाउन नहुने सन्दर्भमा २९ वटै दलील छन् उहाँसित । चन्द्रले सन् १९२३ को सन्धिमार्फत अंग्रेजबाट नेपाललाई उच्चस्तरको मान्यता र सम्मान दिलाएका हुन्; सतिप्रथा उन्मुलन र कमारा-कमारीको अमलेख उल्लेख्य सुधारका काम हुन् । फर्पिङबाट बिजुली, वीरगञ्जको रेल, चन्द्रनहर, रोपवे, त्रि-चन्द्र कलेज र यस्ता अनेक काम चन्द्रशम्शेरसित जोडिन्छ । हो, छोरालाई जन्मिँदै जर्नेल घोषित गर्नेजस्ता कदम भने चन्द्रका भूल नै हुन् ।

Vianet communication
Laxmi Bank

दीक्षित परिवार राणा शासकनिकटका हुनाले चन्द्रशम्शेरका यतिविधि उज्याला पक्ष मात्र देखिएका हुन् कि भन्ने तर्क गर्न गाह्रो छैन । तर चन्द्रले दुनियाँको भलाइ र सुविस्ताका लागि गरेका कार्य  यथार्थ हुन् र यसको चर्चा इतिहासकारहरूले गरेका छन् । नेपालबारे पुस्तक लेख्ने पश्चिमी विद्वान्‌हरूले पनि यसबारे उस्तै धारणा बनाएको देखिन्छ । अमेरिकी लेखक लियो इ. रोजको किताबमा जङ्गबहादुर र चन्द्रशम्शेरलाई नेपालका ‘महान् राष्ट्रवादी नायक’ (ग्रेट नेसनलिष्ट हिरोज) लेखिएको छ । दुबै आँटिला र कूटनीतिक हिसाबले चतुर मानिन्छन् ।

२०६६ सालमा प्रकाशित मास्टर साहेबको आत्मकथाको आवरणपृष्ठमा उहाँले चारवटा क्षेत्रमा आफूलाई क्रियाशील राख्नुभएको झलक देखिन्छ : शिक्षा, साहित्य, राजनीति र पत्रकारिता । ‘समीक्षा’ साप्ताहिक दह्रो खरो पत्रकारिताको दृष्टान्त मानिन्छ र म यसैबाट बढी प्रभावित भएको सञ्चारकर्मीमध्येको एक हुँ । अध्यात्म, दर्शन र संस्कृति समेत समेटिएको  फराकिलो उहाँको अध्ययनक्षेत्र हुनु  र प्रखर अभिव्यक्ति क्षमताले गर्दा उहाँका साहित्यिक रचना पोटिला र स्तरीय भएका होलान् । पत्रकारितामा जुझारूपन त्यही वौध्दिक धरातलले कायम गराएको हुनुपर्छ । साहित्यतर्फ ‘माधवी’ उपन्यासलाई कतिपय समालोचकबाट उच्च कोटिको कृति भनेर प्रशंसा भएको छ । अंग्रेजीमा अनुवाद गरेर अन्तर्राष्ट्रियजगत्‌मा प्रक्षेपण गर्न पाइएको भए नेपाललाई साहित्य सिर्जनामा पनि सम्मान आर्जन गर्ने देश बनाउन सकिन्थ्यो कि भन्ने विचार विभिन्न कोणबाट प्रकट हुने गरेका छन् ।

मदनमणि दीक्षितले राजनीतिमा लगाउनु भएको समय र मेहनत भने त्यत्ति प्रभावकारी  देखिएन । कम्युनिष्ट पार्टीको सदस्यता कायम राखे बापत उहाँले पार्टीगत कामका लागि मनग्गे योगदान त गर्नुभयो तर विभाजित प्रवृत्ति बोकेका नेतागणले न सशक्त र सैध्दान्तिक आन्दोलन गर्न सके न त दीक्षितजस्तो वौध्दिक व्यक्तित्वलाई तदनुरुपको सम्मान नै प्रदान गर्ने उदारता प्रकट गर्न जाँगर चलाए । ‘ हो, राजनीतिमा लगाएको समय र श्रम साहित्यमै लगाउन पाउनु हुँदो हो त उहाँले थप स्तरीय कृतिहरू दिन सक्नुहुन्थ्यो,’ यस्तो धारणा छ मास्टर साहेबका जेठा छोरा एवं पत्रकार विनोद दीक्षितको । आफूले समीक्षा पत्रिका सम्पादन गर्दा सहयोगीमा राखिनुभएका विनोदजीलाई पछिल्लो समयमा मास्टर साहेबले सम्पादककै जिम्मेवारी सुम्पिनु भएको थियो ।


मदनमणि दीक्षितको विद्वता उहाँ एकपल्ट प्रज्ञा प्रतिष्ठानसित गाँसिनु भएको प्रसङ्गमा सीमित छैन । दृष्टान्त अनेक छन् र तीमध्येको एक हो ‘ऋग्वेद संहिता नेपालीमा’ग्रन्थमा परेको उहाँको विस्तृत मन्तव्य । डा.प्रसन्नचन्द्र गौतमको प्रयासमा उहाँ समेतका ६ जना विद्वान्‌ले तयार पारेको र राष्ट्रपति डा.रामवरण यादवले लोकार्पण गरेको पुस्तक ( दुई ठेली ) मा दीक्षितले लेख्नु भएको छ:--‘वैदिक वाङ्‌मयका अङ्गभूत मानिएका १३ वटा विख्यात उपनिषद्हरू मैले स्नातकोत्तर अध्ययन गर्दा संवत् २००१/२००२ मा निकै नै जिम्मेवारीका साथ पढ्ने गरेको थिएँ । तथापि वैदिक वाङ्‌मयबारे म आफ्नो ज्ञानलाई चञ्चुप्रवेश मात्र ठान्दछु’। ( २०६७ )

माथि उल्लेख भैसक्यो, ९६ वर्षको उमेर छ तैपनि लेखन कार्यबाट दीक्षित थाक्नुभएको छैन । साझाबाट नयाँ पुस्तक आउँदा नआउँदा उहाँको अर्को कृतिको पाण्डुलिपि तयार भैसक्ला । आफूलाई सक्रीय राख्दै समाजलाई खँदिलो खुराक दिँदै रहने उहाँको अठोट युवापुस्ताको लागि हौसलाको विषय हो ।    

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x