×

NMB BANK
NIC ASIA

सरकारले किन्यो डेढ लाख क्विन्टल चामल

बैशाख १४, २०७९

NTC
Premier Steels

सरकारी  स्वामित्वमा  रहेको  खाद्य  व्यवस्था  तथा    व्यापार कम्पनी लिमिटेडले डेढ लाख क्विन्टल चामल खरिद गरेको छ ।

Muktinath Bank

लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि कम्पनीले विभिन्न जिल्लाबाट एक लाख ५७ हजार ५०० क्विन्टल चामल खरिद गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्येक वर्ष कम्पनीले समर्थन मूल्यमा धान खरिद गरी चामल बिक्री गर्दै आएको थियो । यो वर्ष कम्पनीले ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको भए पनि त्यो नपाएपछि चामलै खरिद गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए । उनले भने, “एक लाख ५७ हजार क्विन्टल चामल खरिद गरेका छौँ ।”


Advertisment
Nabil box
Kumari

सरकारले यो वर्षका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य दुई हजार ९०२ रुपैयाँ तोकेको थियो । गत वर्ष समर्थन मूल्यमा कम्पनीले ६० हजार मेट्रिक टन  धान खरिद गरेको थियो ।  

Vianet communication

खोजेजति  मात्रामा  धान  नपाएपछि  कम्पनीले  एक  लाख ६२ हजार ५०० क्विन्टल चामल खरिद गर्न बोलपत्र आह्वान गरेको थियो । त्यसमा एक लाख ५७ हजार ५०० क्विन्टल खरिद गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले सोना मन्सुली, स्टिम जिरा मसिनो, अरुवा मोटा चामल, मध्य सिल्की कालामुनिया चामल खरिद गरेको जनाएको छ ।

कम्पनीले न्यूनतम प्रतिक्विन्टल तीन हजार ७५० देखि अधिकतम पाँच हजार ९९० रुपैयाँमा चामल खरिद गरेको जानकारी दिएको छ ।

कम्पनीले ठाउँअनुसार फरक–फरक मूल्यमा चामल खरिद गरेको छ । कम्पनीको शाखा कार्यालय विर्तामोड, प्रादेशिक कार्यालय  विराटनगर, लहान, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत, दाङ  र प्रादेशिक कार्यालय काठमाडौँबाट चामल खरिद गरेको हो ।

कम्पनीले खरिद गरेको चामल सुपथ मूल्यमा बिक्री गर्दै आएको छ । कम्पनीले विभिन्न २४ दुर्गम जिल्लामा खाद्यान्न ढुवानी गर्दै आएको हो । सरकारले दुर्गम जिल्लामा खाद्यान्न ढुवानीमा अनुदान व्यवस्था गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x