×

NMB BANK
NIC ASIA

प्रदेश नम्बर २ मा निर्वाचनको नाउँमा १ अर्ब रकम खेर

कात्तिक २०, २०७४

NTC
Premier Steels

जनकपुरधाम १३ असार– नेपाल सरकारले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने गरी असोज २ गतेका लागि सारे पछि निर्वाचन तयारीका लागि खर्च गरिएको करोडौं रुपैयाँ खेर गएको छ । अन्तिम समयमा आएर निर्वाचन स्थगित भएपछि निर्वाचनका लागि आएको बजेट बिना काममा खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय धनुषाले उपलब्ध गराएको तथ्याङ्क अनुसार धनुषा जिल्लामा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालय मार्फत स्थानीय तहको निर्वाचनका लागि कुल २ करोड ७६ लाखको हाराहारीमा खर्च भएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनुषा मार्फत चुनावको लागि १३ करोड २१ लाखको हाराहारीमा खर्चा भएको छ ।

सशस्त्र प्रहरी, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय धनुषा लगायत विभिन्न अन्य खर्च गरी ५० लाखको हाराहारीमा खर्च भएको अनुमान गरिएको छ । धनुषा जिल्लामा मात्रै करिब १६ देखि १७ करोड रुपैयाँसम्म स्थानीय तहको निर्वाचनका लागि रकम खर्च भएको छ । प्रदेश नम्बर २ मा रहेका ८ जिल्लाहरुको खर्च पनि त्यही हाराहारीमा हुन सक्ने अनुमान गरिएको छ । यसरी हेर्दा पटक पटक निर्वाचन मिति सारिँदा अहिलेसम्ममा प्रदेश नम्बर २ मा मात्रै १ अर्ब रुपैयाँको हाराहारीमा खर्च भएको देखिन्छ ।

धनुषा जिल्ला अन्तर्गत १७ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयहरू मार्फत मात्रै करोडौं रुपैयाँ खर्च भइ खेर गएको छ । जिल्ला निर्वाचन कार्यालय धनुषा र धनुषाको १७ वटा स्थानीय तहका लागि निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयहरुका लागि कुल ८ करोड ४७ लाख १२ हजार ५ सय ३८ रुपैयाँ बजेट निकासा गरिएको थियो । स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगबाट निकासा गरिएको उक्त बजेट मध्ये कुल २ करोड ७६ लाख ४३ हजार ३ सय ४६ रुपैयाँ खर्च भएको छ । र, ५ करोड ७० लाख ६९ हजार १ सय ९२ रुपैयाँ बजेट फिर्ता भएको छ ।

धनुषाको १७ स्थानीय तहका लागि निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयहरुमध्ये सबैभन्दा वढी निर्वाचन अधिकृतको कार्यालय सबैला नगरपालिकाले कुल बजेटको ९४ दशमलव ५८ प्रतिशत रकम खर्च गरेको छ भने सबैभन्दा कम मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरले निकासा बजेट मध्ये २ दशमलव ६४ प्रतिशत रकम मात्र खर्च गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जनकपुरका लागि कुल ४ करोड २२ लाख ३९ हजार ५ सय रुपैयाँ बजेट निकासा गरिएको थियो । जसमध्ये असार ९ गतेसम्म ११ लाख १३ हजार ८५ रुपैयाँ मात्र खर्च भएको छ । १७ वटै स्थानीय तहमध्ये त्यसमा मात्रै सबैभन्दा कम खर्च भएको हो । २.६४ प्रतिशत रकम मात्र खर्च भएको हो । बाँकी ४ करोड ११ लाख २६ हजार ४ सय १५ रुपैयाँ खर्च हुन सकेको छैन ।

निर्वाचन अधिकृतको कार्यालय क्षिरेश्वरनाथ नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ५ लाख ३९ हजार ५ सय ८ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ९१.४४ रहेको छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय मिथिला नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख २३ हजार ६७ रुपैयाँ खर्च गरिएको छ । प्रतिशतको आधारमा ७१.७१ प्रतिशत रकम खर्चिएको हो । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय गणेशमान चारनाथ नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ६१ हजार ५ सय ८९ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ७८.२४ रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालय धनुषाधाम नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ३ लाख २५ हजार ९ सय १६ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ५५.२४ रहेको छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय सबैला नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ५ लाख ५८ हजार रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ९४.५८ रहेको छ । निर्वाचन अधिकृतको कार्यालय विदेह नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ३ लाख ७७ हजार ५ सय ५८ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ६३.९९ रहेको छ ।

त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय नगराईन नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ३ लाख २० हजार ५ सय ८१ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ५४.३४ रहेको छ । निर्वाचन अधिकृतको कार्यालय सहिदनगर नगरपालिकाका लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ३ लाख ८२ हजार ६ सय २२ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ६४.८५ रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालय हंसपुर गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ६७ हजार ७ सय २३ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ७९.२८ रहेको छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय लक्ष्मिनियाँ गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ७० हजार ४ सय ६८ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ७९.७४ रहेको छ ।

