×

NMB BANK
NIC ASIA

भन्सारमा हुँदा नायव सुब्बाले १ करोड ८७ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेपछि ...

बैशाख १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

भन्सार कार्यालयमा हुँदा १ करोड ८७ लाख बढी गैरकानूनी सम्पत्ति आर्जन गर्ने निलम्बित नायव सुब्बा देवीबहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

Muktinath Bank

काठमाडौंको भन्सार जाँचपास परीक्षण कार्यालय तिनकुनेमा हुँदा थापाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै थापाले आरोपपत्र दायरबारे जानकारी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

आफ्नो हैसियतभन्दा बढी रकमले आफू, बुवाआमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरू दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारको दाबी छ ।

Vianet communication
Laxmi Bank

‘भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमाण्डौमा ना.सु. पदमा कार्यरत (हाल निलम्बन) देवी बहादुर थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज देवी बहादुर थापा मिति २०५६।०४।०५ गते विचारी पदमा सेवा प्रवेशदेखि आ.व. २०७५।०७६ सम्मको जाँच अवधिमा निजले र निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियतभन्दा बढी रकमले आफु, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्तिहरू खरिद, विभिन्न उद्योग तथा फर्महरूमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा रकम जम्मा एवं घर निर्माण लगायतका शीर्षकहरूमा रु.३,८९,४५,५८८।७८  खर्च गरेको देखिँदा निजको वैध आय रु.२,०१,९८,४३९।३६ को तुलनामा रु.१,८७,४७,१४९।४२  बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको देखिँदा निजले साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ र सो कसूरलाई निरन्तरता दिई प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेको हुँदा निज देवीबहादुर थापालाई बिगो रु.१,८७,४७,१४९।४२ (एक करोड सतासी लाख सतचालीस हजार एक सय उनान्पचास रुपैयाँ बयालीस पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ तथा दफा २९ को उपदफा (२) को प्रतिबन्धात्मक बाक्यांश एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगो बमोजिमको जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

थापाले आफन्तको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न समेत आरोप पत्रमा माग गरेको छ ।

‘निज देवीबहादुर थापाले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी निजको बुवा कृष्णबहादुर थापा, आमा चन्द्र माया र श्रीमती विमसा राउतको नाममा राखेको स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनको लागि साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम निजहरूलाई समेत प्रतिवादी कायम गरी निजहरूको नाममा रहेको सम्पत्ति जफत हुने मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x