×

NMB BANK
NIC ASIA

पूरा हुने भयो विद्युत् आयोजना

बैशाख ५, २०७९

NTC
Premier Steels

लगानी अभावका कारण नौ वर्षदेखि अलपत्र रहेको  दैलेखको  अपर  पराजुली  साना  जलविद्युत्  आयोजनाको निर्माणले अब गति लिने भएको छ ।

Muktinath Bank

कर्णाली प्रदेश सरकारले जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ का आधारमा पाँच करोड रुपियाँ लगानी गर्ने भएपछि यो आयोजनाको निर्माण अगाडि बढ्ने भएको हो । यसबाहेक प्रदेश सरकारले सात करोड रुपियाँ पनि जुटाइदिने भएको आयोजना कार्यालयले जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निजी क्षेत्रको लगानी रहेको यो आयोजनामा डुङ्गेश्वर गाउँपालिकाको २५ लाख रुपियाँ खर्च भएको  छ  ।  सो  गाउँपालिकाका  अध्यक्ष  नगेन्द्र  मल्लले आव २०६७/७७ मा अपर पराजुली साना जलविद्युत् आयोजना निर्माणका लागि सेयरबापत २५ लाख रुपियाँ भुक्तानी दिएको बताए ।


Advertisment
Nabil box
Kumari

यो  आयोजनालाई  एभरेस्ट  बैङ्क,  सिद्धार्थ  बैङ्क र मेगा बैङ्कको ७० प्रतिशत र लगानीकर्ताको ३०  प्रतिशत  गरी  ५५  करोड  रुपियाँको  लागतमा  निर्माण सुरु गरिएको थियो  ।

Vianet communication

दैलेखको    डुङ्गेश्वर    गाउँपालिका–४,    ब्युराखेतमा  निर्माण  भइरहेको  २.१५  मेगावाट  जलविद्युत् आयोजनाको ८० प्रतिशत काम पूरा भए पनि आर्थिक अभावका कारण आयोजना सम्पन्न हुन सकेको थिएन ।  

२०७२  देखि  निर्माण  कार्य  सुरु  भएको  यो  आयोजनाको  हेडवक्र्स,  पाइपलाइन  बिछ्याउने,  विद्युत्गृह निर्माणलगायतका काम करिब आधाभन्दा कम नै भएको छ ।

आयोजनाको नौ सय मिटर क्यानल निर्माण गरिएको छ । एक हजार ४४० मिटर पाइपलाइन, दुई हजार सात सय मिटर कुलो गरी चार  किलोमिटर  टाढाबाट  पानी  ल्याई  टर्वाइनमा  झारेर विद्युत् उत्पादन हुनेछ ।

लगानी स्रोत जुटाउन नसकेपछि आयोजनाको कामले गति लिन सकेको थिएन । सो आयोजनाको प्रवद्र्धक रारा हाइड्रोपावरका अध्यक्ष नरसिंह मल्लले यो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने पूर्वाधार नहुँदा आयोजनाको काम पछाडि परेको बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x