×

NIC ASIA

सञ्चार सुविधा नहुँदाको सास्ती

फागुन ३, २०७८

Prabhu Bank
NTC
Premier Steels

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा सञ्चार सुविधा विस्तार नहुँदा स्थानीयवासीलाई सूचना आदान–प्रदान गर्न समस्या भएको छ ।

Muktinath Bank

कुइनेमङ्गलेवासी आधुनिक सूचना प्रविधिको सुविधा उपभोग गर्नबाट बञ्चित भएका हुन् । चौरखानी, मङ्गलेखानी, घ्यासीखर्क, पात्लेखर्क, दुवाडी, डाढ, खरिबोट, याङ्लेका बासिन्दा मोबाइलमा कुरा गर्नका लागि डाँडा र रुख चढ्नुपर्ने बाध्यता रहेको चौरखानीको रघुगङ्गा आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रमान छन्त्यालले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घ्यासीखर्कका रमेश तुलाचनले गाउँ बाहिर रहेका परिवारका सदस्य, आफन्त र साथीभाइसँग मोबाइलमा कुराकानी गर्न मोबाइलको टावरले टिप्ने चिमखोलाको गौडामुनी पुग्न एक घण्टा हिँड्नुपर्ने बताए । महत्वपूर्ण सूचना आदान–प्रदानका साथै स्वदेश तथा विदेशमा रहेका आफन्तसँग कुराकानी गर्न टावरले टिप्ने ठाउँ खोज्दै कोही रुखमा पनि चढ्ने गरेका छन् । अग्ला रुख र डाँडामा अलिअलि मात्र टावरले टिप्छ । सबैको हात–हातमा मोबाइल भए पनि त्यो गीत सुन्न, भिडियो हेर्न, तस्वीर, भिडियो खिच्नका लागि मात्र सीमित छ ।


Advertisment
Nabil box
Kumari

पाखापानीको कमनाथमा नेपाल टेलिकमको बिटिएस टावर छ । कुइनेमङ्गलेको छिमेकी वडा चिमखोला गाउँमा पनि मोबाइल फोन सेवा सहज छैन । सबै ठाउँमा मोबाइलको टावरले भनेको समयमा टिप्दैन । विभिन्न बस्तीमा २५० भन्दा बढी घरधुरी रहेको कुइनेमङ्गलेमा निर्माणाधीन मङ्गले राहुघाट र ठूलोखोला जलविद्युत् आयोजनाका मजदुर, कर्मचारी र प्राविधिकलाई पनि सञ्चार असुविधाले समस्या बनाएको छ ।

Vianet communication

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले मोबाइल सेवा विस्तारका लागि वर्षौँदेखि नेपाल टेलिकममा ताकेता गरिए पनि ढिलाइ गरेका बताए ।

सञ्चार असुविधाका कारण सेवा प्रवाह र सूचना आदान–प्रदानमा धेरै दुःख भएको छ । एक मिनेट फोनमा कुरा गरे हुनेमा घण्टौँ हिँडेर सम्बन्धित व्यक्तिसँग भेट्नुपर्ने बाध्यता कायमै छ । सूचना प्रवाह गराउन अझै टोल–टोलमा परम्परागत कटुवाल प्रथाको साहरा लिनुपरेको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताए ।  

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले भौगोलिक विकटता, विद्युत् अभाव र सामाजिक समस्याले ढिलाइ भएको सो टावर आगामी बर्खाअघि नै सञ्चालन गरिने बताए। चिमखोलाबाट टावर रहने ठाउँसम्म विद्युत् पु¥याउन नेपाल विद्युत प्राधिकरणलाई रु १६ लाख बजेट उपलब्ध गराइसकेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

चैत ४, २०८०

रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह ...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x