×

NMB BANK
NIC ASIA

पहिरोका कारण १६ दिनदेखि सडक अवरुद्ध, उपभोग्य वस्तुको मूल्य बढ्यो

कात्तिक २०, २०७४

NTC
Premier Steels

मुगु, १ साउन – लामो समयदेखिको अबिरल वर्षाका कारण नाग्म –गमगढी सडक खण्ड करिब १६ दिनदेखि अवरुद्ध भएको छ । लगातारको वर्षात्का कारण बाटो विग्रिएपछि उक्त सडक खण्डमा कुनैपनि सवारीसाधन चल्न सकेका छैनन् ।

कर्णाली राजमार्गअन्तर्गत नाग्म गमढी ९० किलोमिटर कच्ची सडकका कारण साना तथा ठूला सवारीसाधन ठाउँ –ठाउँमा अड्किएका छन् । उपभोग्य वस्तु बोकेका मालबाहक गाडी तथा यात्रुबाहक सवारीसमेत बाटो अवरुद्ध हुँदा बीच बाटोमै अलपत्र परेका छन् ।

लगातारको वर्षात्ले राजमार्ग तथा ग्रामीण सडकहरु भत्किएपछि आपत्कालीन बिरामीहरुलाई पनि समस्या भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको एम्बुलेन्ससमेत चल्न सकेका छैनन् ।

बाटो निकै चिप्लो र धेरै ठाउँमा भत्किएका कारण जुम्लातिर रिफर गरिएका बिरामीहरुलाई समस्या भएको र ग्रामिण भेगबाट बिरामीहरुलाई अस्पताल सम्म ल्याउन समस्या भएको एक एम्बुलेन्स चालक राजबहादुर रोकायाले लोकान्तरलार्य बताए ।
सुर्खेतबाट उपभोग्य सामग्री लिएर आएका सवारी १६ दिन पुगिसक्दा अझै गमगढी पुग्न सकेका छैनन । ‘बाटामा धेरै गाडीहरु फसेका छन्, यसपटकका ट्रिपमा निकै दु :ख पाइयो,’ ३७७४ नम्बरका ट्याक्टर चालक दैलेखका भरत शाहीले भने । सवारी अवरुद्ध हुँदा आफूहरुलाई घाटा भएको उनले बताए ।

सडक डिभीजन कार्यालय जुम्लामा सडक खुलाउन पहल गरिए पनिसडक कार्यालयले कुनै चासो नदिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन केसीले बताए । बाटो खुलाउन पहल भइरहेको उनलेब बताए ।

सडक चाँडै सुचारु गर्न तत्काल पहल गरिने छाँनाथ राराँ नगरपालीकाका मेयर जरीजङ्ग शाहीले बताए ।

सडक अवरोध भएपछि बजारमा दैनिक उपभोग्य सामानको अभाव हुन थालेको छ । त्यसका कारण उपभोग्य वस्तुको मूल्य बढ्दै पनि गएको छ ।

कच्ची सडकका कारण हरेक वर्षा मौसममा मुग्लेली जनता सास्ती पाउँदै आएका छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x