×

NMB BANK
NIC ASIA

गहुँ निकासीमा भारतको प्रतिबन्ध : नेपाली उद्योगमा ३ महीनापछि समस्या

जेठ ८, २०७९

NTC
Premier Steels

 भारतले गत साता गहुँको निकासीमा प्रतिबन्ध लगाएपछि यहाँ सञ्चालित ६ मैदा मिल र गहुँजन्य कच्चा पदार्थमा आधारित दर्जनौं उद्योगको उत्पादन प्रभावित हुने भएको छ । स्थानीय गहुँ बजारमा आएकाले अहिले नै समस्या नदेखिए पनि ३ महीनापछि समस्या शुरू हुने उद्योगीहरूले बताएका छन् । स्थानीय उत्पादनले लामो समय नधान्ने भएकाले सरकारले जीटूजीमार्फत भारतबाट गहुँ आयात गर्नुपर्ने सुझाव उनीहरूको छ ।

Muktinath Bank

उनीहरूले ३ महीनापछिका लागि अहिलेदेखि नै सरकारले भारत सरकारसँग छलफल गर्नुपर्ने बताएका छन् । भारतबाट गहुँ आयात गर्न नसके नेपालको उत्पादनले धान्न नसक्ने हुँदा उद्योग बन्द गर्नुको विकल्प नरहने बताएका छन् । हालसम्म नेपालमा बीउबाहेक अन्य प्रयोजनमा उपयोग हुने गहुँ भाारतबाटै आयात भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङ व्यापार संघका उपाध्यक्ष तथा विशाल मैदा मिलका सञ्चालक विकास बेगवानीले आफूसँग १ महीनालाई पुग्ने गहुँ स्टक रहेको बताए । केही महीना नेपालकै उत्पादनले धाने पनि बाँकी समय भारतीय गहुँकै भरमा उद्योग सञ्चालन गर्ने गरेको उनले बताए ।


Advertisment
Nabil box
Kumari

भारतले गहुँ निकासीमा लगाएको प्रतिबन्धले यहाँका मैदा मिल र त्यसमा आधारित चाउचाउ, बिस्कुटलगायत उद्योगलाई ठूलो असर पर्ने भएकाले सरकारले भारत सरकारसँग वार्ता गरेर नेपाललाई आवश्यक पर्ने गहुँ आयात गर्नुपर्ने बेगवानीले सुझाए ।

Vianet communication

गहुँ आयात गर्न नसकेर भारतबाट आँटा र मैदा ल्याएर उद्योग चलाउँदा २५ देखि ३५ प्रतिशतसम्म महंगो हुन जाने उनले बताए । ‘जीटूजीमार्फत गहुँ नै आयात गरेर उद्योग चलाउँदा आम उपभोक्ताले कम मूल्यमा उत्पादन पाउँछन्,’ उनले भने ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालमा गत वर्ष भारतबाट ६ अर्ब ९० करोड रुपैयाँ बराबरको झन्डै ३ लाख ३६ हजार मेट्रिक टन गहुँ आयात भएको थियो । विराटनगर नाकाबाट गतवर्ष झन्डै २ अर्ब २० करोड रुपैयाँ बराबरको ६ हजार ८ सय मेट्रिक टन गहुँ आयात भएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंगानाले बताए । उनका अनुसार भारतले निकासीमा प्रतिबन्ध घोषणा गरेपछि विराटनगर नाकाबाट गहुँ आयात भएको छैन ।

गौमती फूडका सञ्चालक हरिवंश राठी स्थानीय उत्पादनले ३ महीना धाने पनि बाँकी ९ महीना भारतीय गहुँकै भरमा नेपालका मैदा मिल सञ्चालन हुने बताउँछन् । भारत सरकारसँग नेपाल सरकारले कुरा गरेर गहुँ आयात सहज नगराए ठूलो अभाव सृजना हुने उनले बताए । केही वर्षअघि पनि भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाउँदा नेपाललगायत छिमेकी देशलाई कोटा प्रणाली लागू गरेर गहुँ दिएको स्मरण गर्दै राठीले थपे, ‘नेपालको उत्पादनले असारसम्म जेनतेन धान्छ बाँकी ९ महीनाका लागि हाहाकार हुन्छ ।’ सरकारले हाहाकार हुन नदिन भारत सरकारसँग तत्कालै सम्झौता गर्नुपर्ने धारणा उनको छ ।

भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो । पहिलो नम्बरमा चीन छ । गहुँ उत्पादनमा तेस्रो रसिया र आठौं नम्बरको युक्रेनबीचको तनावले कृष्णसागरमार्फत गहुँ आपूर्ति बन्द भएको छ । यसपालि मार्चको चर्को गर्मीले भारतमा गहुँ उत्पादन घटेको र रूस–युक्रेन तनावले विश्वभर आपूर्ति व्यवस्था खल्बलिने देखेर भारतले निकासीमा प्रतिबन्ध लगाएको हो । तैपनि, छिमेकी देशहरूका लागि केही खुकुलो नीति लिनेमा नेपालका उद्योगहरू विश्वस्त रहेको राठीले बताए । त्यसो त भारत आफैले पनि खाद्य सुरक्षाका लागि आवश्यक पर्ने मुलुकमा निकासी नरोकिने बताएको छ । आर्थिक अभियान दैनिकमा वेदराज पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x