त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय मिथिलाविहारी गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ८४ हजार ५ सय २६ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ८२.१२ रहेको छ । निर्वाचन अधिकृतको कार्यालय कमला सिद्धिदात्री गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ७५ हजार रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ८०.५१ रहेको छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय औरही गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख २७ हजार १ सय ९४ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ७२.४१ रहेको छ ।
त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय मुखियापट्टी गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ३ लाख ९७ हजार ४ सय ११ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ६७.३६ रहेको छ । निर्वाचन अधिकृतको कार्यालय बटेश्वर गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख १८ हजार ४ सय १९ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ७०.९२ रहेको छ । त्यसैगरी निर्वाचन अधिकृतको कार्यालय जनक नन्दिनी गाउँपालिकाको लागि निकासा गरिएको ५ लाख ९० हजार बजेट मध्ये ४ लाख २१ हजार ४ सय ५५ रुपैयाँ खर्च गरिएको छ । खर्च प्रतिशत ७१.४३ रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय धनुषाका लागि निकासा गरिएको कुल बजेट ३ करोड ३० लाख ३३ हजार ३८ रुपैयाँ मध्ये १ करोड ९५ लाख ७९ हजार २ सय २४ रुपैयाँ खर्च गरेको छ । खर्च प्रतिशत ५९.२७ रहेको छ ।

सबै स्थानीय तहका लागि एकैनासको बजेट

धनुषाको १७ वटै स्थानीय तहका लागि एकैनास ५ लाख ९० हजार रुपैयाँ बजेट निकास गरिएको थियो । जसमध्ये प्रत्येक निर्वाचन कार्यालयहरुले एक जना निर्वाचन अधिकृत, एक जना सहायक निर्वाचन अधिकृत, एक जना लेखा अधिकृृत, एक जना नासु, एक जना कम्प्यूटर अप्रेटर, दुई जना कार्यालय सहयोगी, एक जना पिएसओ गरी कुल ९ जना कर्मचारीहरु खटाएका थिए ।

ती कर्मचारीहरुको अन्य भत्ता गरी १ सय २१ प्रतिशत भत्ता तलब बराबर दिइएको थियो । निर्वाचन अधिकृतको कार्यालय सहिदनगर नगरपालिकाका लेखा अधिकृत नन्दकुमार झाका अनुसार विनियोजित ५ लाख ९० हजार बजेट मध्ये ४ लाख ३४ हजार रुपैयाँ निर्वाचनका लागि काजमा खटिएका कर्मचारीहरुको तलब बराबरको भत्तामा मात्रै खर्च भएको छ ।
त्यसैगरी कुल ५ लाख ९० हजार बजेट मध्ये पानी तथा विजुलीका लागि रु.८ हजार, संचार महसुलका लागि रु. १३ हजार ५ सय, घर भाडाका लागि रु. १० हजार, इन्धनका लागि रु. २० हजार, कार्यालय सामग्रीका लागि रु. ३६ हजार ५ सय, भ्रमण खर्चका लागि रु. ४० हजार र विविध खर्चका लागि भनेर रु. ८ हजार खर्च गर्न भनिएको थियो । यसका अतिरिक्त निर्वाचन कार्यालयहरुमा खटिएका गजेटेड कर्मचारीका लागि ७ सय रुपैयाँ र ननगजेटेड कर्मचारीका लागि रु. ५ सय रुपैयाँ प्रतिदिन खाजा भत्ता समेत प्रदान गरिएको थियो ।

सबैभन्दा वढी खर्च प्रहरीमा

निर्वाचनका लागि भनेर धनुषा जिल्लामा आएको बजेट मध्ये सबै भन्दा वढी नेपाल प्रहरीले खर्च गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा निर्वाचनका लागि कुल १५ करोड ६४ लाख १० हजार ९ सय ६१ रुपैयाँ बजेट विनियोजन गरिएकोमा १३ करोड २१ लाख ६१ हजार ९ सय ९४ रुपैयाँ खर्च भएको छ भने २ करोड ४२ लाख ४८ हजार ९ सय ६७ रुपैयाँ खर्च भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय जनकपुरका प्रमुख कोष नियन्त्रक डा.विरेन्द्र कुमार मिश्रका अनुसार निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीहरुको तलब भत्ता समेत समावेश भएकाले नेपाल प्रहरीको खर्चको रकम बढेको हो । धनुषामा मात्रै २ हजार ५ सय ५ जना म्यादी प्रहरीहरु भर्ना भएका छन् । यसका अतिरिक्त सशस्त्र प्रहरी र नेपाली सेनाका लागि पनि केही रकम चुनावका लागि भन्दै निकासा गरिएको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ १०, २०७९

मेचीनगर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का गोपालचन्द्र बुढाथोकीले २६ हजार ४७८ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर बुढाथोकीले २१ हजार ३११ मत प्राप्त गरे...

कात्तिक २०, २०७४

काठमाडौं, २ जेठ - ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता ल्याएको छ । ललितपुरमा कांग्रेसका उम्मेदवार चिरिवावु महर्जनले ३००२ भोट ल्याउँदै अग्रता लिएका छन् । कांग्रेसबाट उप मेयरका उम्मेदवारले १९ सय २३ म...

जेठ १२, २०७९

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले अग्रता कायमै राखेका छन् । सो नगरपालिकामा अब  ८९० मत गन्न बाँकी हुँदा खाँण ८९० नै मतले अगाडि रहेका हु...

मंसिर ११, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ एक सय ६५ सिटमध्ये एक सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ...

जेठ १२, २०७९

स्थानीय तह निर्वाचनमा १४ हजार ४०२ महिला निर्वाचित भएका छन् । हालसम्म परिणाम सार्वजनिक भएका पालिकाको अन्तिम मतपरिणामका आधारमा निर्विरोधसहित उक्त सङ्ख्यामा महिला निर्वाचित भएका हुन् ।  सो आँकडाका आधारमा ४...

जेठ ११, २०७९

जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका छन्। महतरा नेकपा (एमाले)ब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x