×

NMB BANK
NIC ASIA

मधेश प्रदेशमा धेरै म्यादी प्रहरी, काठमाडौंमा कम

बैशाख १७, २०७९

NTC
Premier Steels

सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशीलताका आधारमा फिल्डमा खटाएको छ ।

Muktinath Bank

प्रहरी प्रधान कार्यालयले मतदानस्थलको संवेदनशीलताका आधारमा संख्या बाँडफाँट गरेर ७ प्रदेश र उपत्यकामा फरक–फरक संख्यामा म्यादी प्रहरी परिचालन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।


Advertisment
Nabil box
Kumari

७ प्रदेश र काठमाडौं उपत्यकाका ३ जिल्लालाई फरक–फरक संख्या बाँडफाँट गरेर स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीलाई फिल्डमा खटाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।

Vianet communication

सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशका आठ जिल्लामा खटाइएको छ । सो प्रदेशमा २१ हजार म्यादी खटाइएको छ ।

सबैभन्दा कम संख्यामा काठमाडौं उपत्यकाका तीन जिल्लामा म्यादी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ४ हजार ७११ जना म्यादी प्रहरी खटाइएको हो । निर्वाचनमा सुरक्षा संवेदनशीलताको विश्लेषण गरेर संख्या निर्धारण गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैगरी, प्रदेश १ का १४ जिल्लामा १७ हजार ४ सय २१ जना खटाइएको छ भने बाग्मती प्रदेशका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामा १२ हजार १ सय ८६ जना खटाइएको छ ।

यस्तै, गण्डकी प्रदेशका ११ जिल्लामा १० हजार ९ सय ३३, लुम्बिनीमा १२ जिल्लामा १५ हजार ८ सय २८ जना, कर्णाली प्रदेशका १० जिल्लामा १० हजार ७ सय ५३ जना र सुदूरपश्चिमका नौ जिल्लामा १० हजार १ सय ६१ जना म्यादी प्रहरी परिचालन गरिएको छ । सबै गरी ७७ जिल्लामा ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरी स्थानीय तह निर्वाचन सुरक्षाका लागि खटाइएको हो । म्यादी प्रहरी ४० दिनका लागि परिचालन हुने बताइएको छ ।

म्यादीमा भर्ना हुनका लागि २ लाख ९३ हजार ३ सय १४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९ सय ९३ जना छनोट गरेर तालिम दिइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए ।

म्यादी प्रहरीलाई गत २७ चैतमा नियुक्तिपत्र दिएको थियो । उनीहरूलाई स्थानीय तह निर्वाचन पूरा भएको ७ दिनपछिसम्म परिचालन गर्ने प्रहरीको योजना छ ।

म्यादी प्रहरीमा भर्ना हुन २ हजार ५ सय ४८ जना पूर्वसैनिकले समेत आवेदन दिएका थिए । आवेदन बुझाउनेमा ११ जना पूर्वमहिला सैनिक छन् । पूर्वप्रहरीबाट १६ महिलासहित एक हजार ४४७ जना र सशस्त्र प्रहरीबाट अवकाश लिएका ४ सय ९५ जनाले पनि म्यादीमा भर्ना हुन आवेदन दिएका थिए । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x