×

NMB BANK
NIC ASIA

ठेक्का लिँदै अलपत्र छाड्दै सिद्धिसाई, डेढ करोड कर सरकारलाई बुझाउनै बाँकी

बैशाख १६, २०७९

NTC
तस्वीर सौजन्य : राजधानी दैनिक
Premier Steels

विभिन्न ठाउँमा विकाससम्बन्धी आयोजनाको ठेक्का लिएर अलपत्र पार्दै आएको सिद्धिसाई कम्पनीले सरकारलाई डेढ करोड बढी राजस्व बुझाउन बाँकी रहेको खुलेको छ ।

Muktinath Bank

सिद्धिसाईका सञ्चालक दीपेन्द्र शाही हुन् । उनी यसअघि चेक बाउन्स कसुरमा पक्राउसमेत परेका थिए । उनै शाहीको कम्पनी सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिले १ करोड ७४ लाख २ हजार ४ सय ७३ रुपैयाँ मूल्य अभिवृद्धि करमार्फतको रकम तिर्न बाँकी रहेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डेढ करोड कर सरकारलाई बुझाउनै बाँकी


Advertisment
Nabil box
Kumari

आन्तरिक राजस्व कार्यालय ठमेलले बिहीबार एक सूचना जारी गरेर कर बक्यौता दाखिला गर्न भनेको छ । शाही कांग्रेस डोल्पा सभापतिसमेत रहेका छन् । शक्तिकेन्द्रको आडमा समयमै आयोजनाको निर्माण नगर्ने गरेको उनीमाथि आरोप लाग्दै आएको छ ।

Vianet communication

सिद्धिसाईले विभिन्न ठाउँमा सडक पूर्वाधारसम्बन्धी ठेक्का लिएर अलपत्र पार्ने गरेको समेत पाइएको छ । शाहीको सिद्धिसाई सम्बद्ध जेभीले ठेक्का लिएको मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको सेखुवा–चखेवा भन्ज्याङ (१० किलोमिटर) खण्ड वर्षौंदेखि कालोपत्रे नगरी अलपत्र पारेको छ ।

तेस्रोपटक थप भएको म्याद सकिँदासमेत कालोपत्र बिछ्याउने कार्य सुरु भएको छैन । हालसम्म सेखुवा–चखेवा भन्ज्याङ खण्डको कालोपत्रको काम करिब ३५ प्रतिशत मात्र भएको आयोजनाले जनाएको छ । भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिसाईले ३० फागुन २०७५ मा सम्पन्न गर्नेगरी, २ चैत २०७२ चैतमा चखेवा भन्ज्याङ–सेखुवा खण्ड कालोपत्रको सम्झौता गरेको थियो ।

शाहीकै सिद्धिसाई संलग्न महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डअन्तर्गत महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम पनि अलपत्र छ । भारत कन्ट्रक्सन-सिद्धिसाई जेभीले २०७७ असार मसान्तभित्र सम्पन्न गर्ने सर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्र योजनाको सम्झौता गरेको थियो ।

राष्ट्रिय गौरवको आयोजनामध्येकै मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बाग्लुङ–घोडाबाँधे सडकको काम पनि सिद्धिसाईले अलपत्र छाडेको पाइएको छ । उपल्लाचौरदेखि अछेते बिहूँसम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा पाएको सिद्धिसाई कन्स्ट्रक्सनले काम अलपत्र पारेको हो ।

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकखण्डको स्तरोन्नतिको काम पनि अलपत्र छ  । सडक स्तरोन्नतिका लागि श्री भारत कन्स्ट्रक्सन-सिद्धिसाई जेभीले जिम्मा लिएको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि नाका जोड्ने छोटो दूरीको सडक स्तरोन्नतिको काम अलपत्र परेको जनाइएको छ ।

सिद्धिसाईले लिएका ठेक्का अन्यत्र पनि समयमा नै निर्माण सम्पन्न हुन नसकेको पाइएको छ । सँगैका अन्य ठेक्काको निर्माण सम्पन्न हुँदासमेत सिद्धिसाईले लिएका ठेक्का भने अलपत्र नै हुने गरेको पाइएको छ । राजधानी दैनिकमा टेनिस रोकाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x