×

NMB BANK
NIC ASIA

‘गठबन्धनबाहेकका तालमेल खारेज गर्नू’

बैशाख १५, २०७९

NTC
Premier Steels

 सत्तारूढ गठबन्धन आबद्ध पाँच दलले गठबन्धनबाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेका छन् ।

Muktinath Bank

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकले कुनै पनि तहमा गठबन्धनबाहेकका नेकपा एमालेलगायत अन्य दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले त्यस्ता तालमेल अविलम्ब खारेज गर्नेसहितका सातबुँदे निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्ता गठबन्धनले बनाएको निर्वाचन परिचालन तथा अनुगमन समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमार्फत गठबन्धन आबद्ध दलबाहेक अन्य दलसँग गरिएका तालमेल खारेज गर्न निर्देशन गरिएको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

‘बैठकमार्फत गठबन्धनबाहेक अन्य दलसँग गरिएका तालमेल खारेज गर्न तथा बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन भनिएको छ,’ पौडेलले राजधानीसँग भने ।

Vianet communication

बैठकले गठबन्धन आबद्ध दलका स्थानीय नेताहरूबाट स्वतन्त्र (बागी) रूपमा दिएको उम्मेदवारी फिर्ता गराउनसमेत सम्बन्धित दललाई निर्देशन गरेको छ ।

यस्तै, नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलबीचमा भइसकेको सिट बाँडफाँटको समझदारीविपरीत गठबन्धनभित्रका दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने सहमति पनि बैठकले गरेको छ ।

यसैगरी, ६ महानगर र ११ उपमहानगरमा गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलकातर्फबाट दर्ता गरिएको उम्मेदवारीसमेत सम्बन्धित दलले फिर्ता गर्ने निर्णय बैठकले गरेको छ । यस्तै, महानगर र उपमहानगरमा पर्ने वडाहरूमा बाँकी सिटबाँडफाँट टुंग्याउन पनि निर्देशन दिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चा आबद्ध सत्ता गठबन्धनले यसअधिसमेत गठबन्धन आबद्धबाहेकका अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेका थिए ।

गठबन्धन आबद्ध दलहरूले तालमेल खारेज भएका ठाउँमा गठबन्धनकै दलका आधिकारिक उम्मेदवारलाई समर्थन गरेर अघि बढ्ने सहमतिसमेत गरेका छन् ।

बैठकपछि शीर्ष नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनबीच सिटबाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरूमा स्थानीय र प्रदेश संयन्त्रलाई आवश्यक पहल गर्न निर्देशन गरिएको छ भने आवश्यक परे केन्द्रसँग आवश्यक परामर्श र सहयोग लिन भनिएको छ ।

निर्वाचनमा चुनावी तालमेल नभएका नगर र गाउँपालिकामा सिट बाँडफाँटका लागि प्रदेश र जिल्ला संयन्त्रलाई बैठक राख्नसमेत निर्देशन दिएको छ । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x