×

NMB BANK
NIC ASIA

फैलियो बर्डफ्लु, कुखुरापालन व्यवसायमा सन्त्रास

बैशाख २६, २०७९

NTC
Premier Steels

चितवनमा यतिबेला बर्डफ्लुका कारण कुखुरापालन व्यवसायमा सन्त्रास छाएको छ । गत माघमा पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु यतिबेला जिल्लाभर फैलिएको छ । केही समययता फैलिएको बर्डफ्लुका कारण हजारौँ कुखुरा नष्ट गरिएको छ भने सयौँ खोर खाली भएका छन् । 

Muktinath Bank

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका सूचना अधिकारी डा. प्रभास न्यौपानेका अनुसार अस्पतालको समन्वयमा हालसम्म झन्डै तीन लाखको हाराहारीमा कुखुरा नष्ट गरिएको छ भने छ टनभन्दा बढी दाना, दुई लाखभन्दा बढी अण्डासमेत नष्ट गरिएको छ । उहाँका अनुसार बर्डफ्लुका कारण एउटै फार्मका एक लाख लेयर्स कुखुरा नष्ट गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको पोल्ट्री व्यवसायको झन्डै आधा हिस्सा चितवनमा रहेको छ । पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष राजेन्द्र लामिछानेले हाल सार्वजनिक भएकोभन्दा धेरै ठूलो मात्रामा बर्डफ्लुका कारण कुखुरा नष्ट गरिएको स्वीकार गर्नुभयो । यही अवस्था कायम रहने हो भने कुखुरापालन व्यवसाय ध्वस्त हुने उनको आकलन छ ।


Advertisment
Nabil box
Kumari

कुखुरा मर्न थालेपछि कतिपय कृषकले बजारमा बिक्रीका लागि पठाउने गरेका कारण बर्डफ्लुको सङ्क्रमण छिटो र धेरै क्षेत्रमा फैलिएको अनुमान गरिएको छ । चितवनमा भित्रिएको बर्डफ्लु असावधानीकै कारण राजधानी काठमाडौँ भित्रिएको हुन सक्ने पनि आशङ्का गरिएको छ ।

Vianet communication

पछिल्लो समय बर्डफ्लु देखिएपछि भित्रभित्रै कुखुरा व्यवस्थापन गर्ने यहाँका ठूला फार्मका कारण बर्डफ्लुको सङ्क्रमण भयावह देखिएको हो । यहाँका कृषकले आफूखुसी बर्डफ्लुविरुद्धको भ्याक्सिन प्रयोग गर्ने गरेको भए पनि यस पटक त्यो प्रभावकारी नभएको नाम उल्लेख नगरिदिने सर्तमा एक कृषकले बताए । केही समयअघि चितवनमा सम्पन्न राष्ट्रिय पोल्ट्री दिवस २०७८ को एक कार्यक्रममा नेपाल पोल्ट्री व्यवसायी महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपाली पोल्ट्री व्यवसायीले बर्डफ्लुविरुद्धको भ्याक्सिन लगाउने गरेको विषय ‘ओपन सेक्रेट’ रहेको बताएका थिए ।

सरकारी उच्च अधिकारीको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा विष्टले व्यवसायीले बर्डफ्लुविरुद्धको भ्याक्सिन ल्याउन स्वीकृति दिन अनुरोध गर्दा सरकारले विदेशमा उत्पादन पठाउन नमिल्ने भन्दै नमानेका कारण लुकीचोरी भ्याक्सिन ल्याउने गरिएको खुलासा गरेका थिए  । 

देशकै माग धान्न सकिरहेको छैन, विदेश पठाउने नाममा सुरक्षा उपाय अपनाउन नपाएका कारण व्यवसायीले अवैध तरिकाले भ्याक्सिन ल्याउने गरेको उनले बताए । बर्डफ्लुबाट भएको क्षतिपूर्तिमा हुने ढिलाइ र क्षतिपूर्तिको नाममा दिइने राहत ज्यादै कम भएको बताउँदै आएका चितवनका ठूला व्यवसायीले सरकारी निकायलाई थाहै नदिई कुखुरा नष्ट गर्ने गरेको पाइएको छ ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले नेपालमा भ्याक्सिनको अनुमति नदिँदा ठूलो नोक्सान बेहोर्नुपरेको बताए । राज्यले तत्काल सम्बोधन गर्न नसके आत्मनिर्भर बनेको यो व्यवसाय धराशायी बन्ने पोख्रेलको भनाइ छ । निजी क्षेत्रबाट स्थापित यस व्यवसायमा नेपालमा एक खर्ब ५० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ । गोरखापत्र दैनिकमा शान्ता अधिकारीले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x