×

NMB BANK
NIC ASIA

डेढ वर्षदेखि कानुन निर्माण ठप्प

बैशाख २६, २०७९

NTC
Premier Steels

नेपालमा प्रधान न्यायालय ऐन लागू भएको ७० वर्ष भएको छ ।

Muktinath Bank

त्यसैलाई सन्दर्भ पारेर सोमबार नेपालमा कानुन दिवस मनाइँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वि.सं. २००९ वैशाख २६ गतेदेखि प्रधान न्यायालय ऐन लागू भएको मितिलाई कानुन दिवस मनाउने प्रचलन छ ।


Advertisment
Nabil box
Kumari

सोमबार  पनि  सर्वोच्च  अदालतले  कानुन  दिवस समारोह आयोजना गरेको छ तर मुलुकले कानुन दिवस मनाइरहँदा कानुन तर्जुमा प्रक्रिया नै ठप्प भएको डेढ वर्ष कटिसकेको छ । पछिल्लो  डेढ  वर्षको  कानुन  निर्माणको  तस्बिर  भने  निकै  टिठलाग्दो  छ  ।

Vianet communication

२०७८  को  बजेट  अधिवेशनपछि  संसद्मा  विधायिकी  कार्य  ठप्प  छ  ।  दुई  पटकसम्म  भएको  प्रतिनिधि  सभा  विघटन र त्यसपछिको निरन्तरको अवरोधको छायाँ विधायिकी कार्यमा परेको हो ।

त्यसो  त  सदन  रहेकै  अवस्थामा  समेत  अत्यावश्यक कानुन निर्माणको सट्टा अध्यादेशले प्रमुखता पाएको छ । सङ्घीय संसद्को निर्वाचनपछि पनि करिब ५० अध्यादेश जारी भइसकेका छन् । जसमा केही अध्यादेश दोहोरिएका छन् ।

प्रतिनिधि  सभाको  विधेयक  शाखा  प्रमुख  नारायण ढकालका अनुसार अघिल्लो वर्ष बजेटसँग सम्बन्धित विधेयकबाहेक नयाँ विधेयक दर्तासमेत भएका छैनन् ।

राष्ट्रिय सभाको विधेयक शाखाको अभिलेखअनुसार २०७८ कात्तिकपछि कुनै नयाँ विधेयक दर्ता भएका छैनन् । समितिमा      छलफल,      संसद्बाट      पारितलगायतका प्रक्रिया पूरा नभएको भने डेढ वर्ष नै भइसकेको छ ।

कानुन निर्माण मात्र होइन, कानुन कार्यान्वयन र मूल्याङ्कनको भूमिका पनि संसद् खरो रूपमा उत्रने सकेको छैन । कानुन निर्माण प्रक्रिया ठप्प हुँदा अत्यावश्यक कानुन  पनि  अध्यादेशकै  भरमा  बितेको  छ  ।  

जननिर्वाचित संस्था रहेकै अवस्थामा समेत सङ्घीय संसद्को साढे चार वर्षको अवधिमा ४६ अध्यादेश जारी  भएका  छन्  ।  आवश्यकता  र  राजनीतिक  स्वार्थ  दुवैमा  अध्यादेश  प्रयोग  भइरहेका  छन्  ।  

कतिपय अध्यादेश तीन पटकसम्म प्रतिस्थापन नभई निष्क्रिय भएर पुनः जारी भएका छन् । दोहोरिएर जारी भएकासमेत साढे चार वर्षको अवधिमा ४६ अध्यादेश जारी भएका हुन् ।

सङ्घीय संसद्मा अहिले पनि ५५ विधेयक विचाराधीन छन् । प्रतिनिधि सभामा विभिन्न चरणमा ४२ र राष्ट्रिय सभामा १३ विधेयक विचाराधीन छन्  ।

 मूल  सदनजस्तै  विधायिकी  कार्यमा  मिनी  संसद्ले पनि आफ्नो दायित्व पूरा गरेका छैनन् । विचाराधीन विधेयक छलफलको प्रक्रिया समितिले टुङ्ग्याएको छैन । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x