×

NMB BANK
NIC ASIA

मनसुन आयो, नाला बनेन

बैशाख २६, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

काठमाडौँ बूढानीलकण्ठ–१२ स्थित सुकुम्बासी वस्ती (आनन्दटोल)का ६३ वर्षीय मङ्गल कोइराला (विश्वकर्मा)का आँखा अहिले पनि रसाइरहेका छन् । उनकी श्रीमती धनमाया विश्वकर्मा पनि नातिलाई सम्झिँदै भक्कानिन्छन् । 

Muktinath Bank

२०७८ असोज ५ गते मङ्गलबारदेखि विश्वकर्मा दम्पतीको दिन र रात नरोई बितेको छैन । गत वर्ष असोज ५ गते साँझ ११ वर्षीय उज्ज्वल विश्वकर्मालाई बूढानीलकण्ठ–१२, मिलनचोकमा निर्माणाधीन नालामा आएको पानीले बगायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नालामा बेपत्ता भएको पाँच दिनपछि असोज १० गते आइतबार उज्ज्वलको शव ललितपुरको महांकाल गाउँपालिकास्थित बागमती किनारमा भेटिएको थियो । छोरो अनिल कोइराला (विश्वकर्मा) ‘सम्पर्कविहीन’ भएको तीन वर्षपछि उहाँहरूले नाति पनि गुमाउनुपरेको थियो । यस्तो समस्या गत वर्षको मात्र होइन, २०६७ देखि नै सडकका नाला निर्माण प्रक्रिया सुरु भएको हो तर ज्यानै जाने दुर्घटनामा ११ वर्षीय बालकको दुःखद निधन भयो । त्यसपछि फेरि वर्षा सुरु हुन थाल्दा पनि निर्माण सकिएको छैन ।


Advertisment
Nabil box
Kumari

उज्ज्वलका हजुरबुवा मङ्गलले भने, “सडकबाटै ढल बगेको छ । मेरा नातिजस्ता धेरै बालबालिका त्यही बाटोबाट हिँड्छन् । हामीले त ठूलो चोट भोग्यौँ–भोग्यौँ, अब अरूलाई त्यस्तो नहोस् ।” उहाँका अनुसार धेरै वर्षदेखि मिलनचोकमा ‘ज्यानमारा’ सडक छ । सम्बन्धित निकायको ढिलासुस्तीले नाला निर्माणमा ढिलाइ भएको गुनासो उनले गरे।

Vianet communication

काठमाडौँ महानगरपालिका–६ को सीमा जोडिएको मिलनचोकमा तरकारी बजार छ । बिहान–साँझ सर्वसाधारणको भीड हुन्छ तर पानी परेको दिन मिलनचोककै स्थानीयवासी र व्यवसायी पनि बाहिर निस्किन डराउँछन् । कारण सडक र नाला एउटै हुनु र त्यो पनि निर्माण नसकिनु हो । 

सडक बनाउन ठेकेदारले नाला खनेका छन् । पानी परेका बेला घरका पेटीबाट हिँड्नुपर्छ । अलिकति खुट्टा चिप्लियो भने बाँच्ने आसै हुँदैन ।

जल तथा मौसम विभागले यस वर्षको मनसुन जेठको मध्यदेखि नेपाल भित्रिने पूर्वानुमान गरेको छ । पूर्वमनुसनले नै राजधानीका विभिन्न क्षेत्र डुबाउन थालिसकेको छ । त्यसको त्रास स्थानीयवासीमा परेको छ । स्थानीय प्रभुनाथ बास्तोलाले भने, “सडक बनाउन ठेकेदारले नाला खनेका छन् । पानी परेका बेला घरका पेटीबाट हिँड्नुपर्छ । अलिकति खुट्टा चिप्लियो भने बाँच्ने आसै हुँदैन ।”

बास्तोलाका अनुसार पानी नपरेका बेला पनि स्थानीयवासीका घरबाट निस्किने पानी सिधै ढलमा आउँदा पानी जम्ने गर्छ । उनको जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्नुपर्ने माग छ । चार वर्षमा १७ मिटर !बागमती प्रदेश सरकारअन्तर्गत खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले मिलनचोकको नाला निर्माणका लागि ठेक्का दिएको हो ।

चालू आर्थिक वर्ष २०७८/७९ का लागि काठमाडौँको थापाथलीस्थित ‘एम/एम दी सुप्रिम निर्माण सेवा प्रालि’ले मिलनचोकको ४१ मिटर नाला निर्माणका लागि ४९ लाख ११ हजार ६७२ रुपियाँको ठेक्का पाएको छ । ‘खहरेखोलामा आरसीसी स्लाब कल्भर्ट निर्माण कार्य’ नाम दिएको उक्त परियोजना २०७८ मङ्सिरमा सुरु भई २०७९ वैशाख १५ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय काठमाडौँका डिभिजन प्रमुख रिसव खनालले सम्झौताअनुसार काम सम्पन्न नभएको बताए । उनले नाला निर्माण पूरा गर्न जेठ १४ गतेसम्मको समय दिइएको बताए । प्रमुख खनालले भने , “मिलनचोकको सडक अस्तव्यस्त छ । यो कुरामा म गम्भीर छु । वर्षा शुरू हुनुअघि नै बाटो बन्नुपर्छ भन्नेमा म प्रस्ट छु । त्यसैले ठेकेदारलाई जेठ १४ गतेभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएको छु ।” गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x