×

NMB BANK
NIC ASIA

अख्तियारले गर्‍यो मृतक ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता, के हुन्छ सजाय ?

फागुन ३०, २०७८

NTC
Premier Steels

तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्रावि तनहुँको सार्वजनिक जग्गा बिक्रीवितरण गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका सदस्यसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

Muktinath Bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन सदस्य घनश्याम बानियाँ समेत २० जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विद्यालय व्यवस्थापन समितिको बैठकले २०५१ वैशाख ११ गते निर्णय गरेर साविक ढोरफिर्दी गाविसमा रहेको सरकारी/सार्वजनिक जग्गालाई घरसारको कागजहरू बनाई आफैंले घडेरी नम्बर कायम गरेर गैरकानूनी रूपमा भोगचलन गर्ने गराएको तथा बिक्री वितरण गरेको कुरा अख्तियारले गरेको अनुसन्धानबाट खुलेको हो ।


Advertisment
Nabil box
Kumari

बिक्री गरिएका घडेरीमा पक्की घर समेतका संरचना बनेको पाइएको छ ।

Vianet communication

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यामबहादुर बानियाँ, प्रधानाध्यापक तथा सदस्य सचिव यामबहादुर ठकुरी, सदस्यहरू घनश्याम बानियाँ, हरिकुमारी महत, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ, खडकबहादुर बानियाँले १ लाख ६९ हजार ५१ रुपैयाँ लिएर सरकारी जग्गा भोग चलन गराउने कसूर गरेको अभियोगपत्रमा उल्लेख छ ।

प्रतिवादीहरूमध्ये घनश्याम बानियाँ, यमबहादुर ठकुरी र हरिकुमारी महतलाई १ लाख ६९ हजार ५१ रुपैयाँ बिगो कायम गरी सजाय हुन मागदाबी लिइएको आयोगको प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवादीहरूमध्ये यामबहादुर बानियाँ, धुनबहादुर पुलामी, ज्ञानबहादुर बानियाँ र खडकबहादुर बानियाँको मृत्यु भइसकेको कुरा अनुसन्धानबाट खुलेको भए पनि भ्रष्टाचारको कसूर गरेको देखिएकाले उनीहरूविरुद्ध पनि १ लाख ६९ हजार ५१ रुपैयाँ बिगो दाबी गरिएको छ ।

‘अपराधीसँगै अपराध पनि मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त अनुसार निजहरूलाई कैद र जरिवानाको सजाय हुन नसक्ने तर भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४६ बमोजिम तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११३ र १५८ बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकाले निजहरूले बिक्री गरेको जग्गाको रकम १ लाख ६९ हजार ५१ रुपैयाँ असूल गराउने प्रयोजनको लागि मात्र निजहरूलाई मृत्युपश्चात पनि प्रतिवादी कायम गरी मागदाबी लिइएको छ,’ प्रवक्ता भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवादीहरू सनतबहादुर सिजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, दिलबहादुर आले, विष्णु माया थापा, विष्णुप्रसाद लम्साल, शरणबहादुर विक, बलराम बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, लोकबहादुर माकिम, पूर्णबहादुर विक, धनबहादुर विकले विद्यालय व्यवस्थापन समितिलाई १ लाख ६९ हजार ५१ रुपैयाँ दिएर सार्वजनिक जग्गालाई भोग चलन समेत गरेको हुँदा उनीहरूलाई पनि प्रतिवादी कायम गरिएको छ ।

जग्गाको प्रतिवादीहरूबाट भोग हटाई जफत समेत गरी पाउन भनी मागदाबी लिइएको छ ।

जग्गा भोग गर्ने प्रतिवादीहरूमध्ये लोकबहादुर माकिम, डोलराज आचार्य र धनबहादुर विकको पनि मृत्यु भइसकेको अनुसन्धानबाट खुले पनि उनीहरूलाई समेत प्रतिवादी कायम गरिएको छ । मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकाले मरेका व्यक्तिविरुद्ध पनि मुद्दा चलाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x