×

NMB BANK
NIC ASIA

सहप्राध्यापकले नै उत्तरपुस्तिका केरमेट गरेपछि ...

चैत १५, २०७८

NTC
Premier Steels

देशको जेठो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ । उनीहरुलाई आ–आफ्नो जिम्मेवारी सुम्पिइएको छ तर इतिहास बोकेको विश्वविद्यालयमा कार्यरत कर्मचारीले नै गलत काम गरेभने त्यो सरासर गैरकानूनी मात्रै हुँदैन, अख्तियारको दुरुपयोगसमेत हुन्छ ।

Muktinath Bank

यस्तै भएको छ जेठो विश्वविद्यालयको त्रिवि सेवा आयोगमा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाका आधारमा हेर्दा आयोगमा कार्यरत कर्मचारीले परीक्षामा अनाधिकृतरूपमा चलखेल गरेको पाइएको छ । आयोगले २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन नं १८÷०७३-०७४ सँग सम्बन्धित उपप्रशासक, पुस्तकालय अधिकृत, अधिकृत (इन्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक ( कम्प्युटर) पदको लिखित परीक्षामा अख्तियारको दुरुपयोग गरेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती पदको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाई उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा व्यापक अनियमितता गरेको पाइएको आयोगले स्पष्ट पारेको छ ।


Advertisment
Nabil box
Kumari

प्राप्ताङ्क केरमेट गरेको, थपघट गरी नतिजा फेरबदल गरेको, उत्तर नलेखेकोमा समेत अङ्क प्रदान गरी उत्तीर्ण गराएको समेत पाइएको छ । आयोगले लेखा सहायक पदको प्रथमपत्रको परीक्षण गर्ने सहप्राध्यापक केशव घिमिरे, लेखा सहायकको दोस्रो पत्रको परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको छ ।

Vianet communication

यस्तै पुस्तकालय सहायक पदको दोस्रो पत्रको परीक्षण गर्ने पुस्तकालय सहप्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका रुजु गर्न आयोगका तत्कालीन प्रमुख परशुराम कोइराला र मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीहरुलाई रु तीन महिनादेखि एक वर्षसम्म कैद र रु पाँच हजारदेखि रु १० हजारसम्मको जरिवानाको मागदावी गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x