×

NMB BANK
NIC ASIA

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्ने चेतावनी

जेठ ८, २०७९

NTC
Premier Steels

घट्दो विदेशी मुद्रा सञ्चितिले वित्तीय स्थायित्वमा प्रभाव पार्न सक्ने नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले औंल्याएको छ ।

Muktinath Bank

बैंकले बिहीवार सार्वजनिक गरेको वित्तीय स्थायित्वसम्बन्धी प्रतिवेदनमा पछिल्ला महीनामा आयातमा भएको वृद्धिका कारण बाह्य क्षेत्रको अवस्था दबाबमा रहेको भन्दै चालू खाता घाटा र विदेशी मुद्राको सञ्चिति घट्दा समग्र वित्तीय क्षेत्रको स्थायित्वमा प्रभाव पार्न सक्ने औंल्याइएको छ । कोभिड–१९ महामारीबाट नेपाली अर्थतन्त्र पुनर्उत्थानको चरणमा रहेको र आर्थिक गतिविधि विस्तार हुँदै गए पनि अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यले मुद्रास्फीतिलाई थप दबाब दिने आकलन गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले घटेर २०७८ चैत मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।


Advertisment
Nabil box
Kumari

वित्तीय क्षेत्रको विकास उत्साहजनक हुँदा वित्तीय पहुँचमा वृद्धि भएको, धेरैजसो स्थानीय तहमा बैंकको शाखा विस्तार भएको, इलेक्ट्रोनिक बैंकिङ उपकरण, र शाखारहित बैंकिङ जस्ता नवीन विधिहरू बढेको भए पनि समानुपातिक वितरण भने हुन नसकेको प्रतिवेदनले औंल्याएको छ । कोभिड महामारीका कारण राष्ट्र बैंकले दिएको ऋणको पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका नियामकीय छूटका कारण बैंकमा खराब कर्जा स्थिर रहेको र यो सुविधा हटेपछि खराब कर्जा बढाउने केही जोखिम निम्त्याउन सक्ने पनि चेतावनी दिइएको छ ।

Vianet communication

गैर–बैंक वित्तीय क्षेत्र विशेषगरी बीमा र सहकारी विस्तार हुँदै गएको, जीवन र निर्जीवन बीमा दुवैको आकार वृद्धि भएको र सामाजिक सुरक्षा कोष शुरु भए पनि  सहकारी क्षेत्रको नियमित रूपमा अद्यावधिक गरिएको तथ्यांकको अभाव रहेको र यसको प्रभावकारी नियमन नभएकाले सहकारीबाट समग्र वित्तीय स्थायित्व जोखिममा पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा विशेषगरी बचत तथा ऋण सहकारीको अनुगमनलाई प्रभावकारी बनाउन समेत सुझाव दिइएको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x